नयाँ पत्रिका, कार्तिक २७,२०६६, शनिवार

 सत्तासाझेदारीमा कांग्रेस माओवादीको  तनावले निकास निस्केन


अहिले तपाईको पार्टीका वरिष्ठ नेताहरु विदेशमै हुनुहुन्छ, संबेदनशील राजनीतिलाई कारण देखाउदै तपाईले आफ्नो विदेश भ्रमण रद्ध गर्नु भो, तपाई साच्चै संबेदनशील हुनु भएको हो कि आलोचनावाट बच्ने काइदा मात्रै हो ?

 यसमा मैले धेरै अतिरिक्त कुरा भन्न चाहन्न, नेताहरु आफ्ना पूर्व निर्धारित कार्यक्रम भएकोले जानु भो मेरो पनि धेरै अगाडी निर्धारित कार्यक्रम थियो । तर, संयोग कस्तो प¥यो भन्दा धेरै नेताहरु मुलुकबाहिर रहने, यही वेला राजनीतिक विकासक्रमचाहि संबेदनशील रहेको अवस्था रह्यो । नगइ नहुने ठान्ने नेताहरु जानु भो, म नगए पनि हुन्छ भन्ने लागेर गइन“ ।


 माथिल्लो स्तरको नेतृत्व बाहिर गएर तपाई मात्र बस्दा संबेदनीलता कसरी थेग्न सक्नुभयो त ?
 मैले थेग्ने त्यति ठूलो कुरा गरेको होइन । यसवीचमा गर्नु पर्ने भेटघाट छलफल, विभिन्न राजनीतिक पार्टीका नेताहरुस“ग अनौपचारिक संवाद गर्नु पर्ने पनि छ । दोस्रो कुरा २८ गतेदेखि पार्टीको बैठक पनि छ त्यसको तयारीको पनि कुरा छ । अरु नेताहरु पनि यही भएको भए ठीकै हुन्थ्यो, धेरै नेताहरु बाहिर जाने संयोग भित्र पर्न नचाहेको हो ।


 राजनीतिक संबेदनशीलताको कुरा उठ्यो, संविधान निर्माण र शान्ति प्रक्रिया त अन्यौलमै थियो, सहमतिकै सरकार बनाउनु पर्छ भन्ने तपाईहरुको अडानले सरकार निर्माण पनि अनयौलमा रह्यो, अव त संसद् बन्द गरेर अर्काे अन्यौलता खडा गर्नु भएको छ । यो संबेदनशीलता तपाईहरुले नै आमन्त्रण गर्नु भएको होइन र ?
 त्यस्तो देखिएको हुन सक्छ तर, हामीले सहमति कायम हुनु पर्छ भनिरहंदा यो सर्बसम्मत र फर्मल पोजिसन हो भन्नेकुरा म राख्न चाहन्छु । यसका पछाडी हाम्रा लजिकहरु छन् । त्यो लजिक के हो भने नेपालका राजनीतिक दलहरुको इतिहासमा पार्टीहरु जहिले जहिले मिल्छन्– जित्छन्, उपलब्धी प्राप्त हुन्छ । पार्टीहरु नमिलेको वेलामा हार्छन र जनताले उपलब्धी गुमाउछन् । ७० वर्षको नेपालको राजनीतिक इतिहासमा यो पटक पटक प्रमाणित भएको छ । अहिले पनि हामीले ६२÷६३ सालको आन्दोेलनवाट युगान्तकारी र ऐतिहासिक परिवर्तनको घोषणा ग¥यौं । ति ऐतिहासिक घोषणाहरु संस्थागत भैसकेका छैनन् । त्यो उपलब्धी स.स्थागत नहुन्जेल पार्टीहरु मिलेर, विमतीहरुको वीचमा सहमति कायम गरेर जानु पर्छ भन्ने हाम्रो जोड हो । यदि यस्तो गरिएन भने आन्दोलनका उपलब्धी गुम्छन् भन्ने हामीलाई लागेको हो । नभन्दै जुनखाले चहलपहल हामी अहिले देख्दैछौं, त्यो राजनीतिक चहलपहलले अपशकुनका संकेत देखाइरहेका छन् । त्यसैले हामीले दलीय स्वार्थ, नेताहरुका निजी चाहना होलान् ति कुरालाई थाती राखेर दलहरुवीचमा भएका भिन्नतावाट पनि सहमति खोज्नु पर्ने भनिरहेका छौं । शान्ति र संविधान सुनिश्चित गर्न विमतकिावीच सहमति खोज्नु अन्यौलता निम्त्याउनु होइन ।


 सहमति प्रयासको प्रतिफल त झन् नया“ नया“ गतिरोधका रुपमा पो देखा परेको होइन र ? 
 यसका दुई पाटा हेर्नु प¥यो । नया“ नया“ गतिरोध होइन सहमतिप्रति अलि प्रस्ट नभएका पक्षहरु थप प्रस्ट पनि भएका छन् । माओवादीकै कुरा गर्ने हो राष्ट्रिय सहमतिकै सरकार बनाउन भनेर उसले आफ्नो प्रधानमन्त्रीको उम्मेदवारी पनि फिर्ता लियो । तर यो सा“चो हो खास निश्कर्षमा पुग्न सकेको छैन । तपाईले नया“ जटिलताको कुरा संसद् स्थगन भएको कुरालाई लिएर गर्नु भएको होला । बजेट प्रस्तुत हुन नसक्ने परिस्थिति जुन माओवादीले सिर्जना ग¥यो । यो माओवादीलाई आरोप होइन कि उनहिरुले गरेका समझदारी विपरित जटिलता पैदा गराएका हुन् । मुलुकको लागि बजेट त ल्याउनै पर्ने थियो । त्यस कारणले पनि संसद् स्थगन भएर अध्यादेशवाट बजेट आएको हो । तर यो संसद् अनिश्चितकालीन बन्द हुन सक्दैन । दलहरुवीच जति सकिन्छ चा“डो सहमति गरेर संसद् बोलाउनु पर्छ ।


 संसद् बोलाएपछि गर्ने  पहिलो काम चाही के हो त ? प्रधानमन्त्रीको निर्वाचनकै विषयमा विवाद छ ? 
 प्रधानमनत्रीको निर्वाचन पनि छलफल र बहसको विषय छ । जस्तो रामचनद्रजीले दिएको उम्मेदवारीको बैधता के हुन्छ निरन्तरता हुन्छ कि हु“दैन भन्ने कुरा कानुनी र संबैधानिक तहमा पनि छलफलको विषय छ । तर मलाई के लाग्छ भने कानुनी हिसावले मात्रै यसको उत्तर खोजिनु हु“दैन । दलहरुवीच फेरि पनि सहमति नै चाहिन्छ र प्रधानमन्त्री निर्वाचन प्रक्रियावारे पनि दलहरुवीच सहमतिमै टुंग्याउनु पर्छ । मेरो ब्यक्तिगत विचारमा सर्बाेच्च अदालतको फैसलाको सारलाई बुझ्ने हो भने अहिले जारी रहेको निरर्थक निर्वाचन प्रक्रियालाई स्थगन गरेर सार्थक हुने हिसावले निर्वाचन प्रक्रिया अगाडी बढाउनु पर्छ भन्ने सार छ । त्यसैले राजनीतिक दलहरुले त्यो सार्थक निर्वाचन प्रक्रिया कस्तो बनाउने हो भन्ने समझदारी बनाउनु पर्छ ।


 सार्थक निर्वाचन प्रक्रिया के भनेर तपाईलाई सोधे तपाईस“ग के उत्तर छ ? रामचन्द्र पौडेलको उम्मेदवारी जारी छ कि छैन ?
रामचन्द्रको उम्मेदवारीलाई मात्र त्यसरी नबुझौं । हाम्रो पार्टीले भनेको कुरा के हो भने दलहरुवीच सहमति कायम गरेर जसले नेतृत्व लिए पनि हुन्छ । कांग्रेसकै नेतृत्व ब्यक्तिगत रुपमा रामचन्द्रजीकै नेतृत्व भन्नु भन्दा पनि सहमति कायम गरेर कांग्रेसले नेतृत्व लिन्छ भने त्यसमा केही आपत्ती छैन ।


 कांग्रेसको पनि हुन सक्छ, रामचन्द्र पनि हुन सक्छन् तर यो प्रक्रियावाट हु“दैन भन्न खोज्नु भएको हो ? 
 सर्बाेच्च अदालतको फैसलाको स्पिरिटलाइई पनि कायम राख्ने हो भने विगतदेखि जारी रहेको निर्वाचन प्रक्रियाले सार्थक निश्कर्ष दिन सकेन भन्ने त स्पष्टै छ । नया“ प्रक्रिया चलाउ“ नेतृत्व सहमतिमा जसले लिए पनि हुन्छ भन्ने हाम्रो मान्यता हो ।


 कांग्रेसकै नेतृत्व सही नया“ प्रक्रियावाट जाओस भन्ने कुरा गर्नु भएको ? 
नया“ प्रक्रिया भनेको नया“ सहमति कायम गर्नु प¥यो, प्रक्रियाका विषयमा पनि सहमति कायम हुनु प¥यो । नया“ प्रक्रियाले कंग्रेसकै नेतृत्व आओस केही छैन ।

 
 अव के केन हुन्छ भन्ने जसरी तपाईहरुले तीन दलवीच चारपल्ट गोप्य बैठक पनि गर्नु भो, तर परिणाम नया“ गतिरोधमा आएर टुंगियो, काहा“सम्म के के कुरामा सहमति गरिसक्नु भएको थियो ? 
 चारपटक जो गोप्य भनियो गोप्य त होइन अलि गम्भीरताका साथ बस्न खोजेको हो । बसेर के के निर्णय, सहमति ग¥यौं भन्ने कुरा शीर्ष नेताहरुवीच हस्ताक्षर गरेरै बाहिर आइसकेको छ ।


ए, त्यो वक्तब्य भन्दा बाहेक त्यसो भए केही पनि भएको छैन ? 
 त्यसको अर्थ के हो भने कुनै गोप्य भन्ने होइन अलि पृथक वातावरणमा तीन प्रमुख दलवीच छलफल गरेका हौं । त्यसलाई ठ्याक्कै निश्कर्षमा पु¥याउन सकेनौं । अव माओवादीको विस्तारित बैठक पनि सकियो, फेरि पनि तीन दलीय बैठकलाई निरन्तरता दिन्छौं ।


 निश्कर्षमा पु्ग्न नसकेको चाही सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरैले त हो नि होइन र ? 
 यसमा केही देखिने र केही नदेखिने कुरा पनि छन् जस्तो मलाई लाग्छ । बाहिर शान्ति प्रक्रियासित गा“सिएका कुराहरु पनि आएका छन् । सा“च्चै भन्ने हो भने सत्ता साझेदारीको ठोस प्रस्ताव के हुन सक्छ भन्ने मामिलामा दलहरु एकठाउ“मा पुग्ने वित्तिक्कै सबै कुराहरु मिल्छन् ।


  भनेपछि शान्ति प्रक्रियाका कुरा सबै मिले, तर, सत्ताको नेतृत्व कसले गर्ने भन्ने कुरा नमिलेर निश्कर्षमा नपुगेको ? 
होइन, शान्ति प्रक्रियाको कुरा पनि हामीले प्याकेजमै समाधान गर्नु पर्छ भनेका छौं । जस्तो शान्ति प्रक्रियास“ग गा“सिएको केन्द्रीय प्रश्न माओवादी सेनाका लडाकुहरु बसेका शिविरहरु खाली गर्ने, उनीहरुको ब्यवस्थापन गर्ने । शान्ति प्रक्रियाका अहिलेको केन्द्रीय प्रश्न यही हो । यस सन्दर्भमा पनि सहमति हुनु प¥यो, दोस्रो लोकतान्त्रिक संविधान निर्माण गर्दा त्यसका अन्तरतत्ववारे सहमति हुनु प¥यो । तेस्रो शक्ति सन्तुलनको विशिष्ट अवस्थालाई ध्यानमा राखेर सत्ता साझेदारीका विषयमा सहमति हुनु प¥यो । यो चिजमा छलफल गरेर एक ठाउ“मा पुग्ने वित्तिक्कै सबै कुरा क्लियर हुन्छ ।


 अझै यि कुरा बा“की छन् भने चार पटकका बैठकमा के भयो त ? 
तीनैवटा विषयमा केन्द्रित गरेर छलफल ग¥यौं । शान्ति प्रक्रियास“ग गासिंएका विषयमा लगभग धेरै कुरामा सहमति भइसक्यो । यसवीचमा प्रधानमन्त्रीको नेतृत्वमा विशेष समिति बनाउने त्यसको सचिवालय र संयोजक तोक्ने काम पनि त्यसैका आधारमा भएको हो । अव विशेष समितिले गरेको निर्णयलाई कार्यान्वयन गर्न सचिवालय क्रियाशील हुन्छ । संविधान निर्माणस“ग सम्बन्धित विषयमा संविधानसभा भित्रका २७ दलले सहमतिमा बनाएको कार्यदलको संयोजक प्रचण्ड हुनुहुन्छ । त्यो कार्यदलले महत्वपूर्ण विषयमा सहमति कायम गरेको छ यो महत्वपूर्ण विषय हो । अर्काे, सत्ता साझेदारकिो विषय हो । यसमा कसले नेतृत्व गर्ने भन्ने विषयमा एमालेको हकमा हामी जसले नेतृत्व गरे पनि ओपन छौं । तर, सहमतिको प्रक्रियावाट जाउ“ भन्ने मात्र कुरा हो । सत्ता साझेदारीमा नेतृत्वको कुरा टुंगिनासाथ धेरै कुरा टुंगिन्छ ।


 भनेपछि अहिलेसम्मको हानथाप सत्ताको नेतृत्वकै लागि हो ? 
ठ्याक्कै यही भन्दा प्रिय सुनिंदैनहोला । तर, मैले जे इम्प्रेशन लिएको छु नेतृत्वको प्रश्न नै हो । जस्तो माओवादी नेतृत्वले आफ्नै नेतृत्वमा यतिवेलै चाहिन्छ, हामी ठूलो पार्टी हौं भन्ने कोणवाट कुरा उठाएको छ भने हामीले शान्ति प्रक्रियास“ग गा“सिएका कुरा टुंगो नलागेसम्म तपाईहरु नेतृत्वमा आउने कुरा नगर्नुस, यो तपाईहरुका लागि पनि हितकर हु“दैन भनेका छौं । अरु पक्षका विषयमा एमालेलाई जो भए पनि मान्य छ, सहमतिमा चाही हुनु प¥यो । त्यसका लागि दलहरुवीच विषयमा केन्द्रित भएर छलफल चलाउनु प¥यो । अहलिेसम्म सत्ता साझेदारीका विषयमा विषयकेन्द्रित भएर खुलेर दलहरु आउन नसकेका हुन् कि भन्ने लागिरहेको छ ।


 किन यस्तो भएको छ ? 
किन भने आत्मकेन्द्रित भएपछि त्यस्तो कठीनाइ हुन्छ । एमालेको हकमा म महासचिवको हिसावले भन्छु हामी खुला छौं । हाम्रो अध्यक्षले अरु दलका नेताहरुलाई वताइसक्नु भएको छ हामी ओपन छौं । माओवादीले नै चाहि यतिवेला नेतृत्व लिने कुरा स्वयं माओवादी र अरुलाई पनि कठीन हुन्छ भन्ने हाम्रो तर्क हो ।


 तपाईहरु खुला हुनुहोला, समस्या को हो त, कांग्रेस कि माओवादी ?
जुन चरणमा हामी संवादमा छौं, फलानै समस्या हो भन्दा शोभनीय हु“देन । शिष्टाचारको हिसावले पनि वार्ताको संवेदनशीलतालाई ख्याल गरेर त्यस्तो भन्न मिल्दैन । एमालेको हकमा हामी ओपन छौं र सत्ता साझेदारीका विषयमा एमालेलाई कुनै तनाव छैन ।


 तपाईहरुबाहेक सत्ताको विषयमा कांग्रेस र माओवादी तनावमा रहेकाले कुरा मिलेन हो ? 
 अरुलाई तनाव भएरै त अड्क्या होला । साथीहरुलाई हामी भन्छौं, सत्ताको नेतृत्वका विषयमा तनाव नलिनुस, तनावमुक्त हुनुस् ।


 ए सत्तासाझेदारीको विषयमा दुई दलको तनावले निकास निसकेन ?
हो हो, यो तपाईहरुलाई हेडिङ बनाउन पनि काम लाग्ला जस्तो छ ।  शान्ति प्रक्रियाका विषयमा पनि एकखालको समझदारी बढ्दैछ । संविधान निर्माणका विषयमा पनि छलफलको प्रक्रियावाट अगाडी बढ्दैछ । अव सत्ता साझेदारकिा विषयमा एमालेलाई तनाव छैन अन्य दुई दललाई तनाव हुन सक्छ यसवाट उहा“हरु मुक्त हुनु पर्छ ।

 
 नया“ प्रधानमन्त्री कहिले निर्वाचित होलान् त त्यसो भए ? 
 तनावमा रहने साथीहरुले हामी तनाववाट मुक्त भयौं भनेर खुलस्त भनेको दिन मुलुकले प्रधानमन्त्री पाउ“छर शान्ति र संविधान निर्माण पनि निकासमा पुग्छ ।


 ६ महिनाको यति लामो समय कुर्नु भो सहमति त हुन सकेन नि ? 
होइन, सहमतिको विकल्प छैन भन्नेमा हामी स्पष्ट छौं । तर सहमतिमा जान यो प्रक्रिया होइन अलि पृथक प्रक्रिया अवलम्बन गर्नु पर्छ भन्ने कुरा पनि हामीलाई लाग्दैछ ।


 माओवादीले नेतृत्व गर्न मिलदैन भन्ने तपाईहरुको मान्यता छ कांग्रेसलाई माओवादीले समर्थन गर्दैन भन्ने पनि थाह छ यसको मतलव घुमाएर हामीले सरकारको नेतृत्व गर्छाै भनेको होइन र ? 
 हामीले आफुलाई केन्द्रित गरेकै छेनौं यसमा भ्रम नराख्दा हुन्छ । तर, संगसंगै कसैले तिमिहरुचाही वात लागेका हौ नेतृत्वमा आउनै सक्दैनौ भन्ने कोणवाट प्श्न गर्छ भने हामी त्यसलाई प्रतिवाद गर्छाै । प्रश्नका लागि प्श्न गर्ने हो भने एमाले चाही के कारणले हु“दैन त भन्न सकिन्छ । एमाले राष्ट्रका लागि सबभन्दा धेरै सेक्रिफाइस गर्ने पार्टी । छंदाखा“दाको प्रधानमन्त्री छोड्ने, पाएको अर्काे प्रधानमन्त्री छोड्ने, के कस्टमा भन्दा राष्ट्रिय सहमतिको कस्टमा । अनि राष्ट्रिय सहमतिको लागि मरिहत्ते गर्ने पार्टी हु“दै हु“दैन भन्ने त्यो न्यायसंगत हु“दैन भन्ने हाम्रो तर्क छ । तर, यति हु“दा हु“दै पनि हामीले आफुलाई घिडी बनाएर नेतृत्व चाहिन्छ भनेका छैनौं ।


 यो कोणवाट पनि त प्रश्न छ नि एमालेको आन्तरिक शक्ति संघर्षले गर्दा नै अहिलेको राजनीतिक जटिलता बढेको हो, होइन र ? प्रधानमन्त्रीको निर्वाचनमा मतदान नगर्ने, बहुमत पाएको उम्मेदवारले पनि फिर्ता गर्ने, भइराखेको प्रधानमन्त्रीलाई राजीनामा गराउने एमालकै निर्णय होइन र ?

 राष्ट्रिय राजनीतिक जटिलता भित्र दलहरुभित्रका जटिलता पनि केही हदसम्म प्रतिविम्बित हुन्छ । हामी भित्रका र अरु पार्टी भित्रका जटिलताले पनि प्रभाव पारेको हुन्छ  कुन मात्रामा भन्ने कुरा अलग हो । तर, एमाले भित्रको पोजिसनको कुरा चाही क्लियर गरिदिउ“ जे निर्णय भएको छ सर्बसम्मतीले भएको छ । अनि कसरी एमाले भित्रको जटिलताले समस्या आएको भन्न मिल्छ ? उदाहरणै छन् भदौ २८ गते प्रधानमन्त्री माधव नेपाल र पुष्पकमल दाहालले वालुवाटारमा चार बु“दे सहमति गरे । असोज १ गते एमाले र माओवादीवीच तीन बु“दे सहमति भयो । भदौ २८ मा प्रधानमन्त्रीस“ग जे समझदारी भो त्यही पृष्ठभूमीमा पार्टीगत हिसावले झलनाथ खनाल र पुष्पकमल दाहालवीच सहमति भएको हो । जुन समझदारीमा खड्गप्रसाद ओली पनि बसेका छन् । समझदारीको त्यो लिखत तपाईहरुस“ग पनि होला । प्रधानमनत्रीको निर्वाचनमा भाग नलिने, माओवादीको उम्मेदवारी फिर्ता लिने र कांग्रेसको उम्मेदवारी फिर्ता हुनु पर्छ सोझै नभने पनि उम्मेदवारीको प्रक्रिया अन्त्य गर्नु पर्छ भन्ने आसयसहितको सहमति त भएको हो । कुनै एमालेको नेताले लुकेर माओवादीको नेतास“ग खुसुक्क गरेको त होइन । एमालेका सबै जिम्मेवार नेताहरु बसेर गरेको हो, यसको एउटा सिरिज छ । सहमतिमा सर्बसम्मतीले निर्णयका आधारमा भएका छन् क्नै पनि निर्णय विवादित छैनन् । 


 लिखतमा त त्यस्तो देखिन्छ तर, ब्यवहारमा.........?
 कुरा यस्तो नि त, मान्ने के त अव ? लिखतलाई नै होइन र ? कसको मनमा के छ भनेर मतलव भएन नि । संस्था र संगठनका फर्मल निर्णय, लिखत के हुन् उभिनु त त्यसैमा प¥यो नि ।


लिखत जेसुकै भए पनि एमालेका दुई ध्रुवमा बा“डिएका नेता, अध्यक्ष लगायतकेही माओवादीमैत्री वातावरण बनाउन लागेका छन् र माधवकुमार नेपाल र केपी ओली लगायतका नेताहरु कांग्रेसमैत्री वातावरण बनाउन लागेका छन् होइन र ? कोही माओवादी जस्ता कोही कांग्रेसजस्ता लाग्छन् भनिन्छ नि एमाले नेताहरुलाई ? 
 कुनै संगठन, संस्था र पार्टीको पोजिसन के हो भन्न को को नेता कता लागेका छन् भनेर होइन, त्यसको संस्थागत निर्णय के हो भनेर हेर्नु पर्छ । एमालेको हकमा मात्र होइन सबैको हकमा यस्तै हो । एमालेले राष्ट्रिय सहमतिको सन्दर्भमा जे निर्णय गरेको छ केन्द्रीय कमिटी, पोलिटब्युरोवाट सर्बसम्मत गरेको छ । सबैले त्यसको पालना गर्नु पर्छ । तपाईहरुले बजारमा एकरुपताकासाथ कुरा नआएको देख्नु भएको छ भने त्योचाही धर्म, आचरण विरोधी कुरा हो भनेर विश्लेषण गर्नु पर्छ । मेरो भनाई के हो भने आजको अवस्थामा पार्टी र नेताहरु पनि जनताले मुल्यांकन गर्ने विषय हो । कुन पार्टी, कुन नेता कस्तो ? को आचरण,  सीमा र मर्यादाभित्र छ छैन भन्ने कुरा त तपाईहरुले पनि विश्लेषण गर्नु प¥यो नि ।


 अरुको विश्लेषणको के अर्थ र पार्टीले नै कार्वाही गर्नु पर्ने होइन र त्यस्तो गर्नेलाई ? 
 यहा“ कारवाहीको मात्रै कुरा होइन जनताले जजमेन्ट गर्नु पर्ने विषय हो । फेरि हाम्रा संस्थागत निर्णयहरुको अवज्ञा कसले गरेको छ ? ल भन्नुस तपाईहरु नै । कुराहरु बहसहरु हुन्छन्, तर अवज्ञाको तहमा कहिल्यै त्यस्तो देख्नु भो ? प्रधानमन्त्रीको निर्वाचनमा मत नहालने भन्यौं कसैले हालेनन् । ह्वीप उल्लंघन गरेर मत हालेका छैनन् । सिंगो राष्ट बहस विवादमा रहेको वेला एमाले भित्र पनि अनेक कोणवाट बहस हुनु अनौठो होइन ।  अनि कोही कांग्रेसजस्तो कोही एमालेजस्तो भन्ने कुरामा के सत्यता छ ? हिजो हामीले उम्मेदवारी फिर्ता गर्नु पर्छ भन्यौं माओवादीले फिर्ता ग¥यो, को माओवादीको पछि लाग्यो ? निर्वाचनको यो प्रक्रिया स्थगन गर्नु पर्छ भन्दैछौं, कांग्रेस त्यसमा सोच्नु पर्छ भन्ने ठाउ“मा पुगिसक्यो अनि को कांग्रेसको पछि लाग्यो ? बरु एमालेका मान्यताहरुमा पो अरु आउदैछन् ।


 अव पार्टीको प्रसंगमा जाउ“ राष्ट्रिय राजनीतिमा पार्टीका तीन नेताहरुको आ–आफ्नै ब्याख्या र वकालतले कार्यकर्ता पनि भ्रमित छन् भन्ने लागेको छैन तपाईलाई ? 
 एमालेले जत्रो उचाइ प्राप्त गरेको छ यही उचाइ अनुसारका समस्याहरु छन् । तपाईहरुलाई नढा“टी भन्छु, एमाले अलि सानु थियो समस्या सानै थिए, अलि ठूलो भयो समस्या त्यत्रै आए अहिले जुन उचाइमा पुगेको छ समस्या पनि त्यही उचाइमा छन् । चारवटा काम गरेर अहिलेका समस्या समाधान गर्नु पर्छ । एमालेले जे विचार लिएको छ अहिलेको चुनौती अनुसार थप ब्यवस्थित गर्नु पर्ने जरुरी छ । विचार छ तर, ब्यवस्थापन राम्ररी गर्न सकेका छैनौं ।  दोस्रो कुरा अहिलेको जटिलता अनुसार संगठनलाई ब्यवस्थित गर्नु पर्छ । हिजोको संगठनको ढा“चामा अव चल्दैन ।


 होइन तपाईको घुमाउरो उत्तर जनताले बुझ्दैनन ्। सोझै भन्दिनुस् न एमालेमा समस्या छन् कि छैनन् ? 
 समस्या छन् भनेकै छु त ।


कुन नेताका कारण समस्या भयो त ?
 तपाईहरुलाई टप्लक्कै धेरै पर्सनलीफाई गर्नु पर्दैन, कुन नेतालाई दोष दिने ? समस्यालाई समग्रतामा बुझ्नु प¥यो । कुरा के हो भने विकासक्रमको उचाइजस्तै समस्या छन् । विगतमा पनि त्यस्ता धेरै समस्यालाई झेल्दै र म्यानेज गर्दै आएका हौं । अहिले राष्ट्रिय राजनीतिको तरलताका छालले सबै पार्टीलाई हारावारा पारेकै छ नि । यो अप्ठेरो कहा“ कहा“ परेको छ खोलेरै भनिदंदैछु । आफ्नो विचार र संगठनलाई थप ब्यवस्थापन गर्ने कुरामा समस्या छ । एमालेको दिक्षित कार्यशैलीलाई ब्यवस्थापन गर्ने समस्या छ, कार्यकर्ता शक्तिलाई विन्यास र परिचालनमा ढंग पु¥याउनु पर्ने समस्या छ । यि चारवटा समस्या छन् भनेकै छु ।


 २८ गतेवाट केन्द्ीय कमिटीको बैठक बस्दैछ, त्यो बैठकवाट पनि एमालेले राष्ट्रिय सहमतिको विकल्प छैन भन्ने अमूर्त निर्णय नै त लिएर आउनला नि होइन र ? 
 २८ गते बस्ने बैठकले सहमतिलाई निश्कर्षमा पु¥याउन भएका पहलहरुको समीक्षा गर्छौं । र बैठकले समीक्षा गरीसकेपछि नया“ ढंगले सोच्नु पर्ने ठान्यो भने नया“ ढंगले सोच्नेछ । हामी राष्ट्रिय सहमति जुटाउने सिलसिलामा अहिलेसम्म भएका कामहरुको समीक्षा गर्छाैं ।


 कामको समीक्ष्ाँ गर्नुहुन्छ अनि दलहरुवीच सहमतिको विकल्प छैन भन्नुहुन्छ, तर, सहमति प्रयासको परिणाम के भइरहेको छ भन्नेचाही समीक्षा गर्नुहुन्न होइन ? 
 परिणामहरुको समीक्षा गर्छाै नि । सहमतिको हाम्रो अडानका परिणामहरु के कस्ता भए भन्ने समीक्षा हुन्छ ।


 सहमतिको सरकार बनाउने ६ महिनाको प्रयास असफल भएपछि अव त्यो वाटोवाट एमाले पछि हट्छ कि हट्दैन ? 
 सहमति विना अहिलेका मुद्दाहरुको सम्बोधन हु“दैन भन्नेमा हामी स्पष्ट छौं । तर, अहिलेसम्म सहमति निर्माण गर्ने जुन प्रक्रिया चलायौं त्यो प्रक्रियाको वारेमा पनि पुनरावलोकन गर्न सक्छ । कुन प्रक्रियावाट सहमति प्राप्त गर्ने हो भन्ने विषयमा छलफल हुन्छ ।


 सहमतिका अरु प्रक्रिया भनेका के के हुन सक्छन् ? 
 अहिले हामीले राजनीतिक समझदारीवाट जाने भनेका छौंं । अथवा सहमतिको नाममा निर्णयविहीनताको स्थिति अन्त्य गर्नु पर्छ कि त्यो पनि हुन सक्छ । या अहिले बहुमतीय सरकार बनाउदै सहमतिको लागि प्रयत्न गर्ने कि त्यो पनि हुन सक्छ या नया“ चरणमा हामीले आफ्नो पोजिसन डिक्लियर गरेर हामीलाई नेतृत्व दावी छैन, पार्टीहरु जसले नेतृत्व लिनु पर्छ लेउ तर, सहमति चाहिन्छ भनेर जाने हो कि,  अनेक अनेक विकल्प हुन सक्छन् ।


 अव एमालेले कोल्टो फे¥यो सहमतिय सरकारवाट कोल्टे फेरेर बहुमतीय सरकार बनाउन अग्रसर भयो भने हुन्छ ? 
यो भारी शब्द प्रयोग नगर्नुस्, कोल्टे किन फेर्नु ? हामीले एउटा डिस्टिनेशन राखेर अगाडी बढेका छौं, त्यो हामी कायमै राख्छौं र त्यो डिस्टिनेशनमा जाने तौर तरिका बदल्न सक्छौं ।   

 

  

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0