जनताको बहुदलीय जनवादलाई कसरी बुझ्ने ?

१. जनताको बहुदलीय जनबाद र यसको ऐतिहासिक विकासक्रम 

 - राष्ट्रवाद, मानवतावाद र प्रजातान्त्रिक आन्दोलनको महत्वपूर्ण पृष्ठभूमि र योगदान– देशभक्तिपूर्ण आन्दोलन, असमान सुगौली सन्धीपछि मानवतावाद, सामाजिक सुधारका आन्दोलन र निरंकुश जहानीया राणा शासनविरोधी राजनीतिक आन्दोलनको विकाससँगै विकसित प्रजातान्त्रिक  आन्दोलन ।
- नेपाल कम्युनिष्ट पार्टीको स्थापनासँगै अघि सारिएका विचारहरु –       ‘पहिलो पर्चा’– कम्युनिष्ट पार्टी स्थापनाको घोषणा पत्र, २००८ सालको नगरपालिकाको चुनावमा सहभागिता, २०१५ सालको संसदीय निर्वाचनमा सहभागिता, विघटित संसदको पुनस्र्थापनाको माग, राजनीतिक स्वतन्त्रता–पार्टी स्वतन्त्रताका मागहरु, २०३६÷०३७ सालमा जनमत संग्रहमा सहभागिता, पञ्चायत विरोधी आन्दोलनका लागि पञ्चायती चुनावको जनपक्षीय उपयोग आदि ।
-  तत्कालीन नेकपा (माले)को चौंथो राष्ट्रिय महाधिवेशनमा ‘बहुदलीय प्रतिस्पर्धासहितको जनवादी व्यवस्थाको कार्यक्रम पारित’ ।
- पाँचौं राष्ट्रिय महाधिवेशनमा (२०४९ माघ) ‘जनताको बहुदलीय जनवाद’को रुपमा स्वीकार गरिएको ।
- छैटौं राष्ट्रिय महाधिवेशन (माघ २०५४) मा – ‘माक्र्सवादलाई नेपाली समाजमा सिर्जनात्मक ढंगले प्रयोग गर्ने क्रममा विकसित भएको मौलिक सिद्धान्त’ को रुपमा स्वीकार गरिएको । यसरी स्वीकार गरिरहँदा, यसको विशेषता बारे भनिएको थियो – ‘नेपाली समाजमा संचालित राष्ट्रियता र सामाजिक न्यायका आन्दोलनहरु, प्रजातान्त्रिक तथा कम्युनिष्ट आन्दोलन र पार्टीभित्रै संचालित विचारधाारात्मक संघर्ष र पार्टीभित्रको प्रजातान्त्रिकरणका निम्ति चालिएका प्रयत्न र अन्तर्राष्ट्रिय कम्युनिष्ट तथा समाजवादी आन्दोलनहरुका अनुभवको विश्लेषणमा आधारित छ ।’ सातौं राष्ट्रिय महाधिवेशनले मूलतः त्यही विश्लेषणमा उभिंदै पुनःपुष्टि ग¥यो ।
- आठौं राष्ट्रिय महाधिवेशन (२०६५ फागुन) मा जबजलाई मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार ग¥यो ।

२. जनताको बहुदलीय जनवादका तीन महत्वपूर्ण पक्ष 

 क. सैद्धान्तिक पक्ष – 

- समाजमा आईरहेको उतार–चढाबलाई बुझ्न (नेपाली समाजको संक्रमणकालीन अवस्था– यो अलग र स्वतन्त्र सामाजिक–आर्थिक ढाँचा होइन)
- शक्ति सन्तुलनमा आइरहेकोे परिवर्तनलाई बुझ्न ।
- सामाजिक अन्तरविरोधहरुको विकासलाई बुझ्न (तीनवटा आधारभूत अन्तरविरोध– सामन्तवाद र व्यापक जनताबीचको अन्तरविरोध, दलाल नोकरशाही पुँजीवाद र व्यापक जनताबीचको अन्तरविरोध, र साम्राज्यवाद तथा प्रभुत्ववाद र नेपाल राष्ट्रका बीचको अन्तरविरोध । यी अन्तरविरोधहरुको समाधान गरेर मात्र नेपाली समाज स्वभाविक विकास र रुपान्तरणको प्रक्रियाबाट अघि बढ्न सक्छ) ।
- क्रान्तिका वैचारिक–राजनैतिक सांगठनिक कामहरुलाई अघि बढाउन ।
- पार्टीका कार्यक्रम तथा नीतिहरुलाई तय गर्न ।

 ख. कार्यक्रमिक पक्ष –

- सैद्धान्तिक मार्गदर्शनमा विकसित विषय ।
- समाजको निश्चित ऐतिहासिक अवस्थामा रहेको सामाजिक–आर्थिक ढाँचालाई आमूल परिवर्तन गरी नयाँ र क्रान्तिकारी सामाजिक ढाँचा स्थापना गर्ने कुरा ।
- (क्रान्तिको निश्चित ऐतिहासिक अवस्थाबाट निर्धारित हुन)
- सामाजिक–आर्थिक विकास र वर्गसंघर्षको विकासद्वारा निर्धारित हुने कुरा ।

(पाँचौं महाधिवेशनले अघि सारेको कार्यक्रमका कतिपय पक्षहरुमा परिमार्जन गर्दै समृद्ध बनाउनु पर्ने आवश्यकता छ । यसलाई जबजलाई संशोधन गरेको बुझ्नु हुँदैन ।)
 

ग. कार्यनीतिक कार्यदिशाको पक्ष –

- क्रान्तिको कार्यदिशा र कार्यनीतिहरु जबजको आम सिद्धान्त तथा वस्तुगत–आत्मगत परिस्थितिको विश्लेषणको आधारमा निर्माण गरिने कुरा हुन् ।
- शक्ति सन्तुलनमा आइरहने परिवर्तन अनुरुप परिवर्तन भइरहने विषय हुन् ।

३. जबजले स्थापित गर्न चाहेका केही सैद्धान्तिक मान्यताहरु

- मानव जातिले आर्जन गरेका जीवन्त र मूल्यवान उपलब्धिहरुलाई आत्मसात गरेको र त्यसको जगमा उभिएर माक्र्सवादको रक्षा र विकास गर्न चाहेको,
- सामाजिक नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई आत्मसात गरेको, (समाजको परिवर्तन, विकास र अग्रगतिका लागि)
- परिवर्तनको लागि शान्तिपूर्ण सङ्घर्षका यावत रुप र तरिकाको प्रयोग– बल प्रयोगद्वारा परिवर्तन गर्ने कुरालाई सहज बनाउन चाहेको,
- द्वन्दको अनिवार्यता र सर्वव्यापकताको सिद्धान्तलाई स्वीकार गर्ने मात्र होइन, व्यवहारमै प्रयोग गर्न खोजको,
- जनता नै शक्तिका श्रोत तथा राज्य व्यवस्थाको सार नै जनता र राष्ट्रिको हित एवम् कल्याण हो भन्ने मान्यतालाई स्वीकार गरिएको । यही मान्यताको आधारमा राज्यसत्तालाई प्रजातान्त्रिक ढङ्गले सङ्गठित र परिचालित गर्न चाहेको,
- देश, काल, परिस्थिति अनुसार स्थापित मूल्य र मान्यताहरु बदलिन्छन् र परिमार्जित हुन्छन् भन्ने मान्यताका आधारमा नेपाली समाजको विशेषता र विशिष्ठतालाई अघि बढाउन खाजेको,
- सबैखाले विशेषाधिकारको अन्त्य गर्दै वर्ग, व्यक्ति, पार्टी र संस्था सबैलाई संविधानको अधिनस्थ राख्ने र कानुनको शासन संचालन गर्न खोजको,
- एक्लो ‘वीर’ बन्ने मान्यतालाई अस्वीकार गर्दै प्रतिस्पर्धा र पहलकदमीको प्रणालीलाई स्थापित गर्न चाहेको,
- शक्तिको अतिकेन्द्रीकरणको विरोध– शक्ति पृथकीकरण र विकेन्द्रीकरणको सिद्धान्तलाई अवलम्बन गर्न खोजको,
- ‘निषेधको निषेध’ सम्बन्धी द्वन्दात्मक भौतिकवादी दार्शनिक अवधारणालाई गहिराइका साथ आत्मसात गर्र्दै गतिशील बस्तुको पतनशील पक्षलाई छोडेर सुस्थीर पक्षलाई अघि बढाउने सन्तुलनकारी मान्यतालाई अघि सारेको,
- विश्व परिस्थितिमा आएको परिवर्तन अनुरुप कम्युनिष्ट आन्दोलनलाई राष्ट्रिय स्वाधीनता र सामाजिक मुक्ति आन्दोलनसँग गाँसेर अघि बढाउन चाहेको,
- राष्ट्रवाद, मानवतावाद र जनवादलाई नेपाली समाजको विशेषता र विशिष्टता अनुरुप अघि बढाउन चाहेको   
         
४. लोकतान्त्रिक गणतन्त्र र जबज बीचको अन्तरसम्बन्ध 

- जबज नेपाली मौलिक क्रान्तिको आम लक्ष्य, लोकतान्त्रिक गणतन्त्र तत्कालीन र विशिष्ट लक्ष्य
- जबजले नेपाली समाजका आधारभूत अन्तरविरोधहरुको छिनोफानो गर्छ, लोकतान्त्रिक गणतन्त्रले वर्तमान प्रधान अन्तरविरोधलाई हल गर्छ र आधारभूत अन्तरविरोधहरुलाई हल गर्ने आधार फराकिलो पार्दछ ।
- लोकतान्त्रिक गणतन्त्र जबजको आम कार्यदिशालाई क्रान्तिकारी ढंगले लागु गर्ने प्रयत्नको उपज हो – लोकतान्त्रिक गणतन्त्र जबजको अभिन्न अंग हो ।
-  लोकतान्त्रिक गणतन्त्र जबजको सामान्य मात्र नभएर एउटा उन्नत अङ्ग पनि हो । त्यसले जबजका सामान्य सिद्धान्तहरु लागु गर्न विशिष्ट मार्ग प्रशस्त समेत गर्दछ ।
- लोकतान्त्रिक गणतन्त्र र जबजको महत्व ।
-  लोकतान्त्रिक गणतन्त्रले जबजको सिद्धान्तलाई विकास गर्दछ र सम्वृद्ध पार्दछ ।
- लोकतान्त्रिक गणतन्त्रले राजतन्त्र उन्मूलनलाई तत्कालीक र कार्यनीतिक लक्ष्य । यसले जबजको लक्ष्यलाई साकार गर्न विशिष्ट रुपमा निर्देशित गर्दछ ।
- लोकतान्त्रिक गणतन्त्रलाई क्रान्तिकारी ढंगले र पूर्णताका साथ लागु गरेको खण्डमा त्यसले नेपाली समाजका आधारभूत अन्तरविरोध र क्रान्तिको स्वरुपमा समेत परिवर्तन ल्याउन सक्दछ । यसले स्वयं जबजको कार्यक्रमलाई समग्र रुपले नै सम्वृद्ध बनाउनु पर्ने आवश्यकता समेत उत्पन्न हुन्छ । 

५. पार्टी निर्माणमा जबजका मूल अवधारणा

 क. खुला भएर प्रतिस्पर्धामा कम्युनिष्ट पार्टी उत्रिन सक्नु पर्छ

 ख. कम्युनिष्ट पार्टी राजनीतिक पार्टीको रुपमा निर्माण हुनुपर्छ

 ग. कम्युनिष्ट पार्टी निर्माणमा संसदीय र असंसदीयको भ्रमबाट मुक्त हुनु पर्छ
- परिस्थिति अनुसार संघर्ष र कामका कुनैपनि विधि तथा तरिकालाई प्रयोग गर्न सक्ने ।
- आफ्ना घोषित तथा निर्धारित उद्देश्य प्राप्तिका लागि आवश्यकता अनुसार जस्तोसुकै बाटो पनि अख्तियार गर्न सक्ने ।
- ‘श्रमजीवी वर्गभित्र कै अन्य राजनीतिक संगठनहरु वा गैह्र श्रमजीवी वर्गका पनि राजनीतिक संगठनहरु छन् भने तिनीहरुसँग राजनीतिक रुपमा प्रतिस्पर्धा गर्न सक्ने’   /
     
घ. जनताले पार्टी तथा नेताहरुका गुण–अवगुणको मूल्यांकन गर्न पाउनु पर्दछ ।      

ङ. अनुशासित र कमिटी प्रणालीमा राम्ररी संस्थात गरिएको कम्युनिष्ट पार्टीले मात्र प्रतिस्पर्धामा  श्रेष्ठता हासिल गर्न सक्दछ ।        
     
च. जनताको बहुदलीय जनवादको कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्तको झण्डालाई माथि  उठाउनु पर्दछ ।

६. जबज– कार्यान्वयन र समीक्षा

    क. प्रतिस्पर्धाको राजनीति र देखिएका परिणाम

- बाह्य प्रतिस्पर्धा– मूलत उपलब्धीपूर्ण 
- आन्तरिक प्रतिस्पर्धा– थप नियमित र व्यवस्थित बनाउनु पर्ने । (कसरी स्वस्थ प्रतिस्पर्धाको सिमाभित्र नियमित बनाउने ? विशेष नीति र योजनाको आवश्यकता छ )

ख. वैचारिक– राजनीतिक हिसाबले पार्टी निर्माणको विषय

- कम्युनिष्ट पार्टी एउटा राजनीतिक पार्टी 
- राज्यसंचालन गरिरहेको बेला कम्युनिष्ट पार्टी निर्माणमा देखिएका वा देखिने गरेका समस्यालाई कसरी हल गर्ने ? (खासगरी विचार, विन्यास र आचरणको क्षेत्रमा देखिएका समस्या)     

   ग. संसदीय–असंसदीय क्षेत्रभित्रको पार्टी काम कसरी ? नीति, विधि र योजना के ?

   घ. नेताहरु जनअनुमोदन भइरहनु पर्ने विषय

- पार्टीभित्र जनअनुमोदित भइरहनु पर्ने विषय, अनेक वैधानिक विधि र व्यवस्था हुन सक्छन्, हामीले अहिलेसम्म गर्दै आएका अभ्यास
- अहिलेसम्म पार्टीभित्रको निर्वाचन प्रणाली– वैधानिक व्यवस्था, के अब त्यही कायम रही रहन सक्छ वा उचित हुन्छ ?
- बाह्य वा जनअनुमोदन कसरी ? (अहिले भइरहेको प्रचलित अभ्यास के पर्याप्त छ ? सबै नेताले जनताबाट अनुमोदित भइरहनु पर्ने कुरालाई कस्तो विधिद्वारा अगाडि बढाउने ?)

  ङ. संगठनात्मक सिद्धान्त

- औपचारिक र अभ्यासमा रहेको प्रचलित लेनिनवादी संगठनात्मक सिद्धान्त
- पार्टीभित्रको सांगठनिक जीवनमा प्रतिस्पर्धाको अभ्यासलाई कसरी सहज बनाउने ?
- पार्टी जीवनको प्रजातान्त्रिकरण– कसरी अगाडि बढाउने ?

  च. जबज र कार्यकर्ता नीति

-  नेता र कार्यकर्तासम्बन्धी बुझाई
-  कार्यकर्ताको परिभाषा के ?
- अबको कार्यकर्ता नीति कस्तो हुने ? (पार्टीको राजनीतिक कार्यदिशाद्वारा निर्देशित हुनुपर्ने)

  छ. विकसित नयाँ परिस्थितिमा आएका महत्वपूर्ण कार्यसूचिहरुको सम्बोधन

- लोकतान्त्रिक गणतन्त्र
- राज्यको पुनर्संरचना
- संघीय शासन
- समावेशी लोकतन्त्र

 ज. मार्गदर्शक सिद्धान्त

- के भन्दै आएका हौं ?
- अहिले के भन्दै छौं ? (यससम्बन्धी स्पष्टता आवश्यक छ)

  झ. क्रान्तिसम्बन्धी अवधारणा

- घटना वा प्रक्रिया के हो ?
- आमूल परिवर्तनसम्बन्धमा जबजको परिभाषा

७. जबजको सम्वृद्धि– कसरी ?

- जबजका सर्वकालिक तथा तात्कालिक विषयहरु किटान गर्ने ।
- अप्रासांगिक बनेका विषयहरुलाई अध्यावधिक गर्ने ।
- जबजको दृष्टिकोणमा आधारित भएर अहिले विकसित नयाँ विषयलाई सम्बोधन गर्ने ।
- जबजलाई गतिशील, वैज्ञानिक विचारको रुपमा विकसित गर्दै अगाडि बढाउने ।

२०६७ असारमा तयार पारिएको ।

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0