आन्दोलन र केही ज्वलन्त विषय

 राजा ज्ञानेन्द्रद्वारा औपचारिक रुपमा प्रतिगमनकारी कदम चालिएको एक वर्ष पूरा भइसकेको छ । यसबीच बहुदलीय प्रजातन्त्रका पक्षधर राजनीतिक दलहरुले राजाका कदमको विरोध गर्दै ‘प्रतिगमनलाई सच्याउनु पर्ने’ कुरा उठाएका छन् । उनीहरुले यसका लागि अनेकौं रुप र तरिकाका चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गरिसकेका छन् । तर राजाले भने प्रतिगमनलाई एक पछि अर्को गर्दै निरन्तरता दिदै आएका छन् । राजाले अहिलेसम्म आन्दोलनकारी दलहरुका माग र उनीहरुले संचालन गरेका आन्दोलनको दवाव महसुस गरेकै छैनन् भन्ने कुरा उनका निरन्तरका अभिव्यक्ति र आचरणले प्रकट गरिरहेका छन् । अहिलेसम्म के देखिएको छ भने चालु संयुक्त जनआन्दोलनले निर्णायक मोड लिन सकिरहेको छैन र यसले खास परिणाम देखाउन पनि सकेको छैन । यतिवेला प्रजातन्त्रका पक्षधर आन्दोलनकारीहरुका लागि आन्दोलनको अन्य कुनै विकल्प छैन तर अहिलेसम्म ठोस परिणाम भने प्राप्त हुन सकेको पनि छैन । संचालिन आन्दोलनसित गाँसिएर अहिले उठेका केही विषयहरुलाई कसरी विष्लेषण गर्ने ? 
 राजाले आफ्नो औपचारिक घोषणा तथा कामबाट नै देखाइसकेका छन् उनी २०४६ को ऐतिहासिक जनआन्दोलनका उपलब्धिलाई सके सम्पूर्ण रुपमा खोस्न, एकैचोटी नसके तिनलाई साँघुर्याउँदै लैजान चाहन्छन् । यसै उद्देश्यका लागि उनले आन्दोलनका उपलब्धीलाई संस्थागत गरिएको दस्तावेज २०४७ को संविधानमाथि अतिक्रमण गर्दै त्यसलाई पंगु बनाउने काम गरेका हुन् । (तर मुखले भने त्यसप्रतिको प्रतिबद्धता दर्शाइरहेका छन् !) के प्रष्ट भइसकेको छ भने २०४७ को ऐतिहासिक आन्दोलनपछि गरिएको सम्झौताबाट राजा पछि हटिसकेका छन्, त्यसवेला आन्दोलनका क्रममा खोसिएक आफ्ना अधिकारलाई उनी पुनः प्राप्त गर्न चाहन्छन् । यही चाहनाबाट निर्देशित भएर उनले नेपाली जनताको हातमा आएको सार्वभौमसत्ता र राजकीय सत्तालाई आफ्नो हातमा लिने, मुलुकका संवैधानिक शक्तिहरु – राजनीतिक पार्टीहरुलाई किनारामा ठेल्ने र यसो गरेर मुलुकलाई प्रतिगमनकारी दिशातर्फ ठेल्दै जाने काम गरेका छन् । यसैबीच राजाका यस्ता कामप्रति सैद्धान्तिक तथा राजनीतिक भ्रमहरु सृजना गर्ने कोशिस पनि गरिएका छन् । ‘राजा संविधानको रक्षक’, ‘राजाले वाध्यतावश चालेको कदम’, ‘राजा राष्ट्रिय एकताका प्रतीक’, आदि विषयलाई भ्रमपूर्ण किसिमले उछालिएको पनि छ । भनिरहनु पर्दैन – यस्ता भ्रमपूर्ण प्रचारले केही काम गरेको छ, आन्दोलनकरीहरुका कित्ताभित्रै पनि यसले हात घुसारेको छ । केही केही मानिसहरु आन्दोलनकारीको कित्ताबाट राजाका मान्छे मा दरिन पुगेका छन् वा पुग्दै छन् । के यस्ता प्रशंगले प्रजातन्त्रमाथि राजाको स्वेच्छाचारी धावाको औचित्य पुष्टि हुन सक्छ ? 
 नेपाली जनताले प्रजातन्त्रको युगमा प्रवेश गरिसकेपछि पटक पटक प्राप्त गरेका प्रजातान्त्रिक अधिकारहरु खोसिने खतराको सामना गरेका छन् । नेपालको इतिहास साक्षी छ – विगतदेखि पटक पटक यस्तो हुँदै आएको छ । के हुने गरेको छ भने – यस्तो अवस्थामा यात सम्झौता मार्फत नेपाली जनताले केही अधिकार पाएका छन् या जनताको अधिकार खोस्न उद्यत राजाका हात माथि परेका छन् । प्रत्येक यस्ता क्रममा नेपालका राजालाई केन्द्र गरी भ्रमपूर्ण मिथकहरुको खेती पनि हुने गरेको छ, जनताको पंक्ति मै रहेकाहरु मध्ये केही त्यसको शिकार पनि हुने गरेका छन् । 
 अहिले राजा ज्ञानेन्द्रको प्रतिगमनकारी कदम विगतदेखि प्रजातन्त्र आकांक्षी नेपाली जनता र स्वेच्छाचारी तथा निरंकुश बन्न चाहने राजाका आकाँक्षाबीचको टक्करको निरन्तरता वा सिलसिला हो भन्ने कुरा बुझ्नै पर्छ । के बुझ्नै पर्छ भने, अहिलेको प्रतिगमन विरोधी आन्दोलन नेपाली जनताको प्रजातान्त्रिक आन्दोलनको निरन्तरता हो । सारतः सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा रहने कि अनिर्वाचित, परम्परागत, सामन्तवादी प्रतिनिधि संस्था अर्थात राजामा रहने भन्ने नै हो । 
 निर्वाचित सरकारलाई पदच्यूत गर्ने, कार्यकारिणी अधिकार आफ्नो हातमा रहेको घोषणा गर्ने, राजनीतिक दलहरु जनताप्रति जवाफदेही नदेखिएका कारण आफैले जनताप्रति जवाफदेही लिन चाहेको भन्ने र एक्काइसौं शताब्दीको नेपालको राजा ‘देखिने मात्र नभएर सुनिने पनि’ र त्यसको लागि रचनात्मक भूमिका समेत खेल्ने भन्दै अगाडि आइरहेका राजाको भूमिकाको सन्दर्भमा कहीं कतै भ्रम पाल्नु पर्ने आवश्यकता छैन । सार्वभौमसत्ता र राजकीयसत्ता कसमा – यतिबेला आन्दोलनको चूरो प्रश्न नै यही हो । मुलुक प्रजातान्त्रिक युगमा प्रवेश गरिसकेपछिको आधा शताब्दीदेखि नेपाली जनताले संचालन गर्दै आएको संघर्ष अहिले नयाँ आयाम सहति प्रकट भएको छ । अहिले संचालित प्रतिगमन विरोधी आन्दोलनलाई यही ऐतिहासिक सन्दर्भ सहित बुझ्नु पर्छ । ‘राजनीतिक पार्टीहहरुले आफू सत्तामा बस्न नपाएकाले, आफू प्रधानमन्त्री हुनका लागि, बहुदलीय व्यवस्थाको पूनस्र्थापनाका १२ वर्षमा भएका लुट र भ्रष्टाचारलाई छोप्नका लागि’, आदि भन्दै नेकपा (एमाले) लगायत मूलधारका राजनीतिक पार्टीहरुले संचालन गरिरहेको आन्दोलनप्रति गरिएका टिप्पणीलाई पनि मूलतः यही सन्दर्भसहित गाँसेर बुझ्नु पर्दछ । आंशिक, क्षणिक वा तत्कालिक दृष्टिकोण बोकेर यस्ता टिप्पणीको गहिराइमा पुग्नै सकिन्न । त्यसैले यो आन्दोलन लामो ऐतिहासिक सन्दर्भसित गाँसिएर अगाडि बढिरहेको छ । अब मुलुक कता जाने ? प्रजातान्त्रि उज्यालो घाममा अग्रगमनको राजमार्ग समातेर अघि बढ्ने कि नागपाशामा बेरिएको प्रजातन्त्रलाई स्वीकार गरी कक्रिएर बस्ने ? प्रजातन्त्रका सच्चा पक्षधरहरुले प्रतिगमन विरोधी आन्दोलनबाट आफूलाई थोरै पनि विचलित बनाउनै हुन्न । 
 नेकपा (एमाले) लगायत बहुदलीय प्रजातन्त्रका पक्षधर मूलधारका राजनीतिक पार्टीहरुले आन्दोलनलाई औपचारिक रुपमा शुरु गर्दा एक किसिमले भद्र र शालिन तरिकाले आफ्ना सारभूत अडानलाई अगाडि सारकेका हुन् । राजकीयसत्ता र सार्वभौमसत्ता जनतामा नआउन्जेल आन्दोलन जारी रहन्छ र प्रतिगमन नसच्याउन्जेल आन्दोलन जारी रहन्छ भनेका हुन् । तर पार्टीहरुका माग विपरीत यसबीच प्रतिगमनले निरन्तरता पाइरहयो, अझ त्यो नयाँ उचाइमा प्रकट हुँदै गयो । अहिले राजनीतिक पार्टीका घोषित र औपचारिक माग तथा नारामा परिवर्तन त गरिएको छैन, तर आन्दोलनमा सहभागी भएकाहरु खासगरी युवा विद्यार्थीहरु राजतन्त्रको विरोध र गणतन्त्रको प्राप्तिको लागि सडकमा नारा लगाउन थालिसकेका छन् । यस्ताहरुको संख्या दिनहुँ बढ्दो छ र आम नागरिकहरु समेत त्यसप्रति आकर्षित बनिरहेका छन् । यो संक्रमणकालीन स्थितिप्रति नेकपा (एमाले) के भन्छ ? यसका दृष्टिकोण र भनाइहरु के हुन् ? आन्दोलनमा सक्रियताका साथ नेतृत्व पंक्तिमा उभिएको एमालेले यो आन्दोलन मार्फत रुपान्तरण ९त्चबलकायचmबतष्यल० नै खोजेको हो । बहुदलीय प्रजातन्त्रको मूल्य, मान्यता र सीमाको राजाबाट र सबैबाट सम्मान गरिनु पर्छ भन्ने चाहेकै हो । भूलवश वा अयोग्यताका कारण प्रजातन्त्रप्रति प्रतिबद्ध जस्कसैबाट पनि सीमाहरु भत्किन पुगे भने तिनलाई सच्याइनु पर्छ भन्ने चाहेकै हो । स्वभाविक छ – यही आसयबाट आन्दोलनका माग र नाराहरु पनि तय गरिएका हुन् । तर रुपान्तरण असंभव देखिए वा असंभव बन्दै गए के हुने ? यसको एउटै र निर्विवाद उत्तर छ – निर्मूलन ९भ्ष्mिष्लबतष्यल०, यात रुपान्तरण या निर्मूलन ९भ्ष्तजभच तचबलकायचmबतष्यल यच भष्mिष्लबतष्यल० । यो लुकाउनु पर्ने वा भन्न नमिल्ने विषय नै होइन । रुपान्तरणको संभावना बढ्दै गए निर्मूलनको संभावना घट्दै जान्छ, रुपान्तरणको संभावना घट्दै गए निर्मूलनको संभावना बढ्दै जान्छ । अहिलेको कटु सत्य के हो भने रुपान्तरणको संभावना घट्दै गएको छ । त्यसैले नै निर्मूलनको संभावना बढ्न थालेको छ । यही संक्रमणशील राजनीतिक परिदृष्य अहिले सडकमा पोखिदै पनि छ । यदि रुपान्तरण असम्भव बन्दै गयो भने यो मुलुकभरि नै भेल बनेर उर्लने छ । स्वभाविक छ, भेलको अगाडि कसैको केही लाग्ने छैन । चेतनाका वाहक, उर्जावान र गतिशील युवा विद्यार्थीहरु यसमा खुलेर अगाडि देखापरेका छन् ।
 “प्रतिगमन सच्चिनु पर्छ” भनेर नेकपा (एमाले) लगायत राजनीतिक पार्टीहरुले माग गरिरहेको बेला रुपान्तरणकै इमान्दार चाहना र आसय प्रकट गरेका हुन् । यिनीहरुले सकारात्मक दृष्टिकोण नै राखेका हुन् । अहिले पनि सकारात्मक दृष्टिकोणबाट यिनीहरु विचलित भइसकेका छ्रैनन् । एउटा कुरा निश्चित छ – रुपान्तरणको संभावना जति जति क्षीण हुँदै जान्छ अहिले अघि सारिएको नारामा पनि परिवर्तन अवश्यंभवी छ । “प्रतिगमन सच्चिनु पर्छ” भन्ने रुपान्तरणको संभावनामा आधारित नारा, यो संभावना टरे पछि निर्मूलनको नारा – प्रजातान्त्रिक गणतन्त्रको नारामा रुपान्तरित हुनु स्वभाविक छ । यतिवेला मूल राजनीतिक नाराका सन्दर्भमा संक्रमणशील स्थितिलाई ख्याल गर्नै पर्छ । 
 राजाको सक्रिय शासक बन्ने चाहना जसरी प्रकट हुँदै छ, यसले जसरी दिनदिनै बलशाली रुपमा आफूलाई प्रकट गर्न खोज्दैछ – त्यसलाई निर्णायक जवाफ दिने हिसावले प्रजातन्त्रका पक्षधरहरुका बीचमा सहकार्य हुन सकेको छैन । स्थिति यति प्रतिकूल भैसके पनि सहकार्यमा औपचारिक रुपमा आवद्ध राजनीतिक दलहरु सबैमा संकीर्णता र विशुद्धतावादी दृष्टिकोण हट्न सकेको छैन । प्रतिगमनका विरुद्धमा वृहत्तर मोर्चाबन्दी हुन सकिरहेको छैन । प्रतिगमन विरोधी आन्दोलन झण्डै “पाँच दलको पेवा आन्दोलन” जस्तो देखिन पुगेको छ । प्रतिगमन विरोधी सम्पूर्ण राजनीतिक दलहरु मात्र होइन , प्रजातन्त्रका पक्षमा रहेका विभिन्न पेशा तथा व्यवसायमा रहेका सम्पूर्ण तह र तप्कालाई सँगै हिंडाउनु पर्ने आवश्यकता छ । वृहत्तर संयुक्त जनआन्दोलनले मात्र राजाको प्रतिगमनलाई पराजित गर्न सक्छ । आन्दोलनप्रति अत्यन्त इमान्दार, जुझारु र यसको सफलताको लागि लागिपरेका सबैका अगाडि बृहत्तर संयुक्त जनआन्दोलनका बाधक बनेका चिन्तन तथा प्रवृत्तिलाई चिन्हीत गर्नु र पराजित गर्नु अहिलेको चुनौतिपूर्ण कर्तव्य हो । कुनै पनि नाममा प्रकट हुने संकीर्णता आन्दोलनको विजयका लागि बाधक हुने कुरा बुझ्नै पर्छ । 
 नेपालमा अहिले चलिरहेको प्रजातान्त्रिक आन्दोलनले विदेशी मित्रहरुको ऐक्यबद्धतालाई राम्ररी आर्जन गर्न सक्नुपर्छ । जनताको प्रजातान्त्रिक अधिकार खोस्न उद्यत प्रतिगमनकारीहरु कतिपय भ्रमहरु सिर्जना गर्न सक्छन् । प्रजातन्त्रकै दुहाइ दिने कतिपय विदेशी शक्तिहरु यस्तो बेलामा आफ्ना राष्ट्रिय स्वार्थका आँखाले मात्र सबैथोकलाइ हेरिरहेका हुन सक्छन् । प्रजातान्त्रिक आन्दोलनका उद्देश्य , माग, नारादेखि लिएर यसले बोकेका अग्रगामी सन्देशहरुलाई पनि राम्ररी सम्प्रेषित गर्न सक्नु पर्दछ । वैदेशिक ऐक्यबद्धता र वैदेशिक निर्भरता एउटै कुर होइनन् भन्ने कुरालाई जनतासम्म पु¥याउन सक्नुपर्दछ । 
 प्रतिगमन विरोधी प्रजातान्त्रिक आन्दोलनमा चाहे अनुसार कै जित प्रजातन्त्रका पक्षधर पार्टीहरुले प्राप्त गर्न सक्छन् सक्दैनन् भन्ने कुरा माथिका विषयमा उनीहरुको उन्नत चेतना र कुशलतापूर्वक निर्णयमा भर पर्दछ ।

२०६०÷११÷१

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0