भाषण
पार्टी एकता र उत्तर दिनुपर्ने प्रश्नहरू
पार्टी एकता र उत्तर दिनुपर्ने प्रश्नहरू - ईश्वर पोखरेल यतिबेला हामीहरू नेकपा (एमाले) सुदृढ बनाउने र यसलाई जनताका बीचमा परिचालित गर्ने सम्बन्धमा छलफल र बहस गरिरहेका छौ“। उग्रवामपन्थी अतिवादी विचार, अराजकतापूर्ण क्रियाकलाप र हिंसात्मक गतिविधिको धङ्धङीबाट मुक्त नभइसकेको माओवादी सबैभन्दा ठूलो दल र नवउदारवादी सोच र यथास्थितिवादी चिन्तन तथा आचरणबाट मुक्त नभइसेकेको नेपाली काङ्ग्रेस दोस्रो ठूलो दलका रूपमा छन्। यस्तो अवस्थामा हामी ...
नेकपा (एमाले) लाई ठीक तरिकाले बुझ्ने हो भने ...
क. आठौं राष्ट्रिय महाधिवेशनपछि पार्टीको स्थितिलाई ठीकसित बुझ्नु पर्छ – - राष्ट्रिय राजनीतिको तरलताको प्रभाव – – राजतन्त्रबाट गणतन्त्रको घोषणा तर गणतन्त्र राम्ररी हिड्न नसकिरहेको; – केन्द्रीकृत शासन प्रणालीप्रतिको विरोध र अस्वीकृति र संघीयताको घोषणा तर नेपाली विशेषता अनुसारको संघीयताको चित्र बन्न नसकेको; – माओवादी सिद्धान्तबाट निर्देशित हिंसा र सबै प्रकारका हिंसाको अन्त्यको घोषणा तर, शान्ति प्रकृया निस्कर्षमा नपुगिसकेको अहिलेको स्थिति; – आर्थिक–सामाजिक रुपान्तरणप्रतिको प्रतिबद्धताको घोषणा ...
जनताको बहुदलीय जनवादलाई कसरी बुझ्ने ?
१. जनताको बहुदलीय जनबाद र यसको ऐतिहासिक विकासक्रम - राष्ट्रवाद, मानवतावाद र प्रजातान्त्रिक आन्दोलनको महत्वपूर्ण पृष्ठभूमि र योगदान– देशभक्तिपूर्ण आन्दोलन, असमान सुगौली सन्धीपछि मानवतावाद, सामाजिक सुधारका आन्दोलन र निरंकुश जहानीया राणा शासनविरोधी राजनीतिक आन्दोलनको विकाससँगै विकसित प्रजातान्त्रिक आन्दोलन । - नेपाल कम्युनिष्ट पार्टीको स्थापनासँगै अघि सारिएका विचारहरु – ‘पहिलो पर्चा’– कम्युनिष्ट पार्टी स्थापनाको घोषणा पत्र, २००८ सालको नगरपालिकाको चुनावमा सहभागिता, २०१५ सालको संसदीय निर्वाचनमा सहभागिता, ...
वर्तमान राजनीतिक परिस्थिति र केही मूलभूत विषयहरु
१. संक्रमणकाल के हो ? यसलाई कसरी बुझ्ने ? राजतन्त्रबाट गणतन्त्रको घोषणा गरियो, तर त्यसले राम्ररी खुट्टा टेकेर हिड्न सकेको छैन । केन्द्रीकृत शासन प्रणालीको अन्त्य गरेको घोषणा गरियो र संघात्मक शासन प्रणालीलाई स्वीकार गरियो तर कस्तो हुन्छ यसको नेपाली अनुहार – किटान हुन सकेको छैन ! माओवादी सिद्धान्तबाट निर्देशित हिंसात्मक विद्रोह अन्त्य भएको घोषणा गरियो र शान्ति प्रक्रियाको प्रारम्भ त गरियो, तर त्यसको ...
पार्टी’ स्थापना दिवस
कम्युनिस्ट आन्दोलनको समस्याः आत्मकेन्द्रित व्यक्तिवाद – ईश्वर पोखरेल कम्युनिस्ट आन्दोलनका बितेका ६० वर्षलाई फर्किएर हेर्दा यसले प्राप्त गरेका महत्वपूर्ण उपलब्धिहरुलाई देख्न सक्नुपर्छ । यो आन्दोलनमा लागेका नेता–कार्यकर्ताहरु अर्थात् यस आन्दोलनका विद्यार्थीहरुबाट गल्ती कमजोरीहरु पनि भएका छन् । यस किसिमले समीक्षा गर्न सकिएन भने कम्युनिष्ट आन्दोलनलाई गन्तव्यसम्म पु¥याउन कठिनाई हुनेछ । साथै, कुनै न कुनै किसिमको अतिवादबाट प्रभावित भइरहने छ, र त्यसैका कारण कम्युनिष्ट आन्दोलनले ...
पार्टी एकता : उत्तर दिनुपर्ने प्रश्नहरू
यतिबेला हामीहरू नेकपा (एमाले) सुदृढ बनाउने र यसलाई जनताका बीचमा परिचालित गर्ने सम्बन्धमा छलफल र बहस गरिरहेका छौँ । उग्रवामपन्थी अतिवादी विचार, अराजकतापूर्ण क्रियाकलाप र हिंसात्मक गतिविधिको धङ्धङीबाट मुक्त नभइसकेको माओवादी सबैभन्दा ठूलो दल र नवउदारवादी सोच र यथास्थितिवादी चिन्तन तथा आचरणबाट मुक्त नभइसेकेको नेपाली काङ्ग्रेस दोस्रो ठूलो दलका रूपमा छन् । यस्तो अवस्थामा हामी राजनीतिक र सामाजिक परिवर्तनको अभियानमा पहिलो शक्ति बन्नुपर्दछ भनिरहेका छौँ । हाम्रो विश्लेषण र अठोटलाई पुष्टि गर्ने आधार र औचित्यहरू छन् कि छैनन् ? यसबारेमा हाम्रा बीचमा छलफल चल्नुपर्दछ ।
माओवादी सर्वसत्तावाद : सङ्कटको प्रमुख कारक
अहिले उत्पन्न सङ्कटको कारण के हो ? कारक तत्व के हुन् ? सोलोडोलो रूपमा राजनीतिक नेतृत्वको अयोग्यता भनेर मात्र हुन्न । विश्लेषणका आधारमा ठोस रूपमा कारणहरूलाई चिन्हित गर्नुपर्दछ । पुष्पकमल दाहालले नेतृत्व गरेको माओवादी पक्षको सर्वसत्तावादी सोच र द्वैध चरित्र नै प्रमुख कारण हो, जसका कारणले अहिलेको संवैधानिक र राजनीतिक सङ्कट आइपरेको हो ।
बन्दुकको छायाँमा संविधान बन्न सक्दैन
मानिसहरू सोध्छन्– ‘जेठ १४ आउनै लाग्यो, शान्ति प्रक्रिया कहाँ पुग्यो ?’ केही भन्छन्– ‘शान्ति प्रक्रिया त टुङ्गिसक्यो ।’ वास्तवमा भएको के हो त ? एमालेले लिएको अडान के हो भने शान्ति प्रक्रिया टुङ्गिनका लागि माओवादी लडाकुहरूको व्यवस्थापन भइसक्नुपर्छ । द्वन्द्वकालमा कब्जा गरिएको सम्पत्तिका बारेमा टुङ्गो नलागुञ्जेल, त्यतिबेला भएका गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाहरू छानबिन गर्ने सत्य निरुपण र मेलमिलाप आयोग नबनुञ्जेल र कब्जा गरिएका हतियारहरू राष्ट्रलाई नबुझाउञ्जेल शान्ति प्रक्रिया टुङ्गिँदैन । हामीले हिजो पनि यही भनेका थियौँ, आज पनि यही भनिरहेका छौँ ।
सहमतीको राजनीति र एमालेको कष्टसाध्य प्रत्य
सहमतीको राजनीति र एमालेको कष्टसाध्य प्रत्यन हामीले विगतदेखि नै सहमतिको राजनीति भन्दै आएका छौँ र आफ्नो प्रयत्न पनि त्यसैमा केन्द्रित गर्दै आएका छौँ । तर, अहिले सहमतिको राजनीति सङ्कटमा परेको छ । माओवादी सरकारबाट बाहिरिएपछि सहमतिको राजनीतिको एउटा अध्याय समाप्त भएको छ । यद्यपि, यसको आवश्यकता र अपरिहार्यता सकिएको छैन । नेकपा (एमाले)ले सरकारको नेतृत्व गरेपछि अब सहमतिको नयाँ अध्याय सुरु भएको छ । यसको स्वरुप कस्तो हुन्छ ? यसको अनुहार के हुन्छ ? यस्ता जिज्ञासाहरु मानिसहरुमा छन् ।