नेकपा (एमाले) लाई ठीक तरिकाले बुझ्ने हो भने ...

क. आठौं राष्ट्रिय महाधिवेशनपछि पार्टीको स्थितिलाई ठीकसित बुझ्नु पर्छ –

- राष्ट्रिय राजनीतिको तरलताको प्रभाव – 
– राजतन्त्रबाट गणतन्त्रको घोषणा तर गणतन्त्र राम्ररी हिड्न नसकिरहेको;
– केन्द्रीकृत शासन प्रणालीप्रतिको विरोध र अस्वीकृति र संघीयताको घोषणा तर नेपाली विशेषता अनुसारको संघीयताको चित्र बन्न नसकेको;
– माओवादी सिद्धान्तबाट निर्देशित हिंसा र सबै प्रकारका हिंसाको अन्त्यको घोषणा तर, शान्ति प्रकृया निस्कर्षमा नपुगिसकेको अहिलेको स्थिति;
– आर्थिक–सामाजिक रुपान्तरणप्रतिको प्रतिबद्धताको घोषणा तर, राजनीतिक पार्टीहरु र सरकारका चिन्तन र कार्यशैली भने यथास्थितिकै गोलचक्करमा;

सारमा, अहिलेको संक्रमणकालका कारण पुराना मान्यता, संरचना, संस्था, प्रणाली भत्केका र भत्कने क्रममा छन् तर त्यसै अनुपातमा नयाँ र अग्रगामी मान्यता, संरचना, संस्था र प्रणाली संस्थागत भईसकेका छैनन् ! यसका कारण समाजका हरेक क्षेत्र प्रभावित बनिरहेका छन्, पार्टीमा पनि त्यसको प्रत्यक्ष प्रभाव र असर परेको छ ।

- लोकतान्त्रिकरणको नयाँ प्रतिबद्धता अनुसारको अभ्यासको प्रभाव । पार्टी जीवनका विविध क्षेत्रमा लोकतान्त्रिकरणको घोषणा त गरियो, यस सम्बन्धमा स्थापित प्रचलित अभ्यासहरुमध्ये कतिपयलाई  छोडियो र नयाँ अभ्यासहरु शुरु गरियो तर नयाँ अभ्यासप्रति आत्मसातीकरणमा एकरुपता हुन सकिरहेको छैन । यसले निर्णित विषयहरुको कार्यान्वयनमा समेत समस्याहरु देखापरिरहेका छन् ।   

ख. नेकपा (एमाले)भित्र देखापर्ने गरेका समस्या र तिनको समाधानको लागि सहि दृष्टिकोण अपनाउनु पर्छ –

- अन्तरविरोध र प्रधानअन्तरविरोधलाई चिन्हित गर्ने र त्यसका विरुद्धमा केन्द्रीत हुने कुरामा समस्या । 
- महाधिवेशनले पारित गरे अनुसार वर्गीय अन्तरविरोधको सुत्रिकरणलाई बुझ्ने र त्यसलाई वैचारिक संघर्षको अपरिहार्यतासित गाँस्ने समस्या ।
- विकसित परिस्थितिमा पार्टीभित्रको व्यवस्थापनमा समस्या –
– विकसित परिस्थितिमा विचारको व्यवस्थापन,
– विकसित परिस्थितिमा सांगठनिक कामको व्यवस्थापन,
– विकसित परिस्थितिमा कार्यशैलीको व्यवस्थापन,
– पार्टीको परिवर्तित राजनीतिक कार्यदिशा अनुरुप कार्यकर्ता नीतिको निर्माण ।  
यसै आधारमा कार्यकर्ता शक्तिको व्यवस्थापन ।

ग. नेकपा (एमाले) को ऐतिहासिक विकासक्रमलाई द्वन्दात्मक तरिकाले बुझ्नु पर्छ –


 यसको ऐतिहासिकतालाई बुझ्नु पर्छ । यसको जन्म, विकासक्रम र सामना गर्दै आएका चुनौतीहरुलाई बुझ्नु पर्छ ।
 प्रधान अन्तरविरोधको किटानी– शत्रु–मित्र छुट्याउने कुरामा मूलतः सही अडान रहँदै आएको छ ।
 आफूभित्र उत्पन्न हुने अव्यवस्थालाई व्यवस्थापन गर्ने कुरामा मूलतः योग्यताको प्रदर्शन हुँदै आएको छ । परिस्थिति अनुसार योग्यता प्रदर्शन गर्न नसक्दा गम्भीर प्रकृतिका नोक्सानीहरु समेत भोग्नु परेको विगतलाई देख्न सक्नुपर्छ ।
 परिवर्तित सन्दर्भमा प्रधान अन्तरविरोध को सित र प्रधान शत्रु को ? र प्रहारको निशाना कसमाथि (?) भन्ने विषयमा भ्रम राख्नुहुन्न ।  
 उग्रवामपन्थी अतिवाद र दक्षिणपन्थी यथास्थितिवादको विरोधलाई ठीकसित अगाडि बढाउनु पर्छ ।


उग्रवामपंथी अतिवादको खण्डन प्रतिवाद केमा केन्द्रीत हुनुपर्छ ?
 

– हिंसाको नीतिमा निरन्तरता चाहने विचार र व्यवहारको विरोध गर्नुपर्छ ।
– कब्जाको राजनीतिक विचार र व्यवहारको निरन्तरताको विरोध (विधि र प्रक्रियामा आउन नचाहने, पालना नगर्ने चिन्तन तथा व्यवहारको विरोध) गर्नुपर्छ ।
– नागरिक–राजनीतिक पार्टी बन्ने कुरामा कमजोर प्रतिबद्धताको विरोध गर्नुपर्छ ।
– यसका साथै, ‘मुलुकको राजनीतिमा र संविधानसभाभित्र वामपंथी शक्तिहरुको बाहुल्यता रहेका कारण’ अहिले नै ‘वामपंथीहरुका बीचमा मोर्चा’ बनाएर दक्षिणपंथी शक्तिहरुलाई एक्ल्याउने कथित क्रान्तिकारी विचारको विरोध गर्नुपर्छ । यी सबै काम अमूर्त तथा सैद्धान्तिक किसिमले मात्र खण्डन–प्रतिवाद गरिने विषय नभएर अहिलेको राजनीतिक प्रशंगमा एकीकृत नेकपा (माओवादी) का कतिपय विचार तथा व्यवहारमा केन्द्रीत गर्नुपर्ने विषय हुन् ।   
दक्षिणपंथी यथास्थितिवादी चिन्तन, प्रवृत्तिको खण्डन– प्रतिवाद केमा केन्द्रीत हुनु पर्छ ?

– ‘बृहद् लोकतान्त्रिक संश्रय’को सट्टा कथित ‘प्रजातान्त्रिक मोर्चा’को पक्षमा उभ्याउने र दक्षिणपंथी शाक्तिहरुलाई गोलबन्द गर्ने प्रयत्नको विरोध गर्नुपर्छ ।
– विगतमा आन्दोलनका बलमा स्थापित भएका अग्रगामी विषयहरुलाई ‘जनताको अभिमत
– नबुझी गरिएको निर्णय’ भन्दै तिनलाई कमजोर बनाउन चाहने कुराको विरोध गर्नुपर्छ ।
– मुलुकलाई अहिलेको अवस्थाबाट पछाडि फर्काउने कुराको विरोध गर्नुपर्छ ।
– अमूर्त तथा सैद्धान्तिक किसिमले मात्र दक्षिणपंथी यथास्थितिवादी चिन्तन, प्रवृत्तिको खण्डन–प्रतिवाद हुन सक्दैन, अहिलेको धरातलीय राजनीतिक यथार्थमा नेपाली कांग्रेस, मधेस आधारित राजनीतिक समूहहरु, राप्रपा–राजपा आदि पार्टीहरुभित्र प्रकट हुने विचार तथा व्यवहारमा केन्द्रीत गरिनुपर्छ ।
     
 अबदेखि पार्टी कामलाई सामाजिक–आर्थिक कामसित तथा  शीप र कौशलसित सम्बन्धित बनाइनुपर्ने आवश्यकता  छ । कुनै न कुनै किसिमले श्रमसित गाँसिएर मात्रै कम्युनिष्ट पार्टीको कार्यकर्ता बन्न सकिन्छ भन्ने कम्युनिष्ट मान्यतालाई आत्मसात गर्नुपर्छ ।
 आफैभित्र देखापरेका विभिन्न क्षेत्रका अव्यवस्थालाई कुशलताका साथ व्यवस्थापन गर्नुपर्छ ।
 पार्टीको जीवनशैली र कार्यशैली – पार्टीको राजनीतिक कार्यदिशाबाट निर्देशित हुन्छ र त्यसै अर्थमा यसको गतिशीलतालाई स्वीकार गर्नुपर्दछ । 
 कार्यकर्ता नीति पार्टीको राजनीतिक कार्यदिशाबाट निर्देशित हुनुपर्छ ।

 

घ. पार्टीभित्र नेतृत्व निर्माणको प्रश्न
 

  पार्टीमा विचारको नेतृत्व मात्र होइन, स्वीकृत विधिको पालन गर्ने नेतृत्व ।
   लोकतान्त्रिक विधिद्वारा स्वीकृत नेतृत्व । 
   पुस्ताहरुको कुशल संयोजन गरिएको नेतृत्व । 

 

ङ. पार्टीको कार्यभार
 

 सहमतीको राजनीतिक यात्रामा प्रभावकारी भूमिका –
– सहमतीको राजनीतिको अपरिहार्यता ।
– सहमतीका नेतृत्व – कसरी ९क्गााष्अष्भलत ऋयलकभलकगक० ।
– सहि राजनीतिको स्थापना, तर नेतृत्वका लागि लचकता ९च्यतबतष्यल को विषय) ।
 शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउने –
– शिवीर र लडाकुहरुको व्यवस्थापन ।
– स्वेच्छिक विदाइ, समायोजन र पुनस्र्थापना ।
 नयाँ संविधानको निर्माणमा –
– नयाँ संविधान – लोकतान्त्रिक संविधान ।
– नयाँ संविधान – सहमतीको दस्तावेज । 
– केन्द्रीत भएर लाग्नु पर्ने – कार्यदलको कार्य उत्साहपूर्ण ।
नयाँ र लोकतान्त्रिक संविधानले मात्र ऐतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न सकिन्छ ।
 परिवर्तित सन्दर्भमा राष्ट्रिय एकता –
– विदेशी अनुभवको ठाडो नक्कल होइन, नेपाली विशेषता अनुरुपको संघीयताले मात्र राष्ट्रिय एकतालाई सुदृढ गर्न सक्छ । 
 नेकपा (एमाले) भित्रको एकता –
– विचार र विधानमा आधारित एकता ।
– संस्थागत निर्णयमा आधारित एकता ।
– व्यक्ति केन्द्रीत पक्षधरता होइन, गुण–दोष अर्थात् नीति केन्द्रीत पक्षधरतामा आधारित एकता ।
– सन्दर्भ समूहरहीत एकता । 
यी कार्यभार पुरा गर्नका लागि महत्वपूर्ण र निर्णायक हो भन्ने कुरा एमालेका सबै कार्यकर्ताले बुझ्नुपर्दछ । संस्थागत निर्णय र निर्देशनको पालना यसको पूर्वसर्त हो ।

 २०६६, पुष