वर्तमान राजनीतिक परिस्थिति र केही मूलभूत विषयहरु

१. संक्रमणकाल के हो ? यसलाई कसरी बुझ्ने ? 
 

 राजतन्त्रबाट गणतन्त्रको घोषणा गरियो, तर त्यसले राम्ररी खुट्टा टेकेर हिड्न सकेको  छैन ।
 केन्द्रीकृत शासन प्रणालीको अन्त्य गरेको घोषणा गरियो र संघात्मक शासन प्रणालीलाई स्वीकार गरियो तर कस्तो हुन्छ यसको नेपाली अनुहार – किटान हुन सकेको छैन !
 माओवादी सिद्धान्तबाट निर्देशित हिंसात्मक विद्रोह अन्त्य भएको घोषणा गरियो र शान्ति प्रक्रियाको प्रारम्भ त गरियो, तर त्यसको टुङ्गो लागिसकेको छैन ।
 आर्थिक–सामाजिक रुपान्तरणको घोषणा त गरियो, तर पार्टीहरु तथा राज्यका गतिविधिहरु यथास्थिति कै गोलचक्करमा फँसिरहेका छन् ।

सारमा, पुरानो मान्यता, संरचना, संस्था, प्रणाली भत्केका छन् तर नयाँ र अग्रगामी मान्यता, संरचना, संस्था र प्रणालीहरु संस्थागत भईसकेका छैनन् !

- संक्रमणकाल – असहज र पीडादायी अवस्था ।
- संक्रमणकालको असहज र पीडादायी अवस्थाले मुलुकको राजनीति, अर्थतन्त्र, सामाजिक–शैक्षिक–सांस्कृतिक जीवन नराम्ररी प्रभावित । नागरिकहरुका व्यक्तिगत जीवन पनि   यसबाट प्रभावित ।
- संक्रमणकाललाई जति सकिन्छ चाँडो अन्त्य गर्नु अहिलेको प्रमुख राजनीतिक कार्यभार हो ।
- यसको लागि शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउने र नयाँ संविधान बनाउने कुरालाई ‘अर्जुन दृष्टि’ बनाउनु पर्छ ।

 

२. सहमतीय राजनीति– आवश्यकता र औचित्यता 
 

क. सहमतीय राजनीतिको औचित्य किन ?
 

- यतिबेला सबैले मुलुकमा सहमतीय राजनीतिको आवश्यकतालाई स्वीकारेका छन् । सहमतीय राजनीति रािष्ट्रय उद्घोष बनेको छ ।
- सहमतीय राजनीति के का लागि ? अर्थात्, भनिएको सहमतीय राजनीतिका अन्तरतत्वहरु के हुन् ? शान्ति, लोकतन्त्र र अग्रगमन – यिनै विषय अहिले भनिएको सहमतीय राजनीतिको अन्तरतत्व हुन् । यी अन्तरतत्व छुट्टाछुट्टै भएर पनि अन्तरसम्बन्धित पनि छन् । शान्ति, लोकतन्त्र र अग्रगमन एक अर्काका परिपूरक हुन् । हिंसा र अशान्तिले लोकतन्त्र सुदृढ हुन सक्दैन । कुनैपनि नामको अशान्ति र अराजकतामा लोकतन्त्र सुदृढ हुनै सक्दैन । लोकतन्त्रमा मात्र शान्ति सुनिश्चित हुन सक्छ । शान्ति र लोकतन्त्र भयो भने मात्र अग्रगमन सुनिश्चित हुन सक्छ । त्यसैले यी छुट्याउनै नसकिने गरी अन्तरसम्बन्धित पनि छन् । 

 

ख. सहमतीय राजनीति र यसका आधारहरु
 

- नेपाली समाजको विशेषता – अल्पसंख्यकहरुको देश ९ऋयगलतचथ या ःष्लयचष्तष्भक० भएका कारण । यही सामाजिक विशेषतामा आधारित भएर सहमतीय राजनीतिको अपरिहार्यता ।
- नेपालका राजनीतिक पार्टीहरुको इतिहासले दिएको महत्वपूर्ण शिक्षा र अनुभवको आधारमा सहमतीय राजनीतिको आपरिहार्यता ।
- राजनीतिमा देखापरेका दुई किसिमका अतिवाद–उग्रवामपन्थी अतिवाद–त्यसबाट निर्देशित हिंसात्मक गतिविधि तथा दक्षिणपन्थी – यथास्थितिवादी चिन्तन तथा व्यवहारका कारण मुलुकमा ठहराव, गतिरोध, मुठभेड र शंकट आइपरेको । राष्ट्रलाई शंकटबाट बचाउन दक्षिणपन्थी यथास्थिति होइन– अग्रगामी परिवर्तन तथा उग्रवामपन्थी अतिवाद र त्यसबाट निर्देशित हिंसात्मक विद्रोह होइन– शान्तिपूर्ण प्रतिस्पर्धा र परिवर्तनको बाटोका सहमतीको राजनीति ।
- अहिले नेपाली जनताका महत्वपूर्ण कार्यसूचिका लागि – अर्थात ‘शान्ति र संविधानका लागि सहमतीको राजनीति’ ।

 

ग. कहिलेदेखि औपचारिक प्रारम्भ ?
 

- ‘१२ बुँदे’ समझदारी (२०६२ मंसिर ७ गते)
- अहिलेसम्म सहमतीको राजनीतिक यात्रा जारी

 

घ. सहमतीको राजनीति – स्थिति र समस्या
 

- बृहद् राजनीतिक संश्रय – सन्तुलनको राजनीति – राष्ट्रिय अपरिहार्यता ।
- विसंगतिपूर्ण विचारसित जुधेर मात्र यो राजनीतिक अपरिहार्यता पुरा गर्न सकिन्छ ।
- उग्रवामपन्थी अतिवाद –अराजकता तथा दक्षिणपंथी यथास्थितिवादी चिन्तन तथा व्यवहारको नीतिगत र प्रभावकारी खण्डन गरेर मात्र यसलाई अगाडि बढाउन सकिन्छ । 

 

क. अहिले उग्रवामपंथी अतिवादको खण्डन प्रतिवाद के मा केन्द्रीत हुनुपर्छ ?


 हिंसाको नीतिमा निरन्तरता ।
 कब्जाको राजनीतिमा निरन्तरता –विधि र प्रक्रियामा आउन नचाहने, त्यसको पालना नगर्ने) ।
 नागरिक–राजनीतिक पार्टी बन्ने कुरामा कमजोर प्रतिबद्धता ।

 

ख. दक्षिणपंथी यथास्थितिवादी चिन्तन, प्रवृत्तिको खण्डन– प्रतिवाद के मा केन्द्रीत हुनु पर्छ ?


 बृहद राजनीतिक संश्रयको सट्टा कथित प्रजातान्त्रिक मोर्चाको पक्षमा उभ्याउने प्रयत्न गर्नु – दक्षिणपंथी शाक्तिहरुलाई गोलबन्द गर्ने प्रयत्न गर्नु ।
 विगतमा आन्दोलनका बलमा स्थापित भएका अग्रगामी विषयहरुलाई कमजोर बनाउन चाहनु ।
 मुलुकलाई अहिलेको अवस्थाबाट पछाडि फर्काउने प्रयत्न गर्नु ।

- शान्तिका लागि, नयाँ संविधानका लागि र राष्ट्रिय एकताका लागि राष्ट्रिय सहमतीको आवश्यकता । यसका लागि जुनसुकै विकल्पमा जान सबै राजनीतिक सम्बद्ध पक्षहरुसित संवाद गर्न एमाले तयार ।

१. विस्तृत शान्ति सम्झौतामा गरिएका प्रतिबद्धता अनुसार शान्तिप्रक्रियासित गाँसिएका विषयहरु पुरा गर्न नयाँ चरणमा प्रतिबद्धताको आवश्यकता, खासगरी माओवादी लडाकुहरुको पुनःस्थापना र समायोजन सम्पन्न गरी शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउन ।
२. अन्तरिम संविधानबाट निर्धारित नयाँ संविधान घोषणा गर्ने राष्ट्रिय संकल्प पुरा  गर्न ।
३. माओवादी नागरिक पार्टीमा रुपान्तराण नभई अरुले विश्वास नगर्ने भएकाले कब्जा सम्पत्ति फिर्ता, अर्धसैनिक संरचना भंग, समानान्तर सत्ताको खारेजी, शान्तिपूर्ण राजनीतिक गतिविधिमा ठोस प्रतिबद्धता व्यक्त गरी नागरिक पार्टीमा रुपान्तरण हुने वातावरण बनाउन ।
४. माथिका कार्यसम्पन्न भएपछि राष्ट्रिय सहमतिको वातावरण बन्ने र त्यसपश्चात साझा निस्कर्ष निकाल्दै मुलुकलाई संकटबाट निकास दिन ।
- यिनै विषयहरु पुरा गर्न योजनाबद्ध परिचालनको आवश्यकता ।

 

३. आठौं राष्ट्रिय महाधिवेशनका विशेषता


१. लोकतान्त्रिकरणको दिशामा विचार अनुसारको सांगठनिक व्यवहारको प्रारम्भ ः


- पार्टी सदस्यहरुको सर्वोच्चता – पार्टीको नीति, विधि र नेतृत्व निर्माणमा पार्टी सदस्यहरुको अधिकारलाई अखण्डित र अक्षुण्ण राखिएको । (राष्ट्रिय प्रतिनिधिको परिषद्को व्यवस्था । यसले केन्द्रीय कमिटीका एक तिहाइ सदस्यहरु फेरबदल गर्न सक्ने र पार्टी विधानको समेत संशोधन गर्न सक्ने ।)
- पार्टी नेतृत्वमा नियन्त्रण र सन्तुलनको व्यवस्था (महाधिवेशनले केन्द्रीय कमिटी मात्र होइन– केन्द्रीय अनुशासन आयोग, लेखा परिक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र राष्ट्रिय प्रतिनिधि परिषद्को व्यवस्था ।)
- पार्टी कमिटी र नेतृत्व – मनोनित होइन निर्वाचित ।        मनोनयन किटानी, छनौटपूर्ण र क्षेत्र आधारित ।
        - निर्वाचित कमिटीमा ।
        - माथिल्लो कमिटीद्वारा पदेनहरुको संख्याको बढीमा ....
        - प्रतिनिधि परिषदमा ...
       - अधिवेशनहरुमा ...
- पार्टी सम्बद्ध संगठनहरुको परिचालन
- सरोकारवाला, संगठनहरुको परिचालन
- स्वतः प्रतिनिधि व्यवस्थाको अन्त्य
- पार्टीभित्र फरक मतको सम्प्रेषण

 

४. आठौं राष्ट्रिय महाधिवेशनपछि पार्टीको स्थिति के हो ?


 राष्ट्रिय राजनीतिको तरलताको प्रभाव, 
 लोकतान्त्रिकरणको नयाँ प्रतिबद्धता अनुसारको अभ्यासको प्रभाव  

 

५. पार्टीभित्र देखापरेका समस्या के हुन् ?


 अन्तरविरोध र प्रधानअन्तरविरोधलाई चिन्हित गर्ने, त्यसका विरुद्धमा केन्द्रीत हुने कुरामा समस्या –
 वर्गीय अन्तरविरोध र वैचारिक संघर्षको विषय ।
 विकसित परिस्थितिमा पार्टीभित्रको व्यवस्थापनमा समस्या –
 विचारको व्यवस्थापन
 सांगठनिक कामको व्यवस्थापन
 कार्यशैलीको व्यवस्थापन

 

६. नेकपा (एमाले)को विकासक्रम र अहिलेको चुनौती


- यसको ऐतिहासिकतालाई बुझ्नु पर्छ ।
- प्रधान अन्तरविरोधको किटानी– शत्रुभित्र छट्याउने कुरामा मूलतः सही अडान ।
- आफूभित्र उत्पन्न हुने अव्यवस्थालाई व्यवस्थापन गर्ने कुरामा मूलतः योग्यताको प्रदर्शन 
- परिवर्तित सन्दर्भमा प्रधान अन्तरविरोध को सित ? प्रधान शत्रु र प्रहारको निशाना ।
- आफैभित्र देखापरेका अव्यवस्थालाई कुशलताका साथ व्यवस्थापन गर्नुपर्ने ।
- अबको पार्टी कामलाई सामाजिक–आर्थिक कामसित गाँसेर मात्र अघि बढ्नु पर्छ,  शीप र कौशलसित गाँसेर अगाडि बढाउनु पर्छ ।

 

७. कार्यकर्ता नीति कस्तो हुनुपर्छ ?


- पार्टीको राजनीतिक कार्यदिशाबाट पार्टीभित्रको जीवनशैली र कार्यशैली प्रभावित र निर्देशित हुन पुग्छ । कार्यकर्ता नीति पनि त्यसैबाट निर्देशित हुन्छ ।

 

८. पार्टीभित्र नेतृत्व निर्माणको प्रश्न 


   विचारको नेतृत्व, विधानको नेतृत्व
   लोकतान्त्रिक विधि 
   पुस्ताहरुको कुशल संयोजन


९. पार्टीको कार्यभार


- सहमतीको राजनीतिक यात्रामा प्रभावकारी भूमिका खेल्नु पर्ने ।
- शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउनु पर्ने ।
- नयाँ संविधान निर्माणमा जोड दिनु पर्ने
- राष्ट्रिय एकतालाई कायम गर्ने ।
- यसको लागि, पार्टी एकतालाई सुदृढ बनाउनु पर्ने ।


– असार, २०६७

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0