Jabaja

जनताको बहुदलीय जनवाद र सांगठनिक जीवनको लोकतान्त्रिकरण
 
– ईश्वर पोखरेल
१. विषय प्रवेश ः
 
ड्ड २०४६ सालको ऐतिहासिक जनआन्दोलनले बहुदलीय संसदीय व्यवस्था पुनःस्थापित गरेपछि नेपालको राजनीतिक आन्दोलनमा सकृय सबै राजनीतिक शक्तिहरु बैधानिक हैसियतका साथ खुला गतिविधिमा सकृय हुन थालेका हुन् । नीति, विचार, कार्यक्रमिक योजना, गतिविधि तथा समग्र राजनीतिक आचरणमा योग्यता र क्षमता प्रदर्शन गर्दै श्रेष्ठता हासिल गर्नुपर्ने खुला र प्रतिस्पर्धात्मक बैधानिक राजनीतिक परिवेशमा उनीहरुले प्रवशेन गरेका हुन् । ठीक यही राजनीतिक परिवेश र पृष्ठभूमिमा तत्कालिन नेकपा (एमाले)ले आफ्नो कार्यक्रमलाई औपचारिक रुपमै ‘जनताको बहुदलीय जनवादी कार्यक्रम’ भनी घोषणा गरेको हो । २०४९ माघमा सम्पन्न आफ्नो पाँचौं महाधिवेशनको राष्ट्रिय मञ्चबाट नेकपा (एमाले) ले यो काम गरेको थियो । 
ड्ड ‘जनताको बहुदलीय जनवाद’ नेपालको कम्युनिष्ट आन्दोलनभित्र प्रचलित ‘नौलो जनवाद’लाई प्रतिस्थापन गर्दै अघि सारिएको थियो । यो केवल नामको प्रतिस्थापन मात्र थिएन, यसको सारभित्र रहेका केही कुरामा पृथक व्याख्या सहित अघि सारिएको थियो । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले दिएका मूल्यवान अनुभवहरु, नेपालको कम्युनिष्ट आन्दोलनले आफ्नो शुरुआती कालदेखि हुर्काउँदै आएका लोकतान्त्रिक सोच, मान्यता र कार्यक्रमिक प्रतिवद्धताहरु, यिनैका आधारमा कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने ऐतिहासिक र साहसिक सोच तथा योजनाका साथ यो कार्यक्रमलाई अघि सारिएको थियो । यी सबै आधार र योजनालाई सर्वोपरि रुपमा ऐतिहासिक भौतिकवादको दार्शनिक आधारमा उभिएर अघि सारिएको थियो । 
ड्ड ‘द्वन्द सर्वत्र छ, प्रकृति र समाजमा द्वन्द छ भने राजनीति र राजनीतिक प्रणालीमा पनि द्वन्द छ, अनिवार्य रुपमा रहने द्वन्दलाई विधिसम्मत र स्वभाविक ढंगले र सकारात्मक परिणामका लागि प्रकट हुन दिनुपर्छ, यसरी प्रकट हुन नदिंदा वा प्रकट हुन नपाउँदा त्यसले विस्फोटको रुप लिन पुग्छ, जसको परिणाम नकारात्मक र ध्वंसात्मक हुन पुग्छ ।’ राजनीतिक प्रणालीभित्रको प्रतिस्पर्धाले र यस्तो प्रतिस्पर्धालाई स्वभाविक र विधिसम्मत रुपमा प्रकट हुन दिंदा समाजका हरेक क्षेत्रमा विकास र अग्रगामी परिवर्तनलाई समेत सुनिश्चित बनाउँछ । चौतर्फी विकासका द्वारहरु खुल्ने कुराको सुनिश्चितता हुन पुग्छ आदि । यिनै कुराका आधारमा जनताको बहुदलीय जनवादलाई नेकपा (एमाले)ले क्रमशः कार्यक्रम, विचार र मार्गदर्शक सिद्धान्तको रुपमा समेत स्वीकार गर्दै आएको हो । 
ड्ड जननेता मदन भण्डारीले बहुत योग्यताका साथ यो विचारको व्याख्या तथा विश्लेषण अघि सार्नु भएको भयो । यो नविन विचार तथा त्यसको सारपूर्ण व्याख्या नेकपा (एमाले) मात्र होइन, सिङ्गो मुलुकको वामपंथी आन्दोलन र मुलुक कै प्रजातान्त्रिक राजनीतिमा तरङ्ग हुन पुगेको थियो र दिशा निर्देश समेत गरेको थियो । मदन भण्डारीको भौतिक अनुपस्थितिमा पनि नेकपा (एमाले) तिनै विचार र मान्यताबाट निर्देशित भइरहने संकल्प गरेको छ र त्यसै दिशामा अघि बढ्ने प्रयत्न समेत गर्दै आइरहेको छ ।
ड्ड आज नेकपा (एमाले) ले ‘जबज’लाई आफ्नो मार्गदर्शक विचारका रुपमा स्वीकार गर्दै आएको त छ तर वर्तमान विकसित परिस्थितिमा जबजलाई बुझ्ने सवालमा एमालेभित्र एकरुपताको खाँचो पनि देखापर्दै गएको छ । जस्तोसुकै कार्यपरिस्थितिमा पनि सबैले जबजको अर्थ र मर्मलाई एकैकिसिमले बुझ्नै पर्छ । ठाउँ अनुसार फरक फरक तरिकाले बुझ्ने वा बुझ्न खोजियो भने वास्तवमा ‘जबज’को अपमान मात्र होइन, यसको जीवनशक्ति नै समाप्त भएर जान्छ । यस्तो अवस्थामा यसले परिवर्तनको अभियानमा बाटो देखाउन सक्ने कुराको त परिकल्पना पनि गर्न सकिन्न । अनि, नेकपा (एमाले) विचारविहीन पार्टी पंक्तिमा परिणत हुन पुग्ने छ । त्यस्तो अवस्थामा सिङ्गो आन्दोलन तथा परिवर्तनको अभियानको भविष्य अन्धकारमय हुने कुरा निश्चित छ । त्यसैले, आज जति जनताको बहुदलीय जनवादको पक्षपोषण गर्नु जरुरी छ, त्यति नै त्यसको बुझाइमा एकरुपता कायम गर्नु जरुरी छ । ‘जबज’लाई सारमा बुझेर तथा गतिमा बुझेर मात्र वास्तवमा यस सम्बन्धी बुझाइमा एकरुपता ल्याउन सकिन्छ । ‘जबज’लाई बुझ्ने प्रयत्न गरिरहँदा निम्न विषयको बुझाइमा एकरुपता ल्याउनु पर्छ ः
 
२. ‘जबज’को ऐतिहासिक विकासक्रम –
 
क. पृष्ठभूमि ः नेपाली कम्युनिष्ट आन्दोलनमा विकसित हुँदै गरेका अभ्यासको उच्चतम रुप –
ड्ड नेपाल कम्युनिष्ट पार्टीको ‘पहिलो पर्चा’ (२००६ बैशाख १०) मा स्पष्टसित उल्लेख गरिएको थियो – ‘नेपाल कम्युनिष्ट पार्टी पूर्ण नागरिक स्वतन्त्रताका लागि संघर्ष गर्ने राजनीतिक पार्टी हो ।’
ड्ड नेपाल कम्युनिष्ट पार्टीको पहिलो ‘घोषणापत्र’ (१५ सेप्टेम्बर १९४९) मा उल्लेख गरिएको थियो – ‘वालिग मताधिकारमा आधारित संविधान, जसले सर्वसाधारणहरुलाई पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र र आधारभूत आर्थिक अधिकारको ग्यारेन्टी गर्दछ’ ।
ड्ड नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापना कालदेखि नै ‘राजनीतिक स्वतन्त्रताको लागि लडाइँ’मा आफूलाई लगाइरह्यो ।
ड्ड सात सालको ऐतिहासिक जनआन्दोलनमा नवस्थापित नेपाल कम्युनिष्ट पार्टीको सहभागिता÷प्रथम नगर निर्वाचनमा (२००८) सहभागिता ।
ड्ड पार्टी माथिको प्रतिबन्ध (२००८–२०१२), र त्यसको समाप्तिको लागि नेपाल कम्युनिष्ट पार्टीले जारी राखेको लडाईँ ।
ड्ड २०१५ सालको पहिलो संसदीय निर्वाचनमा सहभागिता, र चार स्थानमा विजय प्राप्त ।
ड्ड २०१७ सालमा राजा महेन्द्रले संसदीय व्यवस्थालाई समाप्त पार्दै प्रजातान्त्रिक अधिकारको अपहरण गरेपछि कम्युनिष्ट पार्टीले ‘विघटित संसदको पुनःस्थापना’को राजनीतिक नारालाई अघि सारेको थियो ।
ड्ड निरंकुश पञ्चायती व्यवस्थापको विरोधमा प्रजातान्त्रिक हक अधिकारका लागि लडाईँ !
ड्ड २०३६÷०३७ को जनआन्दोलन, ‘जनमत संग्रह’मा निर्दलीय पंचायती व्यवस्थाको विरोध र बहुदलीय व्यवस्थाको पक्षमा प्रायः सबै कम्युनिष्ट घटकहरु सकृय ।
ड्ड २०४३ सालमा तत्कालीन नेकपा (माले) को पंचायती व्यवस्थाको समाप्तिका लागि चुनावमा ‘जनपक्षीय’ उम्मेदवारी दिने निर्णय । देशका विभिन्न ठाउँमा ‘जनपक्षीय उम्मेदवारी’ । निर्वाचित जनपक्षीय प्रतिनिधिहरुले निर्दलीयता र निरंकुशताको विरोध गर्दै बहुदलीय व्यवस्थाको पक्षमा सदनभित्रै गर्जन ।
ड्ड २०४६ सालमा सम्पन्न तत्कालीन नेकपा (माले) ले आयोजना गरेको चौथो राष्ट्रिय महाधिवेशनले आफ्नो राजनीतिक कार्यक्रममा ‘बहुदलीय जनवादी शासन प्रणालीको स्थापना गर्ने’ कुराको घोषणा ।
ड्ड २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा सकृय भूमिका, संयुक्त वाममोर्चा निर्माण, वाममोर्चा तथा नेपाली कांग्रेसबीच राजनीतिक मोर्चा तथा बहुदलीय व्यवस्थाको पुनःस्थापनामा विशेष भूमिका ।
ड्ड २०४७ सालको संविधान निर्माणमा भूमिका ।
ड्ड नयाँ संविधान र त्यसमा ‘२७ बुँदे’ असहमती ।
ड्ड संसदको पुनःस्थापनापछि गरिएको संसदीय प्रजातान्त्रिक अभ्यास ।
 
ख. नेकपा (एमाले) र जनताको बहुदलीय जनवाद ः
ड्ड २०४९ माघमा सम्पन्न नेकपा (एमाले)को पाँचौं राष्ट्रिय महाधिवेशनले ‘जनताको बहुदलीय जनवादी कार्यक्रम’लाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमको रुपमा स्वीकार गरेको   थियो । ‘जबज’लाई औपचारिक कार्यक्रमका रुपमा स्वीकार गरिरहेका बेला ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गर्ने, माक्र्सवादको सृजनात्मक प्रयोग र विकास गर्ने, समाजवादलाई अधिकतम कार्यक्रमको रुपमा लिने र ‘जबज’लाई न्यूनतम कार्यक्रमका रुपमा लिंदै त्यसलाई विस्तृत र समग्र रुपमा प्रस्तुत गर्ने’ कुरा गरिएको थियो ।
ड्ड २०५४ सालमा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनले ‘जबज’लाई नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम मात्र नभएर मौलिक सिद्धान्तका रुपमा स्वीकार गरेको थियो । ‘नेपाली समाजमा संचालित रािष्ट्रयता र सामाजिक न्यायका आन्दोलनहरु, प्रजातान्त्रिक तथा कम्युनिष्ट आन्दोलन तथा पार्टीभित्रै संचालित विचारधारात्मक संघर्ष र पार्टीभित्रको प्रजातान्त्रिकरणका निम्ति चालिएका प्रयत्न र अन्तर्राष्ट्रिय कम्युनिष्ट तथा समाजवादी आन्दोलनका अनुभवको विश्लेषणमा आधारित’ भनि निस्कर्ष निकालिएको थियो । ‘ ... माक्र्सवादलाई नेपाली समाजमा सिर्जनात्मक ढंगले प्रयोग गर्ने क्रममा विकसित भएको मौलिक सिद्धान्त’को रुपमा परिभाषित गरेको थियो ।
ड्ड २०५९ सालमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनले ‘जबज’लाई नेपाली क्रान्तिको मौलिक कार्यक्रम तथा सिद्धान्तको रुपमा पुनर्पुष्टी गरेको र यसैद्वारा निर्देशित भइरहने दृढता व्यक्त गरेको थियो । कम्युनिष्ट आन्दोलनभित्रका प्रायः सबै घटकहरुले ‘जबज’को सारलाई कुनै न कुनै रुपमा स्वीकार गरिरहेको तथा यसको ‘औचित्यता, श्रेष्ठता र मौलिकता’ पुष्टि भइरहेको कुरालाई स्वीकार गरिएको थियो । यसैको मार्गनिर्देशनमा त्यसबेलाको कार्यनीतिको मूल उद्देश्यमाथि प्रकाश पारिएको थियो । कार्यनीतिको मूल उद्देश्यमाथि प्रकाश पादै भनिएको थियो – ‘ ... प्रतिगमन विरोधी संघर्ष गर्दै बहुदलीय प्रजातन्त्रको रक्षा गर्न, माओवादी समस्याको समाधान गर्दै शान्ति र स्थीरताको बहाली गर्न, आर्थिक–सामाजिक र राजनीतिक क्षेत्रमा अग्रगामी सुधारहरु गर्दै मुलुकलाई प्रगतिशील ढंगले रुपान्तरण गर्नु कार्यनीतिको मूल उद्देश्य’का रुपमा उल्लेख गरिएको थियो ।
ड्ड २०६५ साल फागुनको दोश्रो साता सम्पन्न पार्टीको आठौं राष्ट्रिय महाधिवेशनले ‘जनताको बहुदलीय जनवाद’का बारेमा विस्तृत व्याख्यालाई अघि सारेको छ । ‘जबज’का तीनवटा महत्वपूर्ण पक्षहरु रहेको कुरालाई उल्लेख गर्दै महाधिवेशनले त्यसलाई विश्लेषणका साथ आत्मसात गर्नु पर्ने कुरामा जोड दिइएको छ । पहिलो र सबैभन्दा महत्वपूर्ण पक्ष भनेर सिद्धान्तको पक्षलाई उठाइएको छ । यो सिद्धान्तको पक्षले ‘बदलिंदो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्न, ... क्रान्तिका वैचारिक, राजनीतिक, संगठनात्मक कामहरुलाई अघि बढाउन र पार्टीका कार्यक्रम र नीतिहरुलाई तय गर्न मार्गदर्शन गर्दछ । यसलाई ‘जबज’को सैद्धान्तिक र दार्शनिक पक्ष भनिएको छ । यसलाई ‘जनताको क्रान्तिकारी व्यवहारका क्रममा विकसित र सम्वृद्ध बन्दै जाने’ कुराका रुपमा उल्लेख गरिएको छ । दोश्रो – जबजको कार्यक्रमको पक्ष । यसलाई ‘जबज’को सैद्धान्तिक मार्गदर्शनमा विकसित हुने कुरा भनिएको छ र पाँचौं महाधिवेशनले अघि सारेको ‘जबज’को कार्यक्रम त्यसबेलाको ऐतिहासिक अवस्थाको उपज भन्दै ‘त्यसबेला अघि सारिएका कार्यक्रमका कतिपय पक्षहरुमा संशोधन र परिमार्जन गर्नु अनिवार्य रहेको कुरा उल्लेख गरिएको छ । यसो गर्नु ‘जबज’को संशोधन र परिमार्जन नभई पार्टीको कार्यक्रम ‘सामाजिक–आर्थिक विकास र वर्ग संघर्षको विकासद्वारा निर्धारित हुने’ कुरालाई स्वीकार गर्नु हो भनिएको छ । र, तेश्रो पक्ष, ‘जबज’को कार्यनीतिक कार्यदिशा, रणनीति र कार्यनीतिहरु । शक्ति सन्तुलनमा आइरहने परिवर्तनहरु अनुरुप कार्यदिशा, कार्यनीति र रणनीतिहरुमा परिवर्तन आउने गर्छ । पाँचौं महाधिवेशनका समयमा तय गरिएका कार्यदिशा र कार्यनीतिक श्रृंखलाका कतिपय पक्षमा महत्वपूर्ण परिवर्तन भइसकेको र अहिले विकसित शक्ति सन्तुलनका आधारमा कार्यदिशा, नीति र कार्यनीतिहरु निर्माण गर्नुपर्ने कुरामा जोड दिइएको छ । यसरी आठौं राष्ट्रिय महाधिवेशनले जनताको बहुदलीय जनवादलाई तीन आयाममा विश्लेषण गरी प्रस्तुत गरेको छ र त्यसको सैद्धान्तिक – दार्शनिक पक्षद्वारा सँधै निर्देशित भइरहने, कार्यक्रमिक पक्षमा सामयिक परिवर्तन गर्दै अघि बढ्ने र कार्यनीतिक कार्यदिशा तथा कार्यनीतिका सन्दर्भमा विकसित शक्ति सन्तुलनका आधारमा नयाँ ढंगले सूत्रवद्ध गर्दै अघि बढ्ने कुरा अघि सारेको छ । 
 
ग. अन्तर्राष्ट्रिय कम्युष्टि आन्दोलनका अनुभव
ड्ड ........
ड्ड ........
ड्ड .......
 
 
३. ‘जबज’ले स्थापित गर्न चाहेका केही सैद्धान्तिक मान्यताहरु ः
ड्ड मानव जातिले आर्जन गरेका अहिलेसम्मका उपलब्धिहरुलाई आत्मसात गरेको र त्यसको जगमा उभिएर माक्र्सवादको रक्षा र विकास गर्न चाहेको । ऐतिहासिक भौतिकवादी दृष्टिकोणद्वारा समाज विकासको विश्लेषण गर्ने र निर्देशित हुन चाहेको ।
ड्ड सामाजिक नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई आत्मसात गरेको (समाजको परिवर्तन, विकास र अग्रगतिका लागि) ।
ड्ड परिवर्तनको लागि शान्तिपूर्ण संघर्षका सम्भव सबै रुप र तरिकाको प्रयोग–बल प्रयोगद्वारा परिवर्तन गर्ने कुरालाई सहज बनाउन चाहेको ।
ड्ड द्वन्दको अनिवार्यता र सर्वव्यापकताको सिद्धान्तलाई स्वीकार गर्ने मात्र होइन, व्यवहारमै प्रयोग गर्न खोजेको ।
ड्ड जनता नै शक्तिका श्रोत; राज्य व्यवस्थाको सार नै जनता र राष्ट्रको हित एवम् कल्याण हो भन्ने मान्यतालाई स्वीकार गरिएको । यही मान्यताको आधारमा राज्यसत्तालाई लोकतान्त्रिक ढंगले संगठित र परिचालित गर्न चाहेको ।
ड्ड देश, काल, परिस्थिति अनुसार स्थापित मूल्य र मान्यताहरु बदलिन्छन्, परिमार्जित हुन्छन् भन्ने मान्यताका आधारमा नेपाली समाजको विशेषता र विशिष्टतालाई अघि बढाउन खोजेको ।
ड्ड सबैखाले विशेषाधिकारको अन्त्य गर्दै वर्ग, व्यक्ति, पार्टी र संस्था सबैलाई संविधानको अधिनस्थ राख्ने र कानूनको शासन सञ्चालन गर्न खोजेको ।
ड्ड प्रतिस्पर्धा र पहलकदमीको प्रणालीलाई स्थापित गर्न चाहेको ।
ड्ड शक्तिको अतिकेन्द्रीकरणको विरोध, शक्ति पृथकीकरण र विकेन्द्रीकरणको सिद्धान्तलाई अवलम्बन गर्न खोजेको ।
ड्ड ‘निषेधको निषेध’ सम्बन्धी द्वन्द्वात्मक भौतिकवादी दार्शनिक अवधारणालाई गहिराइका साथ आत्मसाथ गर्दै गतिशील बस्तुको पतनशील पक्षलाई छोडेर सार्वभौम पक्षलाई अघि बढाउने सन्तुलनकारी मान्यतालाई अघि सारको ।
ड्ड विश्व परिस्थितिमा आएको परिवर्तन अनुरुप कम्युनिष्ट आन्दोलनलाई राष्ट्रिय स्वाधीनता र सामाजिक मुक्ति आन्दोलनसँग गाँसेर अघि बढाउन चाहेको ।
ड्ड नेपाली समाजमा विकसित राष्ट्रवाद, मानवतावाद र जनवादलाई समाजको विशेषता र विशिष्टता अनुरुप अघि बढाउने चाहेको । ऐतिहासिक भौतिकवादी दृष्टिकोणद्वारा निर्देशित हुँदै नेपाली समाजलाई विश्लेषण गर्न र यसलाई अघि बढाउन चाहेको ।
 
४. जबज – कार्यान्वयन र समीक्षा ः
नेकपा (एमाले) ले जबजलाई स्वीकार गरेको, त्यही विचारद्वारा निर्देशित भई अगाडि बढेको झण्डै वीस वर्ष वितिसकेको छ । यो समय नेकपा (एमाले) का लागि उपलब्धीहरुको समय पनि रह्यो भने केही कमजोरीहरु प्रकट हुने – ती कमजोरीका कारण क्षति र नोक्सानी बेहोरेका समय पनि रह्यो । खासगरी विकसित हुँदै गरेको जटील राजनीतिक परिस्थिति अनुसार आफूले लिएको निर्देशक विचारलाई कुशलताका साथ लाग्नु गर्ने, व्याख्या गर्ने, विकसित गर्ने र यसलाई सम्वृद्ध बनाउने तथा तिनै सम्वृद्ध विचारद्वारा व्यवहारमा राम्ररी निर्देशित भइरहने कुरा हुन सकेन । ‘जबज’लाई झण्डै झण्डै सनातनीय रुपमा संस्मरण गर्ने विषय जस्तो पनि बनाइयो । हामी आफूले स्वीकार गरेको ‘जबज’ को कार्यान्वयनको स्थिति के रह्यो, त्यसको समीक्षा गरिएन । प्राप्त गरेका उपलब्धि तथा कार्यान्वयनको क्रममा प्रकट भएका कमजोरीहरुका सम्बन्धमा बस्तुनिष्ठ हिसाबले लेखाजोखा गरिएन । यस्तो गर्न नसक्ता ‘जबज’ बारे व्यवहारतः ‘जे जे आइपर्छ– गर्दै जाने’ आम व्याख्या–विश्लेषणमा ‘सबैथोक हो’ भन्दै जाने तर व्यवहारमा भने केही नगर्ने, आफ्ना स्वार्थ, चाहना र कुण्ठाहरु प्रकट गर्ने वा पुरा गर्ने आवरण बनाउने जस्तो पनि देखिन पुग्यो । यसरी हामी आफैले लिएको विचारमा अस्पष्टता र विविधताका कारण गंभीर अव्यवस्था देखिने स्थिति पैदा भयो । त्यसैले ‘जबज’ – त्यसको कार्यान्वयन र समीक्षा आज गंभीर छलफलको विषय बन्नुपर्छ ।
 
क. प्रतिस्पर्धाको राजनीति र देखिएको परिणाम ः
ड्ड बाह्य प्रतिस्पर्धा मूलतः उपलब्धीपूर्ण । तर विचारको बुझाइ र त्यसको कार्यान्वयनमा अव्यवस्थाका कारण ती स्वभाविक उपलब्धीहरु पनि साँघुरिंदै जाने संभावना ।
ड्ड आन्तरिक प्रतिस्पर्धा ः कसरी नियमित र व्यवस्थित बनाउने ? कसरी स्वस्थ्य प्रतिस्पर्धाको सीमाभित्र नियमित बनाउने ? विचारको विविधता र भिन्नतालाई कसरी वैधानिक व्यवस्थपन गर्ने ?
ख. वैचारिक–राजनीतिक हिसाबले पार्टी निर्माणको विषय
ड्ड कम्युनिष्ट पार्टी एउटा राजनीतिक पार्टीको रुपमा विकास गरिनुपर्छ । यसले त्यसै अनुरुप मात्र काम गर्न सक्नुपर्छ । 
ड्ड राज्य संचालन गरिरहेको बेला (सरकार तथा संसदीय भूमिका खेलिरहेको बेला) कम्युनिष्ट पार्टी निर्माणमा देखिएका वा देखिने गरेका समस्यालाई कसरी हल गर्ने ? (खासगरी कामहरुको विभाजन, शक्तिको विन्यास र विचार तथा आचरणको क्षेत्रमा देखिएका समस्याहरुको नीतिगत र व्यावहारिक समाधान कसरी गर्ने ? स्वतस्फूर्ततामा, आधा–आधा वा आलोपालो गर्ने ?)
ड्ड संसदीय–गैरसंसदीय क्षेत्रभित्रको पार्टी कामको सन्तुलन र पार्टी शक्तिको विन्यास कसरी गर्ने ? त्यसको नीति, विधि र योजना के हुने ?
ड्ड पार्टीभित्र अनुमोदित भइरहनुपर्ने विषय – अनेक विधि र व्यवस्था हुन सक्छन्, हामीले अहिलेसम्म अपनाउँदै आएको अभ्यासलाई समीक्षा गर्नु पर्ने जरुरी छ ।
ड्ड अहिलेसम्मको पार्टीभित्रको निर्वाचन प्रणाली–वैधानिक व्यवस्था । के अब त्यही कायम रहिरहन सक्छ वा उचित हुन्छ ? (प्रतिनिधित्व प्रणाली)
ड्ड वाह्य वा जनअनुमोदन– कसरी ? अहिले भइरहेको प्रचलित अभ्यास पर्याप्त छैन । सबै नेताले जनताबाट अनुमोदित भइरहनुपर्ने कुरालाई कस्तो विधिद्वारा अगाडि बढाउने ? अहिलेसम्मका अभ्यास र उठेका समस्याहरुलाई कसरी सम्बोधन गर्ने ?
ग. संगठनात्मक सिद्धान्त ः
ड्ड औपचारिक र अहिलेसम्म अभ्यासमा रहेको प्रचलित लेनिनवादी संगठनात्मक सिद्धान्तका सीमाहरु ।
ड्ड पार्टीभित्रको सांगठनिक जीवनमा प्रतिस्पर्धाको अभ्यासलाई कसरी सहज बनाउने ?
ड्ड पार्टी जीवनको लोकतान्त्रिकरण – पारदर्शितालाई कसरी अगाडि बढाउने ?
 
घ. जबज र कार्यकर्ता नीति –
ड्ड परिवर्तित अवस्था र सामान्य अवधारणा ।
ड्ड नेता र कार्यकर्तासम्बन्धी बुझाईमा एकरुपताको आवश्यकता ।
ड्ड कार्यकर्ताको परिभाषा के ?
ड्ड अबको कार्यकर्ता नीति कस्तो हुने ?
 
ङ. विकसित परिस्थिति र केही नयाँ विषयहरुको सम्बोधन ¬–
ड्ड लोकतान्त्रिक गणतन्त्र
ड्ड राज्यको पुनःसंरचना
ड्ड संघीय शासन
ड्ड समावेशी लोकतन्त्र
च. मार्गदर्शक सिद्धान्त –
ड्ड के भन्दै आएका हौंै ? र अहिले के भन्दै छौं ? (माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद)
ड्ड यससम्बन्धी स्पष्टताको आवश्यकता 
छ. क्रान्ति सम्बन्धी अवधारणा –
ड्ड घटना वा प्रक्रिया के हो ?
ड्ड आमूल परिवर्तन सम्बन्धमा जबजको परिभाषा
 
५. जबज र पार्टीको सांगठनिक जीवनको लोकतान्त्रिकरण
 
क. आधारभूत प्रस्थापना ः
२०४९ मा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनमा पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धमा दिशा निर्देश गर्दै उल्लेख गरिएको छ –
‘हामीले कार्यक्रममा प्रतिस्पर्धा र पहलकदमीद्वारा नेतृत्व लिने विषयमा जोड दिएका छौं । सैद्धान्तिक, वर्गीय र रणनीतिक रुपमा सर्वहारा नेतृत्वको अनिवार्यता बारे उल्लेख गर्दा राजनीतिक रुपमा अरुसँग नेतृत्वका निम्ति गम्भीर प्रतिस्पर्धा गर्नुपर्ने र पहलकदमी लिनुपर्ने आवश्यकताप्रति वेवास्ता गरेर ढुक्क हुने प्रवृत्ति देखिएको छ । ... यो प्रवृत्तिलाई हटाउन तीव्र प्रतिस्पर्धा र सशक्त पहलकदमीमा जोड दिन चाहन्छौं । ... नेतृत्व संघर्ष, सेवा, पहलकदमी र प्रतिस्पर्धाबाट मात्र हाता लिन सकिन्छ, सैद्धान्तिक उल्लेख वा संवैधानिक उल्लेख तथा राजकीय बल प्रयोगबाट होइन भन्ने कुरामा जोड दिएका हौं ।’
 
 
ख. पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धी नयाँ अवधारणा ः
ड्ड लोकतान्त्रिक विधि र प्रकृयाबाट नीति तथा कार्यक्रम तय गर्ने (कार्यक्रम स्वयं पनि लोकतान्त्रिक हुनुपर्ने) ।
ड्ड जनअनुमोदनको विधिसम्मत प्रणाली स्थापित गर्ने ।
ड्ड पार्टीका नेता र कार्यकर्ताहरुको जीवनशैली र आचरण पारदर्शी हुनु पर्ने ।
ड्ड पार्टीको सम्प्रभूता पार्टी कार्यकर्तामा नीहित रहने; नीति, विधि र नेतृत्व निर्माणमा कार्यकर्ताको भूमिका स्थापित गर्ने ।
ड्ड पार्टी विधिसम्मत संचालित हुने र वहसको जीवन्त प्रणाली कायम रहने ।
ड्ड पार्टीका निर्धारित गुण र मापदण्डका आधारमा समावेशी नेतृत्व निर्माण गर्ने ।
ड्ड नियन्त्रण र सन्तुलनको विधिसम्मत प्रणाली स्थापित गर्ने ।
ड्ड प्रतिस्पर्धा र पहलकदमीका आधारमा नेतृत्व निर्माण गर्ने ।
ड्ड नेतृत्व हस्तान्तरणको सहज प्रणाली स्थापित गर्ने, आदि ।
ग. आठौं राष्ट्रिय महाधिवेशन र लोकतान्त्रिकरण सम्बन्धमा गरिएको प्रारम्भ ः
ड्ड सबै संगठीत सदस्यहरुको समान अधिकार ।
ड्ड नियन्त्रण र सन्तुलनका लागि संरचनागत व्यवस्था ।
ड्ड सबै तहमा निर्वाचित कमिटी प्रणाली ।
ड्ड बहुपदीय कमिटी र समावेशीकरणको व्यवस्था ।
ड्ड स्वतः प्रतिनिधित्वको प्रचलित व्यवस्थाको अन्त्य ।
ड्ड जनवर्गीय संगठनहरुभित्र ‘पार्टी याक्सन’को व्यवस्थाको अन्त्य ।
ड्ड जेष्ठ कम्युनिष्ठ मञ्चको व्यवस्था ।
घ. लोकतान्त्रिकरणको अभ्यास र देखिएका समस्या ः
ड्ड विभिन्न तहका पार्टी अधिवेशनहरु नीति र योजनामा भन्दा निर्वाचनमुखी बन्दै जानु ।
ड्ड निर्वाचनको क्रममा अस्वस्थ्य प्रतिस्पर्धाको प्रवृत्ति विकास हुनु ।
ड्ड मूल्यांकनमा आधारित भन्दा पनि समूहवद्धतामा आधारित भएर नेतृत्व छनौट गर्ने प्रवृत्ति बढ्दै जानु ।
ड्ड प्रतिस्पर्धाका लागि निर्वाचन र निर्वाचनमा अस्वस्थ्य प्रवृत्तिहरु देखापर्दै जानु ।
ड्ड जित र हारलाई सहज रुपमा लिन नसक्नु ।
ड्ड जित्नेले हार्नेहरुलाई समेट्न नसक्नु र हार्नेले जित्नेको जीतलाई स्वीकार गर्न नसक्नु ।
ड्ड यसक्रममा सामन्ती संस्कृतिको संकीर्णता र निम्नपूँजीवादी औसरवाद प्रकट हुन पुग्नु ।
ङ. लोकतान्त्रिकरणको अभ्यास र ध्यान दिनुपर्ने विषयहरु ः
ड्ड प्रतिस्पर्धाका लागि निर्वाचन र निर्वाचनका लागि वैधानिक र औपचारिक संरचनाको आवश्यकता ।
ड्ड समूहगत आवद्धता नभई व्यक्तिको योग्यता, क्षमता र कमिटीभित्र उसको आवश्यकतालाई छनौटको आधार बनाइनु पर्ने ।
ड्ड कमिटीमा विभिन्न विशेषता गुण र योग्यताको संयोजनलाई प्राथमिकता दिइनु पर्ने ।
ड्ड छनौटमा आम सदस्यहरुको भावनाको प्रतिनिधित्व हुनुपर्ने । छनौट कार्यमा नेतृत्वको आकांक्षा वा इशारा होइन, कार्यकर्ताहरुद्वारा विवेक प्रयोगको आवश्यकता ।
ड्ड लोकतान्त्रिक संस्कृतिको विकास गरिनुपर्ने । ‘जित्नेले हार्नेलाई समेट्नु पर्ने, हार्नेले जित्नेको जीतलाई स्वीकार गर्नुपर्ने’ – यो लोकतान्त्रिक संस्कृतिको विकास गर्नुपर्ने ।
ड्ड नैतिक मूल्य र आचरणमा आधारित प्रतिस्पर्धा हुनुपर्ने ।
ड्ड पदीय जिम्मेवारी लगातार हुन नहुने – योग्य व्यक्तिको पुनःजिम्मेवारी पाउन सक्ने ।
ड्ड अस्वस्थ्य प्रतिस्पर्धा – मापदण्ड विपरितको पार्टी सदस्यता वितरणलाई नियन्त्रण गर्नुपर्ने ।
ड्ड पार्टी जीवनको लोकतान्त्रिकरण – अधिवेशनमा भाग लिने, उम्मेदवार हुने, पक्ष वा विपक्षमा । मतदान गर्न पाउनु अधिकार मात्र होइन; नीति, कार्यक्रम र योजना निर्माण र कार्यान्वयनमा जनता र पार्टी–भावनाको प्रतिनिधित्व पनि हो । यो अधिकार मात्र होइन – कर्तव्य पालनाका कुरा पनि हो ।
ड्ड लोकतान्त्रिक अभ्यास–थाङग्रे प्रवृत्ति र लहरे प्रवृत्ति अनुचित हो ।
ड्ड परिणामलाई अस्वीकार गर्ने (अनेक विकृतिहरु) ।
 
६. जबजको समृद्धि – कसरी ?
ड्ड ‘जबज’को सिद्धान्तको पक्ष, कार्यक्रमिक पक्ष र कार्यनीतिक कार्यदिशा र कार्यनीतिक विषयहरुको किटान गर्ने तथा तात्कालिक (अहिले प्रासंगिक वा कालातित) विषयहरु किटान गर्ने, सिद्धान्तको पक्षद्वारा निर्देशित भइरहने, कार्यक्रमिक विषयहरुमा आवधिक संशोधन गर्दै अगाडि बढ्ने तथा कार्यनीतिक कार्यदिशा र कार्यनीतिक श्रृंखलाहरु परिस्थितिअनुसार विकास गर्दै जाने ।
ड्ड अप्रासंगिक बनेका विषयलाई आद्यावधिक गर्ने ।
ड्ड ‘जबज’को दृष्टिकोणमा आधारित भएर अहिले विकसित नयाँ विषयलाई सम्बोधन गर्ने ।
ड्ड ‘जबज’लाई एउटा संस्कृतिको रुपमा विकास गरिनु पर्ने ।
ड्ड पार्टीभित्र समान र न्यायोचित अवसरको सुनिश्चितता गरिनु पर्ने (प्रतिस्पर्धालाई सहज ढंगले स्वीकार गर्नुपर्ने) ।
ड्ड ‘जबज’लाई गतिशील, वैज्ञानिक विचारको रुपमा विकसित गर्दै अगाडि बढाउनु पर्ने । ‘जबज’ वैज्ञानिक विचार हो, यो गतिशील विचार हो, गतिशीलतामा नै यसको जीवनशक्ति रहन सक्छ भन्ने कुरालाई आत्मसात गर्ने ।
 
मंसिर ७, २०६८
 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: write failed: Disk quota exceeded (122)

Filename: Unknown

Line Number: 0

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0