नयाँ पत्रिका, भाद्र १, २०६८

माओवादी र कांग्रेस दुवैसँग सहमतिको प्रस्ताव मागेका छौं 

राष्ट्रपतिले सहमतिको सरकारका लागि आव्हान गरेपछि कांग्रेस र माओवादीले प्रधानमन्त्रीको उम्मेदवार पनि अगाडी सारेका छन्, सहमतिको सरकार गठनका लागि एमालेको भूमिका के हुन्छ ? 
पहिलो कुरा त हामी प्रधानमन्त्रीको निर्वाचनमा यसपाली रेसमा छैनौ । एमालेले विगतदेखि भन्दै आएको राष्ट्रिय सहमतिको सरकार चाहिन्छ । यसलाई हामी अझै सशक्त ढंगले उठाउ“छौं । राष्ट्रिय सहमति नहुने र राष्ट्रिय सहमतिको सरकार नहुने हो भने हाम्रो राष्ट्रका मुद्दाहरु सम्बोधन हु“दैनन् भन्ने हाम्रो सुविचारित निश्कर्ष हो । राष्ट्रिय सहमति अमुर्त शब्दावली होइन, कम्तिमा मेजस शक्तिहरुवीचको सहमति हो । अहिले राष्ट्रिय सहमति प्राप्त गर्ने सन्दर्भमा शान्ति र संविधानका मामलामा सहमतिमा पुग्नु पर्छ, त्यो राष्ट्रिय सहमतिको आधार हो । शान्ति र संविधानको लागि सहमति भन्नाले जारी शान्ति प्रक्रिया टुंग्याउने पक्षमा राजनीतिक पक्षहरुवीचको सहमति हो । संविधान निर्माणमा लोकतान्त्रिक संविधानको तत्वहरुमा सहमति हो । सहमतिको अमूर्त परिभाषा होइन विषयकेन्द्रित भएर सहमति खोज्नु अहिलेको आवश्यकता हो । 

विषयमा केन्द्रित हुनु भनेको के के गर्नु हो ? 
विषयमा केन्द्रित हुने भनेको शान्ति प्रक्रियास“ग गा“सिएका कुरामा सहमति हो, त्यो भनेको माओवादी सेनाका लडाकुहरुको ब्यवस्थापन गर्ने कुरामा सहमति हो । हिजो हिंसात्मक विद्रोहमा रहेको माओवादी पक्षले उपयोग गरिरहेको दोहोरो सुरक्षा प्रणालीको अन्त्य हो । अहिलेसम्म कायम रहेको दोहोरो सैन्य संरचनाको अन्त्य हो । द्वन्द्वकालमा कब्जा भएका सम्पत्तीको सहमतिका साथ टुंगो लगाउनु हो । त्यसवेला बेपत्ता पारिएका नागरिकहरुको छानविन गर्ने कुरामा सहमति हो । द्वन्द्वकालमा जघन्य अपराध, मानवअधिकारको उल्लंघनको छानविन गर्न सत्य निरुपण आयोग गठन गर्नु हो । यि काम पुरा गरेर मात्रै शान्ति प्रक्रियाका मुलभूत काम पुरा हुन सक्छन् । 

यो माओवादीले गर्नु प¥यो भन्न खोज्नु भएको हो ? 
होइन, यि अहिले शान्ति प्रक्रिया टुंग्याउने सन्दर्भका मुलभूत विषयवस्तु हुन् । मुख्य दलहरुवीच यि मुद्दाहरुमा सहमति हुनु प¥यो । यो सहमतिले नै राष्ट्रिय सहमतिको निर्माण गर्छ । यो माओवादीका लागि शर्त हो भनेर प्रस्तुत गर्नु भन्दा पनि अरु सबै संबद्ध पक्षहरु यि मुद्दामा एक ठाउँमा पुग्छन् कि पुग्दैनन् ? नयाँ ढंगले प्रतिवद्धता ब्यक्त गरेर प्रतिवद्धता अनुरुप कार्यान्वयन गर्न तत्पर हुन्छन् कि हुँदैनन् ? कार्यान्वयनको ठोस क्यालेण्डरप्रति प्रतिवद्धता ब्यक्त गर्छन् कि गर्दैनन् ?  म माओवादीलाई शर्त भनेर प्रस्तुत गर्नु भन्दा पनि राजनीतिक शक्तिहरुमा यि विषयमा केन्द्रत भएर नयाँ स्तरको सहमति जरुरी छ भन्न रुचाउछु । 

भनेपछि तपाईंले भनेका यि कुरालाई माओवादीले मान्नु प¥यो ? 
माओवादीले मात्रै होइन, नया“ ढंगले सहमति भनिसकेपछि राजनीतिक शक्तिहरु त्यसमा सहमत हुनु प¥यो । जसजसको भागमा जे जे गर्नु पर्ने हो ति ति पक्षले आफ्नो भागमा परेका कुराहरु पुरा गर्नु प¥यो । 

यो सवै कुरा गर्न राष्ट्रपतिले दिएको छोटो समयभित्र सम्भव हुन्छ त, यत्रो समयसम्म हुन नसकेको कुरा ?
होइन मैले भनेको यस्तो हो । यि विषयप्रतिको ठोस प्रतिवद्धता र वर्किङ क्यालेण्डर चाहियो नि । अव गोस्वारा प्रतिवद्धताले मात्रै हुँदैन । स्पष्ट समय तालिकासहितको प्रतिवद्धता नया“ सहमतिको रुपमा आउनु पर्छ । 

अहिलेसम्म भएका छलफललाई हेरेर राष्ट्रपतिले दिएको समय भित्र राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना देख्नु भएको छ कि छैन ? 
हामीले विषयमा केन्द्रित भएर छलफललाई अगाडी बढाएका छौं । यि सवै कुरालाई केन्द्रित गरेर सरकारको कुरा जो गाँसिएर आएको छ त्यसमा सरकारको नेतृत्व गर्न अगाडी बढेका पक्षहरुले मुल रुपमा ठोस ढंगले आफ्ना प्रस्तावहरु ल्याउनु पर्छ । 

कांग्रेसले के ल्याउनु प¥यो ? माओवादीले के ल्याउनु प¥यो ? 
कांग्रेसले के ल्याउनु प¥यो भने तपाईंको नेतृत्वमा राष्ट्रिय सहमति भनेको के हो ? शान्ति प्रक्रिया टुंगोमा पु¥याउन के गर्नुहुन्छ ? संविधान निर्माणका विवादित मुद्दामा तपाईं के भन्नुहुन्छ ?  त्यस्तै माओवादीले सबै भन्दा ठूलो पार्टी र शान्ति प्रक्रियाको सबैभन्दा महत्वपूर्ण पक्ष भएका कारण हामीले नेतृत्व गर्न पाउनु पर्छ भनिरहंदा अरुको सामु उसले के ल्याउनु प¥यो भने शान्ति प्रक्रिया टुंग्याउने सन्दर्भमा गोस्वारा र अमूर्त प्रतिवद्धता होइन विगतमा सहमति सम्झौताकै पुनराबृत्ति होइन शान्ति प्रक्रिया पुरा गर्न उसका ठोस प्रस्ताव के ? प्रतिवद्धता के ? यो चिज चाहियो । दोस्रो कुरा उसले सत्ता साझेदारीका सन्दर्भमा सबैलाई मान्य हुने उसको प्रस्ताव के ? यो पनि चाहियो । यि विषयमा केन्द्रित भएर अन्य पक्षहरु पनि छलफलमा सहभागि हुनु प¥यो । सबैको सहमतिको दस्तावेजको रुपमा त्यो आउनु प¥यो । यति भएपछि नेतृत्व जसले गरे पनि हाम्रा लागि केही आपत्ती छैन । 

अहिलेसम्मको अनुभवका आधारमा कांग्रेस वा माओवादी कसको नेतृत्वमा सरकार बन्यो भने शान्ति प्रक्रिया र संविधान निर्माणका लागि सहज हुन्छ ? 
हामी कुनै एउटा पक्षलाई केन्द्रित गरेर यो पक्षलाई ल्याउदा सहज हुन्छ भनेर ठ्याक्कै भन्नुभन्दा पनि विषयहरुप्रति कसको कस्तो एप्रोच हो, समस्या समाधान गर्न कसका कस्ता प्स्ताव छन्,  त्यस आधारमा को सकारात्मक हो भनेर निश्कर्ष निकाल्न सकिन्छ । किन भने हामीले कांग्रेससित र माओवादी पक्षसित पनि ठोस ढंगले के भनेका छौं भने यो मामिलामा तपाईंहरुका दृष्टिकोण र प्रस्तावहरु ल्याउनुस् । 


जस्तै तपाईंहरुले कांग्रेससँग प्रस्ताव माग्नु भयो, माओवादीसँग गाँसिएको शान्ति प्रक्रियाको विषयमा कांग्रेसले तपाईंहरुलाइृ कसरी जवाफ दिन्छ त ? 
माओवादीसँग मात्रै गा“सिएको भन्ने होइन, विषयमै जानु प¥यो यो सबैको विषय हो । शान्ति प्रक्रियास“ग गा“सिएको विषय एक, संविधान निर्माणका मुद्दासँग गाँसिएको विषय दुई । अव स्वभाविक रुपमा सबैभन्दा ठूलो पार्टी र शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण पक्ष माओवादी हो, यो कुरालाई पनि हेक्का राख्नु प¥यो यि ज्वलन्त विषयमा अरुलाई पनि मान्य हुनेगरी कांग्रेसले ल्याउने प्रस्ताव के हो । मेरो भनाईको मतलव कांग्रेसले ल्याएको प्रस्ताव माओवादी लगायत अन्य पक्षलाई पनि मान्य हुनु प¥यो । माओवादीले ल्याएको प्रस्ताव पनि कांग्रेस लगायत अन्य दललाई मान्य हुनु प¥यो । हामी कुन ठाउँमा आउनु प¥यो भने वीदआउट एनी कन्डिसन फलाना भनेर कांग्रेसले माओवादीलाई पनि भन्न भएन माओवादीले कांग्रेसलाई पनि भन्नु भएन । यो यो भयो भने माओवादीलाइृ मान्छौं भन्ने ठाउँमा कांग्रेस आउनु प¥यो यो यो भयो भने कांग्रेसलाई मान्छौं भन्ने ठाउ“मा माओवादी आउनु प¥यो । माओवादीले शानित प्रक्रिया पुरा गर्ने सन्दर्भमा ठोस ढंगले आयो भने, पत्याउनेगरी आयो भने कांग्रेसलाई पनि किन गाह्रो हुने ? 

तपाईंहरु चांही सहमतिको नेतृत्व लिने कुरावाट थाक्नु भएको हो ? 
कुरा के हो भने हामीले दुईपटक सरकारको नेतृत्व ग¥यौं । माधव नेपालले पनि राष्ट्रिय सहमतिकै लागि प्रयास गर्नु भयो २२ महिनाजति । कसैलाई दोष दिनु भन्दा पनि अन्य पक्षको सकारात्मक भूमिका पाउन सक्नु भएन । त्यसपछि अध्यक्ष झलनाथ खनालले पनि ६ महिना भनदा वेशी प्रधानमन्त्री हुनु भयो । तर शान्ति प्रक्रिया टुंग्याउने कुरामा उहाँले अत्यन्तै आशावादी भए पनि उहाँकै भनाई सापटी लएर भनौं माओवादी र कांग्रेस ठीक ढंगले आउन सकनेनन् । हाी एउटा मिशनमा निस्केका थियौं, विभिन्न कारणले त्यो पुरा नभएपछि हामी पछि हट्नु पर्छ भन्ने मान्यताका कारण हटेका हौं । म के भन्न चाहन्छु भने हामीले कोसिस गर्न खोजेका हौं ग¥यो भएन छोड्यौं । अव अरु आएर गर्दा हुन्छ कि भनेर हामीले मैदान खाली गरिदिएका हौं । 

दुईवटा उम्मेदवार खडा छन्, यदि सहमतिको सरकार बनेन समय गुज्¥यो भने एमाले कुन उम्मेदवारको पक्षमा उभिन्छ ? 
सहमतिको सरकार बनेन भने शानित प्रक्रिया टुंगिदैन । 

त्यसो भनेर मुलुक सरकारविहीन त रहन सक्दैन नि ? 
हेरौं न यसवीचमा तपाईंले भनेजस्तो थोरै समय छ भनेर निराश हुनु पर्दैन । राजनीतिमा थोरै समयमा पनि काफस् काम हुन सक्छ ।  

ब्यवहार हेर्दा लामो समयमा पनि थोरै काम हुन सकेन तपाईं कसरी थोरै समयमा पनि काफी काम हुने विश्वास दिलाउनुहुन्छ ? 
तपाईंले भनेको लामो समयसम्म काम हुन नसकेको कुरा पनि सा“चो हो । तर, अर्काे नेपाली समाजकै विशेषता के देखिंदै आएको छ भने समय घर्किंदै गएपछि अन्तिम अन्तिममा रात विरात लागेर असीन पसिन गर्दै काम गर्ने चलन पनि छ । कार्यसम्पादन गर्दाखेरी राजनीतिक दलहरुमा पनि त्यो देखिन्छ । यो सामाजिक सा.स्कृतिका चरित्रको प्रतिबिम्ब हो । 


अहिले माओवादी र कांग्रेसले समर्थन माग्दाचांही तपाईहरुलाई के भन्ने गरेका छन् नि ? 
उनीहरुले मागेको होइन, हामीले भनेका छौं– विषय यो यो हो साथी । यसमा तपाईहरु कसरी आउनुहुन्छ आउनुस् भनेका छौं । अहिलेसम्म भएका छलफलमा माओवादी र कांग्रेस दुवैका नेताहरुलाइृ हामीले यही भनेका छौं । 

कहिलेसम्म आउला त उनीहरुको प्रतिवद्धता र प्स्ताव ? 
धेरै दिन बा“की छँदैछैन । जसले नेतृत्व गर्ने हो उसले स्पष्टसँग आफ्नो कुरा लिएर आउनु प¥यो, अनि त्यसमा अरुको सहमति खोज्नु प¥यो । 

बहुमतीय सरकार बन्यो भनेचांही एमाले जान्छ कि जा“दैन त ? 
त्यो त कुन ढंगले आउछ, हामीलाई सरकारमा जाने खासै रुची छैन । मुख्य कुरा मुद्दा समाधान हुने हिसावले राजनिितलाइृ अगाडी लैजानु पर्छ भन्ने कुरामा हाम्रो जोड हो । हामी जाने र नजाने कुरा त्यति महत्वको विषय होइन । 

एमालेलाई सरकारमा जाने रुची छैन भन्दा आम मान्छेले पत्याउलान् ? 
होइन नि त्यस्तो कुरा विगतमा पनि हामीले मरिहत्ते गरेर सरकारको नेतृत्वमा गएको होइन । कुनै पार्टीले मरिहत्ते गरेर प्रधानमन्त्री र मन्त्री हुने पनि होइन । परिस्थिति र राजनीतिमा एमालेको भूमिकाको अपरिहार्यताले, समन्वयकारी, सन्तुलनकारी भूमिकाका कारणले संख्यात्मक रुपमा तेस्रो भए पनि राजनीतिक सुप्रिमेसीका कारणले एमालेले जिम्मेवारी पाएको हो । 

अव चांही एमालेको सन्तुलनकारी भूमिकाले चलेन होइन ? 
होइन, हामीले कोसिस ग¥यौं विभिन्न कारणले सफल हुन सकेनौं अव तपाईंहरु गर्नुस् भन्न खोजेका हौं ।  

सहमतिको सरकार नबनेपछि उम्मेदवारहरु बहुमत जुटाउन लाग्नुहुन्छ त्यसवेला एमाले के गर्छ ? 
अहिले त्यो ठाउ“मा जानै हु“दैन । सहमतिकै लागि पनि अहिले हाम्रा प्रयत्न घनिभूत रुपमा सुरु भएको छैन । अहिले त त्यसैलाई परिणाममा पु¥याउने हिसावले लाग्नु प¥यो । त्यसपछि कुन ढंगले जाने भन्ने कुरा यदि मानौ तपाईंले भनेजस्तो बहुमतीय ढंगले जाने स्थिति बन्यो भने हामी अर्काे अध्यायको गोलचक्करमा फस्छौं । हाम्रा मुद्दाहरु फेरि पनि समाधान हुन सक्दैनन् । त्यो हुन नदिन बरु कस कसले के छोड्नु पर्ने हो छोडेर सहमतिको सरकार बनाउनै लाग्नु पर्छ । 

तपाईंहरु के छोड्नुहुन्छ त ? 
हामीले त प्रधानमनत्री नै दावी गरेनौ, छोड्यौं । अव शान्ति प्रक्रियामै जान छ भने त्योसँग सम्बन्धित मुद्दा सम्बोधन गर्न माओवादीले किन हिच्किचाउनु प¥यो ? अग्रगामी परिवर्तनमा मुद्दामा कांग्रेस किन हिच्किचाउनु प¥यो ? 

तपाईंहरु पनि त असफल हुनु भयो नि शान्ति र संविधानको काममा ? 
हामीले बेस्सरी कोसिस ग¥यौं । संविधानसभा भित्र हाम्रो जुन संख्यात्मक पोजिसन हो त्यसका तुलनामा भरमग्धुर कोसिस ग¥यौं । अरु पक्ष त्यसमा सकारात्मक रुपमा प्रस्तुत नभएको अवस्थामा हाम्रो भगिरथ प्रयत्नले मात्रै नहुने रहेछ । जेठ १४ यताकै कुरा गर्ने हो भने त्यसवेला भएको ५ बुँदे सहमतिको पहिलो बु“दा शान्ति प्रक्रियासँग गाँसिएको मुलभूत कुरा टुंग्याउने भनिएको छ । माओवादी त्यसमा ठोस ढंगले सहमतिमा आएन । अव त्यहां कांग्रेसले के देखाउनु एमालेले के गर्नु ? गर्नेले गर्दैन । 

अव गरेको सहमतिचाहीं माओवादीले पालना गर्छ भन्ने के छ र तपाई नयाँ सहमतिको कुरा गर्दै हुनुनहुन्छ ? 
पटक पटकका प्रतिवद्धता कार्यान्वयन नभएकै हो । गा“ठी कुरालाई बेवास्ता गरिएकै हो । अव पनि त्यही प्रतिवद्धताकै पुनराबृत्ति मात्रै गर्ने र नयाँ प्रतिवद्धता मात्रै थप्ने कानम गर्नु हु“दैन भनेर हामीले भन्न खोजेका हौं । अव गोस्वारा प्रतिवद्धता होइन ठ्याक्कै कायाृन्वयन गर्ने प्रतिवद्धता कार्यतालिका र योजनासहितको प्रतिवद्धता चाहियो । त्यो माओवादीले प्स्ताव गरेर मात्रै हुँदैन अरु पक्षले स्वीकार गर्न सक्ने हुनु पर्छ । अनि मात्रै सहमतिको आधारशील निर्माण हुन्छ । सहमतिको खाका ल्याउ सरकारको नेतृत्व गर भनेका हौं हामीले । 

पार्टी भित्रको विवाद चाहीं अव सकियो ? 
विवाद सकिंदैन, विवाद भइराख्या हुन्छ विवाद समाधान हुन्छ फेरि अर्को विवाद आउँछ । यो चलिरहने प्रक्रिया हो । अहिले पार्टीमा देखिएका समस्याहरु एकसरो समाधान भएका छन् । त्यसलाई अझ गम्भीरताका साथ छलफल गरेर टुंग्याउने प्रयत्नमा छौं । 

एमालेको सबै भन्दा ठूलो समस्या के हो ? 
एमालेको अहिलेको सबै भन्दा ठूलो समस्या अहिलेको चुनौती अनुरुप आफुलाइृ ब्यवस्थापन गर्नु पर्ने हो । ब्यवस्थापन भनेको टेक्निकलली होइन । विचारको ब्यवस्थापन विचारमा विविधता, अराजकता विचारका आधारमा बहुकेन्द्र बन्नु हुँदैन । सिंहदरवारमा बसेका बल्खुमा बसेका र गाउँमा बसेका सबैले एकै किसिमले बुझ्नु पर्यो । सांगठनिक संरचना र कामको शैलीमा ब्यवस्थापन गर्नु पर्नेछ । 
 
 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0