समाचार र गतिविधि

  • 'खुट्टा टेकेको परिणामले मात्रै संविधान बनाउँछ'

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव ईश्वर पोखरेलले अवको संविधानसभा निर्वाचनमा हिंसा र अधिनायकत्वको वकालत गर्ने पार्टीको प्रभाव बढ्यो भने फेरी पनि मुलुकको संविधान नपाउने बताउनुभएको छ । एमाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ स्थित वडा नम्बर ३ ले महाराजगञ्जमा आयोजित अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस निर्वाचनमा हिंसा र अधिनायकत्वको वकालत गर्नेहरू पराजित हुनुपर्ने धारणा राख्नुभयो ।

  • नयाँ संविधान बनाउन नसके क्षेत्रमा फर्किनन्

    नेकपा (एमाले)का महासचिव तथा पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नं ५ का प्रत्यक्ष तर्फका उम्मेदवार कमरेड ईश्वर पोखरेलले अब गठन हुने संविधानसभामा आफूले प्रतिनिधित्व गर्ने अवसर जनताले दिएको अवस्थामा पनि नयाँ संविधान बनाउन नसके आफू पुनः यो क्षेत्रमा जनमतका लागि नफर्कने घोषणा गर्नुभएको छ ।

  • राष्ट्रियता सबल गर्ने संघीयता आवश्यक

    काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले नेपाली विशिष्टतामा आधारित संघियता मात्रै नेपाली जनतालाई मञ्जुर हुने बताउनुभएको छ । नेपाली भूगोलको विशिष्टताले निर्माण गरेको सामर्थ, संस्कृति, पहिचानको आधारमा मात्रै राज्यहरूको निर्माण हुनुपर्नेमा उहाँको जोड थियो ।

  • काठमाडौं ५ मा हजारौंको पदयात्रा

    काठमाडौं । नेकपा (एमाले) काठमाडौं क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीले सम्पूर्ण शाखाहरुमा एकैसाथ ‘वृहत् चुनावी पदयात्रा’ सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ५ स्थित हाडिगाउँ डबलीबाट शुरु भएको पदयात्राको एमाले महासचिव तथा सो क्षेत्रका उम्मेदवार ईश्वर पोखरेलले प्रारम्भ गर्नुभएको थियो ।

  • एमालेले नजिते देश २० वर्ष पछाडि

    काठमाडौं | नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले आगामी संविधानसभा निर्वाचनमा नेकपा (एमाले) को नेतृत्व स्थापित नभए देश थप २० वर्ष पछाडि धकेलिने बताउनु भएको छ । नेकपा (एमाले), खड्का भद्रकाली शाखा कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

  • विषाक्त राजनीतिलाई पररास्त गरौं

    नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एकल जातीयताको नाममा देशलाई टुक्राटुक्रा पार्ने खोज्ने शक्तिहरुको विरुद्धमा मुकाविला गर्नुपर्ने बताउनुभएको छ । संघियताको नाममा एकल जातिको राज्य बनाउने विषाक्त राजनीतिको पक्षपोषण गर्ने शक्तिहरुलाई आगामी चुनावबाट परास्त गर्ने उहाँले आव्हान गर्नुभयो ।

  • स्पष्ट किटानीका साथ जनतामाझ आउँछौ

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले एमालेले जनतासमक्ष किटानी प्रतिवद्धताका साथ घोषणापत्र लिएर आउने बताउनुभएको छ । आगामी संविधानका अन्तर तत्वमा घामछाँया नहुने गरी स्पष्ट सन्देश सहित एमाले प्रतिस्पर्धाको मैदानमा आउन थालेको उहाँको भनाई थियो ।

  • संविधानका लागि बलशाली तर्कले जित्नुपर्छ: महासचिव पोखरेल

    काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य र मान्यतासित मेल खाने तर्कहरु बलशाली नभए फेरी मुलुकले संविधान पाउन नसक्ने बताउनुभएको छ । एमाओवादीप्रति इङ्गित गर्दै उहाँले अघिल्लो संविधानसभामा लोकतान्त्रिक मूल्य र मान्यतासँग मेल नखाने तर्कहरु बलियो हुँदा मुलुकले चार बर्ष सम्मपनि संविधान नपाएको दाबी गर्नुभयो ।

  • एकबर्ष भित्रमा सविंधान जारी नभए जनमत संग्रहमा जानुपर्छः महासचिव पोख्रेल

    नेकपा एमालेका महासचिव इश्वर पोखरेलले आगामि सविंधानसभाको चुनावबाट एकबर्ष भित्रमा सविंधान जारी नभए विवादित विषयलाई जनमत संग्रहमा लैजानुपर्ने बताउनुभएको छ ।

  • ‘मुलुक प्लटिङ् गर्ने दिन्नौं’– महासचिव पोखरेल

    काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले जातीय सद्भाव विग्रिने गरी मुलुकलाई प्लटिङ् गर्ने नहुँने बताउनुभएको छ । आत्मनिर्णय सहितको अधिकारको दिने कि नदिने भन्ने विवादकै कारण अघिल्लो संविधानसभा विघटन भएको भन्दै उहाँले मुलुकलाई एकल जातीय संघियताको नाममा प्लटिङ गर्ने नदिने बताउनुभयो ।