पोलिटव्युरो प्रेस विज्ञप्ति
पार्टी पोलिटब्यूरोको आठौं बैठक पार्टी अध्यक्ष कमरेड झलनाथ खनालको अध्यक्षतामा शुरु भयो । बैठकमा वर्तमान राजनीतिक परिस्थिति, केन्द्रीय कमिटीको बैठक, मिति र कार्यसूचीको सातौं बैठकको एजेण्डा तथा शान्ति प्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमतिका सन्दर्भमा सचिवालयका तर्फबाट प्रस्तुत प्रस्तावमाथि छलफल आरम्भ भयो ।
आजको बैठकमा कमरेड बेदुराम भुसाल र पृथ्वी सुब्बा गुरुङ्गले आफ्नो धारणा राख्नुभयो ।
बैठकले क्षेत्री समुदायका तर्फबाट राखिएको भोलिको उपत्यका बन्द फिर्ता लिई वार्ताका माध्यमबाट समस्याको समाधानको दिशामा अघि बढ्न अनुरोध गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
पोलिटब्यूरोको बैठक भोली ११ बजे पुनः बस्नेछ र भोलिको केन्द्रीय कमिटीको बैठक पर्सि जेठ १० गते ११ बजेबाट आरम्भ हुनेछ ।
८ जेठ, २०६८