समाचार र गतिविधि
अतिवादी शक्तिलाई पराजित गरौं: पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमाओवादी र काङ्ग्रेसको अतिवादी हट र दृष्ट्रिकोणका कारण अघिल्लो संविधानसभाको अवसान भएको भन्दै अवको निर्वाचनमा ति दुवैलाई नेपाली जनताले तिरस्कृत गर्ने ठोकुवा गर्नुभएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहनुभएका पोखरेलले प्रगतिशिल विचार सहितको लोकतान्त्रिक संविधानका लागि एमाले मात्रै उपयुक्त रहेको उहाँले बताउनुभयो ।
अवको लडाई प्रष्ट छ : पोखरेल
काठमाडौं । एमाले महासचिव तथा संविधानसभा निर्वाचनमा काठमाडौं ५ का उम्मेदवार ईश्वर पोखरेलले अबको लडाइँ एकल जातीय र सुदृढ राष्ट्रका लागि वास्तविक संघीयताका पक्षधरबीच हुने ठोकुवा गर्नुभएको छ । निर्वाचन क्षेत्रस्थित चण्डोलमा बुधबार मतदातासँग सात्क्षात्कार गर्दै पोखरेलले एमाले बहुपहिचानसहितको सात संघीय राज्यको पक्षमा रहेको प्रष्ट पार्नुभयो ।
'राष्ट्र टुक्राउन खोज्ने विरूद्ध मुकाविला गरिन्छ'
काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एकल जातीयताको नाममा देशलाई टुक्राटुक्रा पार्ने खोज्ने शक्तिहरुको विरुद्धमा मुकाविला गर्नुपर्ने बताउनुभएको छ । संघियताको नाममा एकल जातिको राज्य बनाउने विषाक्त राजनीतिको पक्षपोषण गर्ने शक्तिहरुलाई आगामी चुनावबाट परास्त गर्ने उहाँले आव्हान गर्नुभयो ।
जनताको घरदैलोमा महासचिव
काठमाडौं । जनताको घरदैलोमा व्यस्त रहनुभएका नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले एमाले नेतृत्वमा मात्रै देशले लोकतान्त्रिक र प्रगतिशिल संविधान पाउने दाबी गर्दै बहुमत दिन मतदातालाई आग्रह गर्नुभएको छ । धापासीको घरदैलो कार्यक्रममा मतदाता भेटघाट पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले एमाले ठूलो पार्टी नबनुञ्जेल देशले संविधान नपाउने बताउनुभयो ।
पाँचबर्षको मौका दिनुस: पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेलाई निर्धक्क साथ बहुमत दिएर ५ बर्षका लागि सरकार चलाउने मौका दिन आग्रह गर्नुभएको छ । आइतबार गैरीधारामा आयोजित अन्तरसंवादलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताले त्यस्तो मौका दिएमा एमाले घोषणापत्रले परिकल्पना गरेको रुपान्तरणको मार्गचित्रले सार्थकता पाउने उहाँको दावी थियो ।
‘जितहार जे भएपनि जनताको काममै हुन्छु’ : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जनताका विकास निर्माणका कामलाई कसैले पनि भोटसँग जोड्न नहुने बताउनुभएको छ । सोमबार सुकेधारामा जल्पादेवी उपभोक्ता समितिले आयोजना गरेको साझात्कार कार्यक्रममा बोल्दै उहाँले जनताको विकास र निर्माणका काममा आफु निर्वाचनमा जितहार जे भएपनि सक्दो कोशीस गर्नुभयो ।
यो जनता बलियो बनाउने लडाई हो
काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले यो संविधानसभा निर्वाचन जनता बलियो बनाउनलाई भएको भन्दै त्यसकालागि योग्य र समक्ष प्रतिनिधि छान्नुपर्ने बताउनुभएको छ । आज विष्णु बुढानिलकण्ठमा आयोजित बृहत्त पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनतालाई योग्य र सक्षम जनप्रतिनिधि चुनेर संविधानसभामा पठाउन आग्रह गर्नुभयो ।
ईश्वर जिताउन चिकित्सक एकजुट
काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा कार्यरत निर्वाचन क्षेत्र नम्बर ५ मा बसोवास गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले ईश्वर पोखरेललाई जिताउन आजै देखि होमिने घोषणा गरेका छन् । राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्न सक्ने तथा पार्टी, संगठन एवम् आन्दोलनको अगुवाई गर्ने सक्ने नेता पोखरेल मात्रै भएको भन्दै उहाँलाई जिताउन सवैले आग्रह गरे । लोकप्रिय कम्युनिष्ट नेता मनमोहन अधिकारीको सपना र संकल्पलाई पुरा गर्ने पोखरेलको विकल्प नरहेको चिकित्सकहरुले धारणा भनाई थियो ।
मुलुक एमालेकै नीतिमा चलेको छ : महासचिव पोखरेल
लम्जुङ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सामाजिक रुपान्तरणको सवालमा एमालेले अगाडि सारेको नीतिलाई नै सवै राजनीतिक शक्तिहरुले पछ्याउँदै गएकाले मुलुक एमालेकै नीतिमा चलिरहेको दाबी गर्नुभएको छ । आईतबार लम्जुङको भोटेओढारमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै उहाँले एमालेको नीति अनुसार नै मुलुक चलेकाले अवको निर्वाचनबाट एमालेकै नेतृत्व स्थापित हुने बताउनुभयो ।
जनताको दिल जित्ने काम गर्छौं
जनताको दिल जित्ने काम गर्छौं काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले एमालेले अगाडि सारेको नीति, कार्यक्रम र सपनाहरुमा मुलुक अगाडि बढेको बताउनुभएको छ । उहाँले पटकपटक सत्ताको नेतृत्व एवम संसदीय अभ्यास गरिसकेका सवै राजनीतिक शक्तिलाई एमालेको भन्दा पृथक सिर्जनशिलता देखाएर जनताको मन जित्न चुनौति दिनुभयो ।