अपडेट: २ असोज, २०७८

‘१० बुँदे सहमति कार्यान्वयन गर्नबाट पछि हट्दैनौ’

काठमाडौंः नेकपा एमालेका महासचिव ईश्वर पोखरेल ले १० बुँदे सम्झौता पार्टीले स्वीकार गरिसकेको भन्दै त्यसको लागु गर्ने कुरामा किञ्चित् पछि नहट्ने बताएका छन् ।

बिहीबार नेकपा एमाले काठमाडौ जिल्लाका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् । उनले एमालेको संगठनात्मक संरचनालाई जेठ २ मा पुर्याउनु भनेको राजनीतिक सेन्समा बुझ्नुपर्ने पनि बताए । ‘आजको एमाले विकसित र एकता प्रक्रियासहितको एमाले भनेर बुझ्न जरुरी छ । परिवर्तित सन्दर्भको एमाले हो । यसलाई पन्छाएर एमालेको मात्रै कुरा गरियो भने अधुरो हुन्छ’, पोखरेलको भनाइ छ ।

उनले सत्ता गठबन्धनले मुलुकको विकास र सम्बृद्धिलाई अवरोध बनाउन खोजेको भन्दै यस्तो अवस्थामा केपी ओली नेतृत्वको नेकपा एमालेले राष्ट्रिय राजनीति मुल धारका रुपमा रहेको बताए ।

उनले एमाले संविधान र विधिलाई मान्ने भएकाले २०७९ बैशाख १० भित्र दशौं राष्ट्रिय महाधिवेशन गर्नुपर्ने भएकाले त्यो मान्यतामा अघि बढेको बताए । ‘हामीले यो बोर्डरलाईन उल्लंघन गर्नुहुँदैन, राष्ट्रिय महाधिवेशन गर्न विधान महाधिवेशन गर्नुपर्छ ।’

एमालेले असोज १५ देखि १७ मा विधान महाधिवेशन गर्ने यसअघि नै घोषणा गरिसकेको छ उक्त महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्तावलाई पारित गर्नेछ ।

(रातोपाटीमा प्रकाशित)