सपनाहरू हामीसँग मात्रै छन: पोखरेल

सपनाहरू हामीसँग मात्रै छन : पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेले अगाडि सारेको नीति, कार्यक्रम र सपनाहरुमै मुलुकका प्रमुख दलहरुले आफ्ना राजनीतिक गुजारा चलाएको बताउनु भएको छ । उहाँले पटकपटक सत्ताको नेतृत्व एवम संसदीय अभ्यास गरिसकेका एमाओवादी र काङ्ग्रेसलाई सामाजिक न्याय र विकासका मुद्दामा सिर्जनशिलता देखाउन चुनौति दिनुभयो । 
उहाँले यसविचमा स्पष्ट बहुमत ल्याउन नसकेकाले सोचे जति काम गर्ने एमालेले नसकेपनि अरु भन्दा धेरै गरेको बताउनुभयो । पानीपोखरीमा आयोजित मतदातासँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले एमालेले जति काम गर्ने सकेको भए जनताको माझमा गएर भन्न काङ्ग्रेस–एमाओवादीलाई चुनौति दिनुभयो । ‘संसदीय र सत्ता अभ्यासको क्रममा कहाँ देखियो तपाईहरुको सिर्जनशिलता,’ उहाँले काङ्ग्रेस–एमाओवादीलाई चुनौति दिदैं भन्नुभयो–‘२०५१ सालको अल्पमतको सरकार हुँदा हामीले ल्याएका कार्यक्रममा त तपाईहरुले आफ्नो राजनीतिक गुजारा चलाउनुभयो, यो कुरा जनताले बुझिसकेका छन् ।’  एमालेले बहुमत पाए फेरी एकपटक त्यस्तै नयाँ कार्यक्रम लिएर जनताको माझमा आउने उहाँको भनाई थियो । ‘साँच्चिकै मुलुकलाई बदल्ने हो भने एमालेलाई एकपटक मौका दिनुस’ उहाँले भन्नुभयो–‘हामी सगर्वका साथ भन्छौं, मौका पाउँदा फेरी जनताको दिल जित्ने कार्यक्रम लिएर आउँछौं ।’
विगतको संविधानसभाले नयाँ संविधान बनाउन नसकेको तीतो यथार्थताभित्र सक्षम नेतृत्वको अभाव लुकेको बताउनुभयो । उहाँले मतदातालाई ‘सक्षम नेतृत्व, सही प्रतिनिधित्व’ चुनेर पठाउन आग्रह गर्नुभयो । ‘प्रतिनिधिविहीन हुँदा जनता कमजोर हुन्छन्, त्यसैगरी कमजोर प्रतिनिधि हुँदा पनि जनता कमजोर हुँदा रैछन’ उहाँले भन्नुभयो–‘अघिल्लो निर्वाचनले नै यो कुरा देखाइसकेको छ ।’ उहाँले यस निर्वाचन मार्फत सबल र सक्षम प्रतिनिधि चयन गरी नयाँ संविधानमार्फत देशलाई विकास र समृद्धिको नयाँ रफ्तारमा अगाडि बढाउन एमाले मात्रै सक्षम रहेको उहाँको भनाई थियो । उहाँले प्रगतिशील रुपान्तरण र लोकतन्त्रमा विश्वास गर्ने सवैले एमालेलाई मतदान गर्ने  विश्वास व्यक्त गर्नुभयो । आज उहाँले धुम्बाराही, पानीपोखरी र लाजिम्पाटमा मतदाता भेटघाट गर्नुभयो । 
 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0