मेरो बारेमा

जन्म - माघ २२, २०१० (४ फेब्रुअरी, १९५४)

    बुबा :-      शिवराज पोखरेल, 
    आमा :-    रामकुमारी पोखरेल
    स्थान :-   रुपनालु गाउँ, माम्खा-२,  ओखलढुङ्गा जिल्ला

बाल्यकाल :- 

    वि. सं २०१८ साल पुषमा बुवाको देहान्त 
    २०२० सालसम्म रुपनालु,  माम्खा मै रहेको 
    गाउँमा रहँदा साँवा अक्षर सम्म चिनेको तर स्कूल जान भने नपाएको 
    गाई-बाख्रा चराउने, घाँस काट्ने जस्ता स-साना घरायसी कामहरुमा बाल्यकाल बितेको 

     त्यसबेला घरमा आमा बाहेक दाजु दिदीहरु कोही पनि नभएकाले घरको काममा बढी खटिनुपरेको 

वैवाहिक जीवन :- 

       २०४० सालमा मीरा ध्वँजुसँग विवाह 

       (एउटै विवाहको पार्टीगत र पारिवारिक गरी दुई पटक विवाह समारोह ।)

       मीरा ध्वँजु त्यसबेला काठमाडौंको कलंकीस्थित जनपथ नि.मा.वि.की शिक्षिका,  साथै त्यसबेला  नेकपा (माले)  का

     सक्रिय अगुवा महिला कार्यकर्ता मध्ये एक ।

 

      पहिलो विवाह समारोह -    पार्टीगत रुपमा २०४० जेठ १५ गते
      प्रमुख भूमिका -                माधवकुमार नेपाल (तत्कालीन नेकपा मालेका उपत्यका पार्टी प्रमुख)

      अन्य उपस्थित व्यक्तित्वहरुजे.एन.खनाल, माधव नेपाल, जिवराज आश्रित, मुकुन्द नेउपाने, सुरेश कार्की, 

                                               सुरेन्द्र पाण्डे, रविलक्ष्मी चित्रकार, पूर्णशोभा  चित्रकार, केदार न्यौपाने
     
 दोश्रो विवाह समारोह -       पारिवारिक रुपमा २०४० साउन १२ गते
        

        सन्तानः                          दुइ  छोरा, २०४२ कार्तिक ७ गते ठूलो छोरा सृजनको जन्म र

                                             २०४५ असार १८ गते कान्छो छोरा स्वराजको जन्म ।

शैक्षिक जीवन
      प्रारम्भिक :-                 जनकपुरस्थित अनौपचारिक स्कुलमा भारतीय शिक्षकले पढाएको, 
      निम्न मा. वि. :-           जानकी निम्न माध्यामिक विद्यालय, जनकपुर
      मा. वि. :-                    श्री सरस्वती उच्च माध्यामिक विद्यालय, जनकपुर, प्रवेशिका - २०२७ 
     आई. ए -                     २०२८-२०२९ - आर. आर. (रामसागर रामस्वरुप ) क्याम्पस, जनकपुर 
     स्नातक (बि.एड.)   -    इन्स्टच्युट  अफ एजुकेशन, किर्तिपुर, २०३०-०३१                 

राजनीतिक जीवन -
-    २०२५ सालमा पहिलोपटक आन्दोलनमा सक्रिय, भारतले सुस्ता महेशपुरमा गरेको  अतिक्रमण विरुद्धको आन्दोलनमा सक्रिय सहभागि । प्रहरीको लाठी प्रहारबाट घाइते ।
-    २०२६ सालमा पारवहन सन्धीको म्याद थप्न ढिला भएको निहुँमा भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा आन्दोलित,  प्रहरीबाट गिरफ्तार र एक महिना हिरासतमा ।
-    २०२७ मा जनकपुरका लेखनाथ शर्माबाट रु. ५ सदस्यता शुल्क तिरी पार्टी सदस्य प्राप्त, सो समयमा उहाँ मनमोहन अधिकारीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (पूर्व कोशी प्रान्तीय कमिटी) को सदस्य  हुनुहुन्थ्यो ।

-    एस.एल.सी. पश्चात महेन्द्र मोरङ्ग क्याम्पसमा आई. एस्सी. मा भर्ना, सो क्याम्पसमा कांग्रेस–कम्युनिष्ट समर्थक विद्यार्थीहरुका बीच चरम झडप हुने, पढ्ने वातावरण नै नभएपछि जनकपुर फिर्ता ।
-    सोही साल जनकपुर कलेजमा पुनः आई.ए.मा भर्ना, २०२८ सालमा त्यही कलेजमा आई.ए. दोश्रो वर्ष अध्ययरत हुँदा स्ववियू चुनाव भएको र सो समयमा प्रथमपटक जनकपुर कलेजमा अखिलको सान्दार कब्जा, सो चुनावमा अनेरास्ववियूको तर्फबाट सबभन्दा बढी मत ल्याई विजयी । यही बेला चलेको राष्ट्रव्यापी विद्यार्थी आन्दोलनमा गिरफ्तार, प्रहरीद्वारा चरम यातना, केही महिना जेल । 
-    आई. ए. सकेपछि काठमाडौं आई शिक्षा शास्त्र अध्ययन संस्थान, किर्तिपुरमा २०३० सालमा बि.एड.मा भर्ना । झापा संघर्षबाट प्रभावित, त्यहाँको क्रान्तिकारीहरुसित सम्पर्क–सम्बन्ध ।
-    २०३२ सालदेखि पूर्णकालीन राजनीतिमा प्रवेश । तत्कालीन ‘कोअर्डिनेशन केन्द्र’ को नेतृत्वमा धनुषा जिल्लामा पूर्णकालीन भूमिगत भई पार्टी कार्यकर्ताका रुपमा सक्रिय । त्यहाँ जिल्ला कमिटीको उप–सचिव (माधवकुमार नेपाल त्यसबेला जिल्ला कमिटीको सचिव हुनुहुन्थ्यो ।   (२०३२ सालमा झापा आन्दोलनको राजनीतिक प्रकाशमा को-अर्डिनेशन केन्द्रको स्थापना- अखिल नेपाल क्रान्तिकारी कम्युनिष्ट को-अर्डिनेशन केन्द्र (माले) जसलाई छोटकरीमा 'कोके' भनिन्थ्यो)
-   कोकेको संगठन प्रभावकारी विस्तार भएपछि सरकारबाट चर्को दमन शुरु गरेको, धनुषाबाट माधव नेपाल, झापाबाट सि.पि. मैनाली र गोविन्द न्यौपने, सुनसरीबाट रामचन्द्र यादव पक्राउ, उहाँहरु सबै ‘कोके’को नेतृत्वमा हुनुहुन्थ्यो ।
-    माधव नेपालको पक्राउपश्चात आफ्नै नेतृत्वमा धनुषा जिल्ला पार्टी कमिटीको पुन: गठन ।
-    देशव्यापीरुपमा 'कोके'को पुनःगठन, झलनाथ खनाल कार्यवाहक महासचिव ।
-    २०३३/६/७ मा 'कोके'को केन्द्रीय सदस्य ।