पार्टी’ स्थापना दिवस

कम्युनिस्ट आन्दोलनको समस्याः आत्मकेन्द्रित व्यक्तिवाद

 

– ईश्वर पोखरेल

 

कम्युनिस्ट आन्दोलनका बितेका ६० वर्षलाई फर्किएर हेर्दा यसले प्राप्त गरेका महत्वपूर्ण उपलब्धिहरुलाई देख्न सक्नुपर्छ । यो आन्दोलनमा लागेका नेता–कार्यकर्ताहरु अर्थात् यस आन्दोलनका विद्यार्थीहरुबाट गल्ती कमजोरीहरु पनि भएका छन् । यस किसिमले समीक्षा गर्न सकिएन भने कम्युनिष्ट आन्दोलनलाई गन्तव्यसम्म पु¥याउन कठिनाई हुनेछ । साथै, कुनै न कुनै किसिमको अतिवादबाट प्रभावित भइरहने छ, र त्यसैका कारण कम्युनिष्ट आन्दोलनले सही दिशा समाउन नसक्ने दुःखद प्रसङ्गहरुको पुनरावृत्ति भईरहने छ । त्यसैले, कम्युनिष्ट पार्टीको स्थापनाको दिनलाई कम्युनिष्ट आन्दोलनले प्राप्त गरेका उपलब्धिप्रति गौरव गर्ने दिनका रुपमा मात्र नभई यो दिनलाई हामीले कति कमजोरी ग¥यौं, त्यसका बारेमा हिम्मतका साथ बोल्ने र समीक्षा गर्ने दिनका रुपमा लिनु पर्छ ।

 

कम्युनिस्ट आन्दोलनका बितेका दिनलाई सम्झना गर्दा हामीले आफ्नो भूमिकालाई जस्ताको तस्तै हेर्न सक्नुपर्छ । २००७ सालको परिवर्तन यस्तो परिवर्तन थियो– जहा“ हामी नेपालका कम्युनिस्टहरूलाई केबल सहयोगीका रूपमा उभ्याईएको थियो । त्योे भूमिकामा रहेर नेपालका कम्युनिस्टहरूले आफ्नो ठाउ“बाट योगदान पु¥याए । ००७ सालको परिवर्तनबाट सामन्तवादको प्रतिनिधित्व गर्ने एउटा पारिवारिक शासनको अन्त्य भएको थियो । नेपालका कम्युनिस्टहरू त्यस आन्दोलनमा सहयोगी भएर ऐतिहासिक उपलब्धि प्राप्त गरेका थिए । ०४६ को ऐतिहासिक आन्दोलनमा हामी कम्युनिस्टहरूको सह–नेतृत्वको हैसियतमा संलग्नताले निरङ्कुशतालाई पराजित गरेको थियो र जनताका महत्वपूर्ण र ऐतिहासिक उपलब्धिका रूपमा अधिकारहरू प्राप्त गरेको थियो ।

 

०६२÷०६३ को आन्दोलनलाई फर्किएर हेर्दा हामीले गर्वका साथ भन्नुपर्छ, त्यसको एउटा निर्णायक ठाउ“मा हामी कम्युनिस्ट रह्यौं । अर्थात्, कम्युनिस्टहरुको नेतृत्वदायी भूमिका थियो । हाम्रो त्यही महत्वपूर्ण र निर्णायक भूमिकाको आधारमा ०६२÷०६३ को जनक्रान्तिमा जित हासिल भएको थियो । नेपाल कम्युनिस्ट पार्टीले सहयोगी भूमिकाको ठाउ“बाट आफूलाई उभ्याउँदै एउटा नेतृत्वदायी भूमिकामा आफूलाई पु¥याएको थियो । ६० वर्षको विगतलाई गर्वका साथ सम्झना गर्दा इतिहासका यी कालखण्ड र प्रसङ्गहरूलाई सम्झिनुपर्छ ।

 

२०६२÷०६३ को शान्तिपूर्ण जनक्रान्तिको विशेषता बोकेको जनआन्दोलन कम्युनिस्ट पार्टीको निर्णायक भूमिका र गणतन्त्रको स्थापना तथा सामाजिक–आर्थिक रूपान्तरणका ऐतिहासिक कार्यभारहरू सम्पन्न गर्ने अठोटका साथ सम्पन्न भएको थियो । त्यो अठोट गरिरह“दा हामी कम्युनिष्टहरु मात्रै थिएनौं, विगतका विभिन्न कालखण्डमा यथास्थितिको पक्षपोषण गर्दै आएको शक्ति नेपाली काङ्गे्रस पनि थियो, जसलाई धेरै हदसम्म अग्रगामी परिवर्तनको पक्षमा तान्न सफलता प्राप्त भएको थियो । हामी नेपालका कम्युनिस्टहरू इतिहासको त्यो कालखण्डबाट उठ्दै–उठ्दै यो ऐतिहासिक भूमिका पूरा गर्ने ठाउ“मा आइपुगेका थियौं । यदि हामी कम्युनिस्ट आन्दोलनका विद्यार्थीहरूले विगतका हाम्रा ती गौरवपूर्ण दिन, भूमिका र योगदानहरूलाई ठीक ढङ्गले सम्झन सक्दैनौं र त्यसप्रति धारे हात लगाएर निराशाको ठाउ“मा पुग्छौं भने आउने दिनमा हामी आफ्नो भूमिकालाई कसरी सुनिश्चित गर्न सकौंला ?

 

कम्युनिस्ट आन्दोलनका बारेमा चर्चा गरिरह“दा आन्दोलनका क्रममा भएका गल्ती–कमजोरीको समीक्षा गर्ने आँट गर्नैपर्छ । कम्युनिस्ट पार्टी गम्भीर खालका कमजोरीको सिकार भएको कुरा हाम्रो विगतले पटक–पटक देखाएको छ । हामी कम्युनिष्टहरुले पटक–पटध धक्का पनि खाएका छौं र नोक्सानी पनि व्यहोरेका छौं भन्ने कुरा भुल्नु हुँदैन । कम्युनिस्ट आन्दोलनमा लाग्दा हामीले जडसूत्रवादी भएर आफूलाई प्रस्तुत गर्ने काम पटकपटक ग¥यौं । जडसूत्रवादले माक्र्सवादको सिद्धान्तको पक्षपोषण गर्ने नाममा खुट्टाको नापमा जुत्ता खोज्ने होइन, जुत्ताको नापमा खुट्टा काट्ने मूर्खतापूर्ण काम गराउन अभिप्रेरित गर्छ । यसरी सिद्धान्तलाई जस्ताको तस्तै प्रयोग गर्न खोज्दा विगतमा अनेक खालका नोक्सानीहरू ब्यहोर्नुपरेको छ ।

 

यसैले हामी कम्युनिष्टहरुको विगत गौरवपूर्ण मात्र होइन, यथेष्ट कमीकमजोरीहरू रहेको विगत पनि हो भनेर स्वीकार गर्न सक्नुपर्छ । विगतमा पटक–पटक हामी आन्दोलनका वाहकहरू जडसूत्रवादको सिकार बनेका छौं । यान्त्रिक रूपमा विदेशी अनुभवहरूको अन्धानुकरण गर्ने र नसुहाउ“दो ढङ्गले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा प्रयोग भएका ‘जार्गन’ हरूलाई यहाँ पनि ‘बुझ्ने’, नक्कल गर्ने र प्रयोग गर्ने कारणले हामीले ठूला नोक्सानीहरू पनि बेहोर्नुपरेको छ ।

 

कम्युनिस्ट आन्दोलनमा आत्मकेन्द्रित व्यक्तिवादले पटकपटक नोक्सान गरेको छ । आफ्नो इच्छाअनुसार पार्टीले निर्णय ग¥यो भने त्यसलाई ‘स्वागत र समर्थन’ गर्ने, इच्छाअनुसार पार्टीले निर्णय गरेन भने त्यस्तो निर्णयलाई ‘मुर्दावाद’ भन्ने पनि यही कम्युनिस्ट आन्दोलनमा नाम चलेका नेताहरूबाट पटक–पटक भएको छ । आज हामीले ६१ वर्षको इतिहासलाई फर्किएर हेर्दा नाम चलेका कतिपय नेताहरूका पटक–पटकका क्रियाकलापका कारण कम्युनिस्ट आन्दोलनले नोक्सानी सहनुपरेको कुरालाई बिर्सन मिल्दैन । आत्मकेन्द्रित भएर व्यक्तिवादको पक्षपोषण गर्दै अगाडि बढ्ने व्यर्थको र हानिकारक कोशिस पटकपटक भएको छ ।

 

लज्जाबोध गर्नुपर्ने कमजोरीहरू पनि यही आन्दोलनभित्र प्रकट भएका छन् । कुन बेलाका कुन पात्रको नाम लिने ? हामीले इतिहासका अनेक कालखण्डमा विभिन्न पात्रहरूलाई भोगेका छौं, देखेका छौं । कम्युनिस्ट आन्दोलन त्यस्ता कारणले आक्रान्त बनेको छ, नोक्सानी सहनुपरेको छ । कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सम्मानित नेताहरूलाई कुनै अनुचित मनसायबाट सम्झिनुपर्ने जरुरी छैन । तर हाम्रो विगतको कटु यथार्थलाई पनि बिर्सनु हुँदैन । व्यक्तिवाद कम्युनिस्ट आन्दोलनभित्र देखापर्ने निम्नपु“जीवादी प्रवृत्ति हो । जो सानो मात्राको उत्पादन सम्बन्धमा सीमाबद्ध रहेको छ । कम्युनिष्ट आन्दोलनमा लागेर मानिसहरू जब एउटा प्रतिष्ठाको स्थिति र शिखरमा पुग्छन्, त्यहा“ पुगेपछि कतिपयले आफ्नो इच्छाअनुसार फैसला नहु“दा संस्थाले गरेका ती निर्णयहरूलाई उल्टाउने र त्यसको धज्जी उडाउने काम गरेका छन् । अराजकताको वाहक बनेका छन् । हामीले पटकपटक यो भोगेका छौं, सहेका छौं । विगतमा यसकारणले पनि ठूला नोक्सानीहरू सहनुपरेको छ । त्यसैले, आज कम्युनिस्ट आन्दोलनको श्रीबृद्धिमा लागेका हामीले जडता होइन, गतिशीलताको पक्षमा छौं भनेर प्रमाणित गर्नुपर्दछ । जडता हाम्रो लागि स्वीकार्य हुन सक्दैन । हामी सूत्रहरूको रुपमा मात्र होइन, जीवनलाई सम्बोधन गर्ने विज्ञानको आधारमा सिद्धान्तलाई अगाडि बढाउन चाहन्छौं । हामीले आफूलाई यान्त्रिकता होइन, पद्धतिद्वारा निर्देशित भएको एउटा सुसङ्गठित र अनुशासित राजनीतिक संगठनका सदस्यको रुपमा प्रमाणित गर्नु जरुरी छ । र, यो काम पटक–पटक गरिरहनु पर्छ । हामी हिजोको होइन, अहिलेको सन्दर्भमा पनि यान्त्रिकताको सिकार हुन्छौं भने कम्युनिस्ट आन्दोलनको विकास र सम्बद्र्धनका लागि योगदान गर्न सक्ने छैनौं ।

 

हामी गतिशीलता र विज्ञानसम्मत निष्कर्षहरूको पक्षमा हुनैपर्छ र पद्धतिसङ्गत ढङ्गले अगाडि बढ्ने कोशिस गर्नैपर्छ । यो कुरा केवल अभिव्यक्ति र भाषणमा मात्र होइन, हाम्रो जीवन पद्धतिमा नै प्रमाणित गर्नुपर्छ । पार्टीका हरेक नेताहरू र जिम्मेवार व्यक्तिहरूले यो कुरा आफ्नो जीवनमा लागू गर्ने कि नगर्ने ? प्रत्येक नेता–कार्यकर्ताका लागि यो अहम् प्रश्न हो ।

 

अहिले हाम्रो बीचमा एउटा छलफल चलिरहेको छ, नेपालको कम्युनिस्ट आन्दोलनको मुख्य खतरा के हो ? हामीले प्रचलित ढङ्गले भन्दै आएका छौं– दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी अतिवाद । तर, नेपालको कम्युनिस्ट आन्दोलनमा आजको मुख्य खतरा उग्रवामपन्थी अतिवाद नै हो । यो कुरा हामीले बोल्न सक्नुपर्दछ । माओवादीलाई कित्ताकाट गर्ने हिसाबले हामीले यो कुरा भनेको होइन । जब विचारको लडाइ“ गर्छौं भने उग्रवामपन्थी अतिवादको बारेमा बोल्नुपर्छ कि पर्दैन ? उग्रवामपन्थी अतिवादसित सम्झौता गरेर, एउटा क्रान्तिकारी पार्टी हो भन्ने भावनाबाट, एउटै पार्टी हौं भन्ने भावनाबाट ओतप्रोत भएर विचारको तहमा ऊसितको लडाइ“मा हामीले आफूलाई अगाडि बढाउन सक्दैनौं । उग्रवामपन्थी अतिवादलाई विचारको लडाइ“मा पराजित गरेर मात्रै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन सकिन्छ । यदि हामीले विचारमा तुष्टीकरणको नीति अपनाउ“दै गयौं भने, उग्रवामपन्थी अतिवादसित सिधा सम्झौता ग¥यौं भने हामी समाप्त हुनेबाहेक अर्को कुनै बाटो रह“दैन । त्यसैले उग्रवामपन्थी अतिवाद विचारको तहमा लडाइ“ गर्नुपर्ने र प्रहार केन्द्रित गर्नुपर्ने आजको मुख्य विषय हो । वर्गीय अन्तरविरोध प्रधान हो भनेर त्यसमाथि प्रहारको कुरा गरिएको होइन । त्यसका अतिवादी विचार र अतिवादी विचारद्वारा निर्देशित अराजकताका विरुद्धमा सङ्घर्ष केन्द्रित गरिनुपर्छ ।

 

उग्रवामपन्थ कम्युनिस्ट आन्दोलनको निर्णायक विजयको बाटोमा अहिले बाधक बनेर देखापरेको छ । उसको सेना, हतियार, जनाआधार र सङ्गठन विस्तार भएको छ भनेर सतहमा देखिएका ती कुराहरूबाटै हामी प्रभावित नबनौं ! कम्युनिस्ट आन्दोलनमा अहिले पनि मुख्य बाधक बनेर देखापरेको खतरा उग्रवामपन्थी अतिवाद हो । त्यसविरुद्ध विचारको तहमा लडाइ“लाई एउटा निष्कर्षमा नपु¥याउने हो भने हामी जित्न सक्दैनौं । त्यसैले यसमा कहींकतै भ्रम राख्नुपर्ने जरुरी छैन । हामीमध्येकै कतिपय साथीहरूलाई यो कुरा चित्त नबुझ्नसक्छ । हामी कतिपय साथीहरूलाई यो चाहि“ ठीक नलाग्न पनि सक्छ । हामी छलफल र बहसको क्रममा छौं । यो केवल सूत्रीकृत निष्कर्ष मात्रै होइन, यसका पछाडि केही आधारहरू छन्, केही कारणहरू छन् । ती आधार र कारणहरूमा उभिएर कम्युनिस्ट आन्दोलनको मूल खतरा उग्रवामपन्थी अतिवाद हो भनेर भन्न सक्नुपर्छ । यस सन्दर्भमा विर्सनै नसकिने कुरा के हो भने आफुभित्र दक्षिणपन्थी चिन्तन र प्रवृत्ति राखेर, पुँजीवादी शैली र व्यवहारहरुलाई प्रोत्साहित गरेर उग्रवामपन्थी अतिवादसित जुध्न सकिंदैन र त्यसलाई पराजित गर्न सकिंदैन । दक्षिणपन्थी यथास्थितिवादको ‘अनन्य मित्र’ बनेर, वा तीसित मोर्चाबद्ध भएर उग्रवामपन्थी अतिवादलाई पराजित गर्न सकिंदैन ।

 

माओवादीको सन्दर्भमा हामीले किटान गरेर विचारको लडाइ“ लडिरहेको बेला भन्नुपर्ने कुरा के हो भने यतिबेला माओवादी ऐतिहासिक आन्दोलनबाट प्राप्त भएका उपलब्धिहरूलाई संस्थागत गर्न चाह“दैन । यो आरोप होइन, उसका भनाइ र व्यवहारका आधारमा बारम्बार पुष्टि हुँदै आएको तथ्य हो । उग्रवामपन्थी अतिवाद बोकेको माओवादी ऐतिहासिक आन्दोलनबाट प्राप्त भएका उपलब्धिहरूलाई संस्थागत गर्न चाह“दैन । उग्रवामपन्थी अतिवाद आन्दोलनलाई सफल बनाउने कुरामा बाधक छ । परिवर्तनका सीमाहरूलाई त्यसले हमेशा वेवास्ता गर्छ, अनि हिंसा र विद्रोहको पक्षपोषण गर्छ । अहिले पनि हामी प्रचण्डजीका कुरा हुन् या बाबुरामजीका कुरा हुन्, ठूला प्रचण्ड हुन् या साना प्रचण्डहरू हुन्, सबैका बोलीहरूमा यी नै कुराहरु देखिरहेका छौं । हिंसा, विद्रोहको कुरा, अन्तिम लडाइ“, ‘तेस्रो धक्का’ आदि । जिल्ला–जिल्लामा लडाकु तालिमका कुरा हु“दैछन् । खुकुरी तथा अरू हतियार चलाउने तालिमका कुरा हु“दैछन् । यो के हो ? के गर्न खोजेको ? यदि विद्रोहको बाटो हि“ड्न खोजेको हो भने शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिमा किन प्रवेश गरेको हो ? हिंसात्मक राजनीतिको पक्षपोषण गरिरहेको बेलामा खडा गरिएका संरचनाहरु र विकसित गरिएका व्यवहारहरु शान्तिपूर्ण राजनीतिक यात्रामा प्रवेश गरिसकेपछि पनि कसरी सङ्गतीपूर्ण हुनसक्छ ? उग्रवामपन्थी सोचबाट निर्देशित सबै किसिमका विसंगत विचार र व्यवहारहरुको खण्डन र प्रतिवाद गरिनैपर्छ ।

 

अहिले आन्दोलनका सहयात्रीहरूलाई एक्ल्याउने र दक्षिणपन्थी शक्तिहरूलाई सघाउने, अझ ‘प्रजातान्त्रिक शक्तिहरुबीचको मोर्चा’ बनाउनु पर्छ भनेर जोड दिने एकखाले मानिसहरु देखापर्दैछन् । यस्ता मानिसहरु र तिनीहरुका व्यवहारसित होसियार बन्नै पर्छ । कुनै पनि किसिमको भ्रममा पर्नु हुँदैन । आज आन्दोलनका सहयात्रीहरूलाई एक्ल्याउने र प्रकारान्तरले दक्षिणपन्थी शक्तिहरूलाई सहयोग पु¥याउने सोचका साथ केही मानिसहरु आफुलाई क्रियाशील पार्न खोजिरहेका छन् । आज दक्षिणपन्थी शक्तिहरू सल्बलाउन थालेका छन् । कसले तिनलाई मलजल दिइरहेको छ ? कसले आधार दिइरहेको छ ? यस्ता गतिविधिहरुसित गाँसिएका तथ्यहरुलाई निर्मम ढङ्गले सार्वजनिक गर्नैपर्छ । अर्कोतर्फ, जातीयता र क्षेत्रीयताको संवेदनशीलताको उपयोग गरेर आज माओवादीले वर्गीय आन्दोलनलाई किनारामा पार्न खोजिरहेको छ । संविधानसभाको सर्वोच्चतालाई तिलाञ्जलि दिएर स्वेच्छाचारी ढङ्गले ‘स्वायत्त जातीय गणराज्य’हरूको घोषणा गरिएको छ । यिनै अनुत्तरदायी र अराजक कामले मुलुकभित्र रहेका दक्षिणपन्थी शक्तिहरुलाई सहयोग पुगिरहेको छ । यी दुईटा अतिवादको अलग–अलग अवस्थिति भएपनि एक–अर्कालाई सघाइरहेका त छैनन् ? वैचारिक प्रतिवाद गरिरहँदा यो अपवित्र सम्भावनालाई पनि हेक्का राख्नैपर्छ ।

 

शान्ति प्रक्रिया र संविधान निर्माण स“गै गा“सिएका कुरा हुन् । शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउने र संविधान निर्माणकार्य कुनै असल मनसाय भएका व्यक्तिहरूको भाषणको कुरामात्रै होइन र हुन सक्दैन । शान्ति प्रक्रिया निष्कर्षमा पुग्दैन भने संविधान निर्माण तथा त्यसको घोषणा कसरी हुनसक्छ ? शान्ति प्रक्रिया निष्कर्षमा पुग्नु भनेको माओवादी सेनाका लडाकुहरूको समायोजन र पुनःस्थापना हो भन्ने कुरा बुझ्नुपर्छ । १२ बुँदे समझदारी यता अहिलेसम्म भएका सहमती र सम्झौताहरुको इमान्दारितापूर्वक कार्यान्वयन हुनु पर्छ कि पर्दैन ? कब्जा गरिएको सम्पत्ति फिर्ता गर्ने हो कि होइन ? कुन–कुन सामन्तको सम्पत्ति कब्जा गरिएको छ ? माओवादीको विचारस“ग विमति राख्ने सामान्य नागरिकको कब्जा गरिएको सम्पत्ति फिर्ता गरिएको छ ? कब्जा गरेको सम्पत्ति फिर्ता गर्नुपर्छ कि पर्दैन ? ‘वाईसीएल’को नामसँग कुनै आपत्ति होइन । तर हामी त्यसको अर्धसैनिक (व्यारेकीय) संरचनाको पक्षमा हुन सक्दैनौं । शान्तिपूर्ण राजनीति गर्न चाहने कसैले पनि त्यस्ता संरचना बनाउने चाहना राख्नु हुन्न, बनाउन पाइन्न । अहिले अर्धसैनिक संरचना निर्माण गरेर देशमा अराजकता र आतङ्कको स्थिति सिर्जना गरिंदैछ । यदि त्यस्तो हु“दै जाने हो भने शान्ति प्रक्रिया निष्कर्षमा कसरी पुग्छ ? हिजो द्वन्द्वकालमा सेनाले होस् या माओवादीले बेपत्ता पारेका नागरिकको बारेमा लोकतन्त्रपछि पनि राजनीतिक पार्टी र सरकारले बोल्नुपर्छ कि पर्दैन ? त्यसका लागि माओवादी तत्पर हुने कि नहुने ? शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने कुरा संविधान घोषणास“ग अभिन्न रुपमा गा“सिएको छ । माओवादी सरकार चाहियो भनेर भन्दैछ । नेकपा (एमाले) भन्दैछ – राष्ट्रिय सहमती, राष्ट्रिय सहमतीको सरकार ! नेकपा (एमाले) ले पार्टीको तेस्रो केन्द्रीय कमिटीको बैठकबाट सर्वसम्मतरूपमा पारित गरेको थियो– ‘यदि शान्ति र संविधानको प्रसङ्गको कुरा आउ“छ भने माधव नेपालले आधा घण्टामा राजीनामा दिन सक्नुहुन्छ । तर, शान्तिस“ग सम्झौता गरेर, शान्तिलाई बन्धकी राखेर संविधान निर्माण कार्यलाई अनिश्चिततातिर धकेलेर यसो गर्ने कि नगर्ने ? हामीलाई थाहा छ, परिस्थितिले बाध्यतावश बोकाएको सरकाररूपी भारी हामीले बोक्नै पर्दछ । यो भारीलाई कुनै चौतारीमा नपु¥याई बीच बाटोमा ल्याएर फ्या“क्न् हुँदैन ? यो नेकपा (एमाले)को लागि नैतिक प्रश्न हो, जिम्मेवारीको प्रश्न हो ।’

 

 माओवादी विगतमा शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियामा इमान्दार नदेखिएकै हो । ऊ विद्रोहको ‘तीन धक्के’ नीतिमा लागेकै होे । पहिलो धक्का चैत्र २४ गते, दोस्रो ‘मे’को पहिलोतिर, अनि हरेक ठाउ“बाट ब्यारेकका मान्छे ओसारेर तहसनहस गर्ने – ‘तेस्रो धक्का’ रे † उनीहरुको यही योजना थियो । माओवादीस“ग अहिले कुनै विकल्प छैन । कि सहमतिमा आउनुस् कि बहुमतसिद्ध गर्नुस् । फेरि सहमतिमा आउन सहयात्रीकै भाषा बोल्नुस् ! तपाईंहरू यहीं आउनुहुन्न र हुङ्कार गरेर सरकार चाहियो भन्नुहुन्छ भने त्यो बेकार हो । सरकार त विधि र प्रक्रियाबाट बनेको हो । लमजुङ र गोरखाको बीचमा लिगलिगकोट छ † उहिले त्यहाँ दौडेर राजा हुने गर्दथे † अनि पुतलीसडकमा हि“ड्दै गरेका माधव नेपालले ‘प्रचण्डले प्रधानमन्त्रीको कुर्ची छाडे खाली भो’ भनेर कुदेर गई बसेको हो र ? के त्यस हिसाबले उहाँ प्रधानमन्त्री बन्नुभएको स्थिति हो र ? उहाँ एउटा विधि र प्रक्रियासम्मत ढङ्गले प्रधानमन्त्री बन्नुभएको थिएन र ?

 

हामीले प्रचण्ड र बाबुरामस“ग पटकपटक कुरा गरेका छौं । कुरा सधैं मिठा हुन्छन् । यति मिठा कि त्यहा“बाट छुटेर आउ“दा त्यो दिन राती ‘सपना’ पनि राम्रा देखिन्छ ! तर, भोलिपल्ट बिहानै हामी देख्छौं, उहा“हरूका उही अराजकतापूर्ण अभिव्यक्ति । सरकारको नेतृत्व गर्ने भए विधि र प्रक्रियासम्मत ढङ्गले आउनुस् भनेर हामीले पटकपटक भन्दै आएका छौं । जारी शान्तिप्रक्रिया टुंग्याउनु हुन्छ कि हुन्न ? तपाईंहरू अन्तरिम संविधान र शान्ति सम्झौतास“ग गा“सिएका कुराहरू मान्नुहुन्छ कि मान्नुहुन्न ? अहिले कुनै माओवादी नेताबाट दलिल आउने गरेको छ – संविधान घोषणा नगरी लडाकुहरूको व्यवस्थापन हु“दैन । त्यसको फैसला अब कसले गर्ने ? त्यसैले सवाल माधव नेपाल, एमाले वा काङ्गे्रस अरू कसैको होइन । सवाल नेपाली जनताको न्याय र स्वतन्त्रताको पक्षमा उभिने कि नउभिने भन्ने हो । सवाल न्याय र स्वतन्त्रताको पक्षमा रहेका नेपाली जनताले सामाजिक फासीवादी गतिविधिका अगाडि घु“डा टेक्ने कि नटेक्ने भन्ने प्रश्न हो । न्याय र स्वतन्त्रताका पक्षमा रहेका कसैले पनि सामाजिक फासीवादका अगाडि घु“डा टेक्नुहुँदैन । त्यसको प्रतिवाद गर्न सक्नैपर्छ । त्यो सिङ्गो माओवादीको मात्रै कुरा होइन, उनीहरूमा हुर्किएको जुन चिन्तन र प्रवृत्ति छ, ती सामाजिक फासीवादी खालका छन् भनेर भन्न किन नसक्ने ? अहिले पनि जिल्ला–जिल्लामा कुनै पार्टीले सभा समारोह गर्न सामान्यतः अवरोधको सामना गर्नुपर्छ । त्यसो गरे गर्धनमा खुकुरी आउ“छ, घर तोडफोड गरिन्छ र सामान लुटिन्छन् । एमालेका त्यहा“ बस्ने नेताहरूले यसको प्रतिवाद गर्ने कि नगर्ने ? बोल्ने कि नबोल्ने ? कि वामपन्थी भनेर हामीले ठूलो छाती पारेर उनीहरूको बारेमा कुरै नगर्ने, उनीहरुलाई रुपान्तरित गर्न कुनै कोशिस नगर्ने ? त्यसैले उग्रवामपन्थताको विरोधमा हामी भाषणमा मात्रै होइन, माओवादी नेताहरूसितका सम्पर्क र कुराकानीमा पनि यसै हिसाबले प्रस्तुत हुनुपर्छ ।

 

अहिले उग्रवामपन्थता र हिंसामोहले दक्षिणपन्थीहरूलाई शक्तिसञ्चय गर्ने अवसर प्राप्त भइरहेको छ । राजतन्त्र पुनःस्थापना गर्न चाहनेहरु, दक्षिणपन्थी अतिवादीहरु सल्बलाउँदैछन् र उनीहरु शक्ति आर्जन गर्ने चाँजोपाँजो मिलाउँदैछन् । उग्रवामपन्थताले जसरी मुलुकलाई अस्तव्यस्त बनाउ“दैछ र दक्षिणपन्थीहरूले पनि टाउको उठाउने स्थिति बन्दैछ । उग्रवामपन्थताको प्रतिवाद कम्युनिस्ट आन्दोलनको विनास गर्नका लागि होइन, रूपान्तरण गर्नका लागि हो । हिजो माधव नेपालसहितका एमालेका नेताहरू सिलीगुडी, लखनऊ, पटना, दिल्ली र रोल्पा जा“दाखेरी पनि उनीहरूका गलत कुराहरूको विरुद्ध प्रतिवाद गरियो । ‘तपाईंहरूको यो बन्दुकले जित्दैन, तपाईं र मुलुक दुवैले हार्छ’ भनेर बारम्बार प्रतिवाद गरियो । त्यही प्रतिवादको परिणामस्वरूप उनीहरू यस ठाउ“सम्म आए । अब पनि हामीले उनीहरूका गलत कुराका प्रतिवाद गर्ने कि नगर्ने ? यो सिद्धान्तको प्रश्न हो र यो ज्यादै महत्वपूर्ण प्रश्न हो ।

 

उग्रवामपन्थताको खण्डन र प्रतिवाद कसरी गर्ने ? हामीभित्र एउटा समस्या छ । उग्रवामपन्थताको खण्डन र प्रतिवाद गर्ने नाममा केवल भत्र्सना, विरोध र गाली गर्ने प्रचलन छ । मैले त्यसलाई ‘पप भाषण’ भन्ने गरेको छु । कोही–कोही मान्छे भन्छन्, ‘माओवादी भनेको माउसुलीको पुच्छर पोलेर खाने र गन्हाउने मोजा सु“घ्नेहरू हुन् ।’ त्यसो भनेको मान्छेलाई रमाइलो लाग्छ र लहैलहैमा ताली समेत पिट्छन् तर त्यसको कुनै अर्थ छैन । गालीले मात्रै उग्रवामपन्थता खण्डित र पराजित हुन सक्दैन । उनीहरूलाई रूपान्तरित गर्न सकिंदैन । आफूमा दक्षिणपन्थी रुझान बोकेर, सुधार र परिवर्तनको विरोध गरेर, यथास्थितिभित्र गुटमुटिएर, त्यसको गोलचक्करमा फसेर उग्रवामपन्थलाई पराजित गर्न सकिंदैन । प्रतिक्रियात्मक शैलीले पनि उग्रवामपन्थताको खण्डन हुन सक्दैन । त्यसैले परिवर्तित सन्दर्भमा वस्नुनिष्ठ रूपमा गलत विचारको खण्डन गर्न ध्यान पु¥याएर मात्र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सकिन्छ ।

 

हिजो परम्परागत ढङ्गले पढेका र बुझेका कुराहरू मात्रै होइन, अहिलेको परिवर्तित सन्दर्भमा क्रान्ति र परिवर्तनलाई कसरी बुझ्ने ? आन्दोलनलाई कसरी बुझ्ने ? हाम्रो सङ्गठन र सङ्घर्षलाई कसरी बुझ्ने ? राज्यसत्ताको चरित्रलाई कसरी बुझ्ने भन्ने सन्दर्भमा हामीले नया“ ढङ्गले आफ्नो अध्ययनलाई अगाडि बढाउनुपर्दछ । हाम्रो चेतनालाई अगाडि बढाउनुपर्छ । यी प्रश्नहरूको समाधान पुराना उत्तरहरूले मात्रै दिन सकिंदैन । यी प्रश्नको समाधानका लागि नया“ उत्तर खोज्नुपर्दछ । हामी जतिमात्रामा उत्तर खोज्नसक्छौं, कम्युनिस्ट आन्दोलनलाई हामीले थप समृद्ध बनाउनसक्छौं । हामीले विगत ६० वर्ष कम्युनिस्ट आन्दोलनको इतिहासका सकारात्मक कुराहरूप्रति गर्वबोध गर्दै नकारात्मक कुराहरूबाट शिक्षा लिंदै अगाडि बढ्नुपर्छ । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने हो भने विचारको लडाइ“ र वर्गीय पक्षधरतालाई बिर्सनुहु“दैन । उग्रवामपन्थको उपस्थिति एमालेपंक्तिका लागि गम्भीर चुनौती हो । पार्टीका आधारहरू विभिन्न कारणले केही सङ्कुचित भएको स्थिति छ । पार्टी एकतामा आ“च पु¥याउने गरी देखापर्ने आत्मकेन्द्रित समस्याहरू पनि छन् । यस्ता चिन्तन तथा अभिव्यक्तिको खण्डन गर्दै तिनको राम्रोस“ग व्यवस्थापन गर्नु जरुरी छ ।

 

एमालेपङक्ति कि त ‘फ्रस्टेट’ हु“दैछ, कि ‘करप्टेड’ हु“दैछ भनेर मान्छेहरूले औंलो उठाउन थालेका छन् । यदि कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने हो भने एमालेभित्रको ‘फ्रस्टेड’ पङ्क्ति पनि काम लाग्दैन, ‘करप्टेड’ पंक्ति पनि काम लाग्दैन । यी समस्याप्रति गंभीरताका साथ ध्यान पु¥याउन सक्नुपर्छ । यसबीचमा हाम्रोबीचमा देखिएका कमजोरीहरू हाम्रो अगाडिका चुनौतीहरू पनि हुन् । यी चुनौतीहरूको सामना गरेर मात्रै एमालेरूपी यो विशाल पार्टीका कार्यकर्ताहरू अगाडि बढ्न सक्छन् । यसरी अगाडि बढेमात्रै कम्युनिस्ट आन्दोलन निरन्तर अगाडि बढ्नसक्छ । यसैले विजयको शिखर चुम्न सक्छ ।

 

(‘नेपाल कम्युनिष्ट पार्टी’ स्थापनाको ६० औं वर्षगाँठको सन्दर्भमा पेशागत तथा बुद्धिजीवी विशेष जिल्ला कमिटी, उपत्यकाले २०६६ बैशाख १० गते पार्टी केन्द्रीय कार्यालय, मदननगर, बल्खुमा आयोजित विचार–गोष्ठीमा व्यक्त विचारहरु)

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0