अपडेट: ७ साउन, २०७९

नेकपा (एमाले)को नीति तथा अनुसन्धान प्रतिष्ठानको उद्घाटन (फोटो फिचर)

काठमाडौं । नेकपा (एमाले)को नीति तथा अनुसन्धान प्रतिष्ठानको उद्घाटन भएको छ । शुक्रबार एक समारोहकका बीच नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिष्ठानको उद्घाटन गर्नुभयो ।

प्रतिष्ठानको अध्यक्षमा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल हुनुहुन्छ । उद्घाटनका अवसरमा प्रतिष्ठानले नेपालको विद्यमान आर्थिक चुनौतीका विषयमा छलफल कार्यक्रम आयोजना गरेको थियो । पूर्वअर्थमन्त्री तथा प्रतिष्ठानका सदस्य डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि विभिन्न क्षेत्रका विज्ञहरूले आफ्ना टिप्पणीहरू प्रस्तुत गर्नु भएको थियो ।