Ishwor Pokharel article
एकता प्रिय शब्द त बन्ला.......
हामीले उत्तर दिनुपर्ने प्रश्नहरु
ईश्वर पोखरेल
यतिबेला नेकपा (एमाले) सुदृढ हुनुपर्दछ र जनताका बीचमा परिचालित हुनुपर्छ भन्ने बहस र छलफल हाम्रा अगाडि छ । माओवादी सबैभन्दा ठूलो र कांग्रेस दोस्रो ठूलो दलका रुपमा छन् । यस्तो अवस्थामा हामी राजनीतिक र सामाजिक परिवर्तनको अभियानमा पहिलो शक्ति बन्नुपर्दछ भनिरहेका छौं । यस भनाइलाई पुष्टि गर्ने केही आधार र औचित्यहरु छन् कि छैनन् ? यसबारेमा हाम्रा बीचमा छलफल चल्नुपर्दछ ।
सहकार्य र संघर्ष साथसाथ
हामी अहिले माओवादी र कांगे्रसस“ग सहकार्यमा छौं । तर, स“गस“गै उनीहरुका गलत विचार, व्यवहार, चिन्तन र प्रवृत्तिका विरुद्ध जुध्न पनि जरुरी छ । हामीहरुले विश्वासका साथ भन्न सक्नुपर्दछ– माओवादी आज सबैभन्दा ठूलो शक्ति भए पनि दर्शन, सिद्धान्त, कार्यक्रमक र समग्र आचारका हिसाबले स्थायी शक्ति हुन सक्दैन । विचारमा रहेको अतिवाद र व्यवहारमा रहेको अराजकतापूर्ण क्रियाकलाप छोडेर माओवादी रुपान्तरित हुनुपर्दछ । हामी चाहन्छौं– ऊ रुपान्तरण होस् । यदि आवश्यकताअनुसार रुपान्तरण हुन सक्दैन भने माओवादी यही रुपमा रहन पनि सक्दैन । माओवादी वामपन्थी शक्ति हो भनेर लहसिने चिन्तन राख्छौं कि उसका गलत विचारका विरुद्ध जुधेर रुपान्तरण गर्ने कोसिस गर्छौ ? यो हाम्रा अगाडि रहेको गम्भीर प्रश्न हो ।
हामीले नेपाली कांगे्रसस“ग पनि सहकार्य गरिरहेका छौं । शान्तिप्रक्रिया नटुंग्याउञ्जेल र लोकतान्त्रिक संविधान घोषणा नहुञ्जेल यो सहकार्य आवश्यक छ पनि भनिरहेका छौ“ । यति हु“दाहु“दै पनि समग्र चरित्रका आधारमा विश्लेषण गर्दा कांगे्रस यथास्थिति र उदारवादको पक्षमा उभिने अनि परिवर्तनलाई आत्मसात गर्न नसक्ने शक्तिका रुपमा रहेको छ ।
हामी यस्ता शक्तिका बीचमा सहकार्यमा रहेको बेला उनीहरुका गलत विचारका विरुद्धमा जुध्छौं कि जुध्दैनौं ? हामी सहकार्य अगाडि बढाउन चाहन्छौं । यदि गलत विचार र अनुचित व्यवहारहरुका विरुद्धमा जुधेनौं भने माओवादीस“गको सहकार्य परिणामदायी हुन सक्दैन । त्यस्तै कांगे्रसको यथास्थितिका पक्षपोषण गर्ने विचार र व्यवहारका विरुद्धमा जुधेनौं भने ऊस“गको सहकार्य पनि परिणामदायी हुन सक्दैन । त्यसैले आज हामी जुन सहकार्यको कालखण्डमा छौं, हाम्रो लडाइ“ पनि स“गस“गै चल्छ भन्ने कुरा बुझ्नुपर्दछ । त्यसकारणले पनि एमाले सुदृढ हुनैपर्छ र जनताका बीचमा गएर जनपरिचालन गर्नैपर्दछ । यदि यी कुरा हुन सकेनन् भने अतिवादको प्रभावबाट मुलुकलाई मुक्त गर्न सक्दैनौं, जनताले चाहेको परिवर्तन स्थापित गर्न सक्दैनौं । यही विश्लेषणका आधारमा हामीले संगठन सुदृढीकरण र परिचालन अभियान अगाडि सारेका छौ“ ।
एकता केका लागि ?
अहिले अभियान चलाइरहेका बेलामा सबैतिरबाट एमाले एकताबद्ध हुनुपर्दछ भन्ने आवाज उठिरहेको छ । एमाले एकताबद्ध भयो भने मात्रै संगठन सुदृढ बनाउन सकिन्छ, आत्मविश्वास जगाएर जनपरिचालन गर्न सकिन्छ । यदि विभिन्न कारण र बहानामा एमाले एकताबद्ध हुन सकेन भने यो अभियान पुरा हुन सक्दैन भन्ने आमजनता र कार्यकर्ताको विश्लेषण छ । त्यसैले हामीले घोषणा गरेको अभियान हाम्रो पार्टीको सुदृढ एकतास“ग पनि गा“सिएको छ । एकताको कुराले हाम्रो अभियान सफल बनाउने कुरा पनि सुनिश्चित गर्न सक्दछ ।
भावनात्मक कुरा गरेर मात्रै एमाले एकताबद्ध हुन सक्छ कि सक्दैन ? यो गम्भीर छलफलको विषय हो । हामीले लिएका विचार, निर्णय र कामका बारेमा हजारौं कार्यकर्ताले छलफल गर्न चाहेका छन् । यदि यी चीजहरुसहित आउ“छ भने एमालेको सुदृढ एकतालाई कसैले भत्काउन सक्दैन । यो सन्देश जनताका बीचमा पु¥याउनुपर्छ । एकताको कुरा गर्दा लेनिनले एक ठाउ“मा भन्नुभएको छ– ‘कम्युनिस्ट पार्टीभित्र बेला–बेलामा एकताको कुरा चल्छ । एकता बडो राम्रो चीज हो । तर, एकता लामो–लामो भाषणमा प्राप्त गर्न सकिंदैन, एकता कुनै राम्रो लेख लेखेर मात्रै प्राप्त गर्न सकिंदैन । एकता भनेको कम्युनिस्ट पार्टी वर्गीय भावनाबाट च्यूत हुन्छ कि हु“दैन भन्नेमा निर्भर हुन्छ । यदि जुनसुकै कारणले त्यो विचारबाट कम्युनिस्ट पार्टी कमजोर भयो भने एकता रह“दैन ।’
हामी एमालेभित्र एकताको कुरा गर्छौं भने एमाले वर्गीय विचार र भावनामा एकताबद्ध हुन सक्छ कि सक्दैन ? त्यो विचारबाट निर्देशित भइरहन सक्छ कि सक्दैन ? एकताको कुरा गर्छौं भने हामी जुनसुकै अवस्थामा भए पनि वर्गीय विचारबाट च्युत हुनुहु“दैन ।
बल्खु र सिंहदरबारबीचको दुरी
हामी एकता चाहन्छौं । तर, त्यो एकता भनेको के हो ? हामी एमालेका नेतादेखि कार्यकर्तासम्म र एमालेलाई माया गर्ने हरकोहीले बुझ्नुपर्दछ र बुझेका छन्– एकता भनेको विचारमा आधारित हुन्छ, नीतिमा आधारित हुन्छ । विचार र नीतिभन्दा फरक रहेर एकताको कुरा गर्नु प्रिय शब्द त हुनसक्छ तर त्यो व्यवहारिक जीवनमा लागू हुन सक्दैन । हामीले आठौं राष्ट्रिय महाधिवेशन ग¥यौं, लोकतान्त्रिक विधिद्वारा विचारको फैसला ग¥यौं र लोकतान्त्रीकरणलाई आत्मसात गरेर विधान निर्माण ग¥यौं । त्यसयता हामी सरकारमा गएका छौं, हामीले दुई पटक सरकारको नेतृत्व गरेका छौ“ । यसक्रममा सरकार निर्माण र सञ्चालन प्रक्रियामा राम्रा काम पनि गरेका छौं । तर, जनताले देख्ने र उनीहरुलाई घोच्ने गरी हाम्रा कमजोरी पनि प्रकट भएका छन् । एकताको कुरा गर्दा हामीले गरेका कमी–कमजोरीहरुका बारेमा जनता र कार्यकर्ताका बीचमा छलफल गर्नुपर्छ कि पर्दैन ? त्यसमा खुलस्त आत्मालोचना गर्नु पर्दछ कि पर्दैन ? जबसम्म हामी ती कमजोरीका बारेमा कार्यकर्ता र जनताका बीचमा खुलस्त छलफल गर्न सक्दैनौं, तबसम्म एमालेभित्र चाहेर पनि राम्रो एकता हुन सक्दैन ।
संसद्मा भूमिका
लोकतन्त्र आइसकेपछि संसद् र संविधानसभामा हम्रो भूमिकालाई लिएर अनेक ढंगले कुराहरु उठेका छन् । हामीले राम्रा काम पनि गरेका छौं, हाम्रा कमजोरीहरु पनि प्रकट भएका छन् । ती कमजोरी कुनै सीमित कमिटीभित्रका मात्रै होइनन्, सिंगो मुलुकलाई प्रभावित बनाउने हिसाबले प्रकट भएका छन् । हामीले एकताको कुरा गरिरहेका बेला ती कमजोरीहरुका बारेमा कार्यकर्ता र जनताका बीचमा खुलाखुलस्त भन्न सक्छौं कि सक्दैनौं ?
अभिव्यक्तिमा एकरुपता
आठौं राष्ट्रिय महाधिवेशन पछाडि हामीले नया“ ढंगले पार्टी सञ्चालन गर्ने अभ्यास गरेका छौ“ । त्यसक्रममा राम्रा काम पनि भएका छन्, उल्लेखनीय ढंगले कमजोरी पनि भएका छन् । हाम्रा कमजोरीका कारणले पार्टीभित्र अनेकखालका प्रश्नहरु पनि उठेका छन् । त्यसका बारेमा हामी देशभरिका लाखौं कार्यकर्ताका बीचमा बोल्न सक्छौं कि सक्दैनौं ? आत्मसमीक्षा गर्न सक्छौं कि सक्दैनौं ?
यसबीचमा एमालेका नाममा अनेक खालका अभिव्यक्ति सार्वजनिक गरेका छौं । म यो वा त्यो नेताको कुरा गर्न चाहन्न, विचारका नाममा अनेक खाले अभिव्यक्ति आएका छन्, जुन अभिव्यक्तिले एमाले पंक्तिलाई धेरै मात्रामा विचलित गराएका छन् । आज अभियान चलाइरहेका बेला ती तमाम कुराहरुका बारेमा खुलस्त भन्न सक्छौं कि सक्दैनौं ? हाम्रा कमजोरी र सवल कुराहरु कहा“–कहा“ रहे ? हामी प्रस्ट रुपमा भन्न सक्छौं कि सक्दैनौं ?
मनपर्दा मात्रै निर्णय मान्ने ?
कम्युनिस्ट पार्टीभित्र संस्थागत परिपाटी कमजोर भएमा नेताहरुले जति भाषण गरे पनि एकता हुन सक्दैन । कम्युनिस्ट पार्टी र यसका प्रत्येक नेता–कार्यकर्ता संस्थागत ढंगले चल्नुपर्दछ । मन परेको बेलामा मात्रै संस्थागत निर्णय मानिन्छ र चित्त नबुझेको बेलामा संस्थागत ढंगले गरिएका निर्णयहरुलाई तिलाञ्जली दिइन्छ भने त्यसबेला एकता हुन सक्दैन । एमालेभित्र विभिन्न ठाउ“मा माथिदेखि तलसम्म यस्ता समस्याहरु देखिएका हुन सक्छन् । ‘हामी लामो इतिहास बोकेका मान्छे हौं, इच्छा प¥यो भने निर्णय मान्छौं होइन भने मान्दैनौं’ भन्ने चिन्तन र प्रवृत्ति जुन–जुन ठाउ“मा देखिएको छ, त्यो गलत हो भन्छौ“ कि भन्दैनौ“ ? हामीले जहिलेसम्म ती कुराहरुप्रति खबरदारी गर्दैनौं, एमालेभित्र एकता भाषणमा त हुनसक्छ तर व्यवहारिक जिन्दगीमा कसरी एकता कायम हुनसक्छ ?
जे ग¥यो, त्यही जबज हो ?
मान्छेहरुले एमालेमा विचारको पक्ष कमजोर भयो भनिरहेका छन् । जनताको बहुदलीय जनवादलाई जुनबेला जे–जे आइपर्छ, त्यही गर्दै जाने जस्तो बनाइयो भन्ने आलोचना भइरहेको छ । मान्छेहरुले प्रश्न गर्दैछन्– जब एमाले सरकारमा जान्छ, त्यसबेला जबजलाई विर्सन्छ कि सम्झन्छ ? अनि जब सरकार छोडेर बल्खुमा आउ“छ, त्यसबेला अलिअलि सम्झिएजस्तो गर्छ । जब प्रतिपक्ष बनेर बेला–बेलामा अप्ठ्यारो सहनुपर्छ, त्यसबेला गाउ“वस्तीका कार्यकर्ताहरुका बीचमा गएर जबजलाई क्रान्तिकारी रंग चढाएर एमाले बोल्छ । यो प्रश्नहरु बिनाकारण जन्मिएका छैनन् । हाम्रो मनमा जे–जे आउ“छ, त्यही–त्यही गर्दै जाने अनि त्यसैलाई विचारको नाम दिने हुन सक्दैन । जबज समाजको शान्तिपूर्ण प्रगतिशील रुपान्तरण गर्ने विचार हो । सिंहदरबारमा गएको बेला, सिंहदरबार छोडेर बल्खुमा फर्केको बेला वा गाउ“वस्तीमा कार्यकर्ता÷जनताका बीचमा गएको बेला सधैं हाम्रो विचार उही हुनुपर्छ । किनभने, जनताको बहुदलदीय जनवादको अवसरवादी व्याख्या गर्ने अधिकार एमालेभित्र कसैलाई पनि छैन ।
त्यसैले एकताको कुरा गर्दा यी विषयहरुमा वस्तुनिष्ठ समीक्षा हुन जरुरी छ । यसबाट मात्रै एमालेलाई नया“ स्तरमा एकताबद्ध बनाउन सकिन्छ र एकताबद्ध एमालेले मात्रै मुलुकबाट अतिवाद र यथास्थितिलाई चिर्न सक्छ ।
(एमाले महासचिव पोखरेलले गत बुधबार केन्द्रीय कार्यालयमा आायोजित पार्टी सुदृढीकरण तथा जनपरिचालन अभियान घोषणा कार्यक्रममा व्यक्त गरेका विचारहरुको सम्पादित अंश)